तिलाठी र रुपनी बिजयी

राजविराज राजविराज
|
बुधबार, बैशाख १३, २०८०
|
|
३० पटक हेरिएको
Shares
तिलाठी र रुपनी बिजयी

सारांश

  •     पहिलो खेलमा टस जितेर ब्याटिङ्ग गरेको तिलाठी कोइलाडीको टिमले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ७९ रन बनाएको थियो ।
  • जसमा अमित मण्डल र साकेत सिंहले विष्फोटक बल्लेबाजी गर्दै अर्धशतक प्रहार गरेका थिए ।
  • अमितले ६४ र साकेत सिंहले ५० रन बनाए ।

दैनिक समाचारदाता
राजविराज, १३ बैशाख । 

    हनुमाननगर कंकालिनी नगरपालिकाद्वारा सञ्चालित मेयर कप टी ट्वान्टी क्रिकेट प्रतियोगितामा तिलाठी कोइलाडी गाउँपालिकाले विजयी शुरुवात गरेको छ ।     बुधबार सम्पन्न दुई खेलमा तिलाठी कोइलाडीले कञ्चनरुप नगरपालिकाको टिमलाई ९१ रनले र रुपनी गाउँपालिकाको टिमले हनुमाननगर कंकालिनी नगरपालिकाको ब्लु टिमलाई ४ विकेटले पराजित गरेको हो । 
    पहिलो खेलमा टस जितेर ब्याटिङ्ग गरेको तिलाठी कोइलाडीको टिमले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ७९ रन बनाएको थियो । जसमा अमित मण्डल र साकेत सिंहले विष्फोटक बल्लेबाजी गर्दै अर्धशतक प्रहार गरेका थिए । अमितले ६४ र साकेत सिंहले ५० रन बनाए । 
    कञ्चनरुपका लागि असलम शेख, मुकेश सिंह, मुकेश रौनियार र उमेश चौधरीले समान १÷१ विकेट लिएका थिए । 
    जितको लागि १ सय ८० रन पछ्याउने क्रममा तिलाठी कोइलाडीका कप्तान दिपेश सरदारको घातक बलिङ्ग सामु निरीह सावित हुँदै कञ्चनरुपको टिम १५ ओभर ४ बलमा ८८ रनमा अलआउट भयो । उक्त खेलमा तिलाठी कोइलाडीका दिपेश सरदारलाई म्यान अफ द म्याचको ट्रफी हनुमाननगर कंकालिनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिमोहन सुतिहारले प्रदान गरे । यसैगरी ६ विकेट लिए वापत वडा नं. ४ का वडा अध्यक्ष मौली कुमार मण्डलले बल प्रदान गरे । 
    यसैगरी दोस्रो खेलमा रुपनी गाउँपालिकाको टिमले हनुमाननगर कंकालिनी नगरपालिकाको ब्लु टिमलाई ४ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ्ग गरेको ब्लु टिमले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १ सय १३ रन जोडेको थियो । ब्लु टिमका कप्तान दिपक भुजेलले अविजित ५५ रन बनाए ।
    रुपनी गाउँपालिकाको टिमका लागि विकास दास र इमरान शेखले २÷२ विकेट लिए भने राशिद खान, सुनिल धमला र अशोक मेहताले १÷१ विकेट लिए । 
    जितको लागि १ सय १४ रनको लक्ष्य रुपनी टिमले १६ ओभर ३ बलमा ६ विकेट गुमाई हासिल ग¥यो । रुपनीका लागि विकास दासले सर्वाधिक ४२ रन बनाए भने राशिद खाले विष्फोटक बल्लेबाजी गर्दै ३३ रन बनाए । 
    हनुमाननगर कंकालिनी ब्लु टिमका लागि त्रिभुवन मण्डल र सुजित मण्डलले २÷२ तथा रविन यादवले १ विकेट लिए । उक्त खेलमा रुपनीका विकास दासलाई म्यान अफ द म्याच प्रदान गरियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तरीको २ सय ९५ मतदानस्थल मध्ये २  सय ८ अतिसंवेदनशील, ८३ संवेदनशील
सप्तरीको २ सय ९५ मतदानस्थल मध्ये २  सय ८ अतिसंवेदनशील, ८३ संवेदनशील
कार्यकर्ता रिहाईको माग गर्दै राजविराजमा काँग्रेसको प्रदर्शन
कार्यकर्ता रिहाईको माग गर्दै राजविराजमा काँग्रेसको प्रदर्शन
चट्याङ् लागेर एक बालिकासहित तीनको मृत्यु 
प्रजिअ दाहालले अस्पतालको निरिक्षण गर्दा २५ जना पोशाकविहीन कर्मचारी उपस्थित
प्रजिअ दाहालले अस्पतालको निरिक्षण गर्दा २५ जना पोशाकविहीन कर्मचारी उपस्थित
राम्रो काम र आकर्षक तलब दिलाईदिने  भन्दै लाखौं रकम ठगि एक फरार
राम्रो काम र आकर्षक तलब दिलाईदिने  भन्दै लाखौं रकम ठगि एक फरार
अपाङ्गता भएकाहरुको शिक्षामा पहँुचका लागि सम्वाद
अपाङ्गता भएकाहरुको शिक्षामा पहँुचका लागि सम्वाद
श्री ठाकुर बाबा दह, लोहजारा घोषणा पत्र जारि
श्री ठाकुर बाबा दह, लोहजारा घोषणा पत्र जारि
करदाता सेवा कार्यालयद्वारा गत वर्षको  तुलनामा १३ प्रतिशत बढी राजश्व संकलन 
करदाता सेवा कार्यालयद्वारा गत वर्षको  तुलनामा १३ प्रतिशत बढी राजश्व संकलन 
काँग्रेस समुदायलाई परेको पीडा सम्बोधन गर्ने जनताको पार्टी हो ः नेता प्रकाशमान सिंह
काँग्रेस समुदायलाई परेको पीडा सम्बोधन गर्ने जनताको पार्टी हो ः नेता प्रकाशमान सिंह
माफीनामापछि पत्रकार धम्काउने मण्डल हिरासतबाट रिहा 
माफीनामापछि पत्रकार धम्काउने मण्डल हिरासतबाट रिहा