बाढीग्रस्त क्षेत्रको युनिसेफको टोलीद्वारा अवलोकन

राजविराज राजविराज
|
बिहिबार, श्रावण ९, २०७६
|
|
७० पटक हेरिएको
Shares
बाढीग्रस्त क्षेत्रको युनिसेफको टोलीद्वारा अवलोकन

सारांश

  •     युनिसेफको विपद् व्यवस्थापन शाखाका मो.
  • हारुन, कारमेन, असिम श्रेष्ठ र अशोक कुमार झाले तिलाठी पुगेर बाढीको अवस्थाको बारेमा जानकारी लिएका थिए ।
  •     युनिसेफको सहयोगमा तिलाठी कोइलाडी गाउँपालिकाद्वारा बालकेन्द्रीत विपद् जोखिम न्युनीकरण कार्यक्रम सञ्चालन गरेको हो ।

दैनिक समाचारदाता
राजविराज, ९ साउन । 
    बाढीबाट अति प्रभावित तिलाठी कोइलाडी गाउँपालिकामा पसेको बाढीको युनिसेफको टोलीले अवलोकन गरेको छ ।
    युनिसेफको विपद् व्यवस्थापन शाखाका मो. हारुन, कारमेन, असिम श्रेष्ठ र अशोक कुमार झाले तिलाठी पुगेर बाढीको अवस्थाको बारेमा जानकारी लिएका थिए ।
    युनिसेफको सहयोगमा तिलाठी कोइलाडी गाउँपालिकाद्वारा बालकेन्द्रीत विपद् जोखिम न्युनीकरण कार्यक्रम सञ्चालन गरेको हो । 
    बाढीको समयमा बालबालिका तथा महिलाहरुले भोग्नुपरेको तथा सामना गर्नुपरेको समस्याहरुका बारेमा युनिसेफको टोलीले गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंहसँग जानकारी लिएको हो । 
    बाढीकोलागि गाउँपालिकाले गरेको पूर्व तयारी तथा बाढीको समयमा प्रतिकार्यका कार्यहरु के कसो भईरहेको तथा आगामी दिनमा के गर्न सकिन्छ भन्ने बारेमा छलफल भएको गाउँपालिका अध्यक्ष सिंहले बताए ।
    यसैगरी गाउँपालिकामा स्थापना गरिएको आपतकालीन कार्य सञ्चालन केन्द्रको क्रियाशिलता तथा त्यहाँ रहेको सामग्रीहरुको बारेमा विपद् जोखिम न्युनीकरण अधिकृत राजेश कुमार झासँग आवश्यक छलफल गरिएको थियो । 
    युनिसेफको सहयोगमा गाउँपालिकामा आपतकालिन कार्य सञ्चालन केन्द्र स्थापना गर्नुकासाथै खाँडो नदीमा बाढी पूर्व सूचना प्रणालीसमेत जडान गरिएको छ ।
    सो क्रममा गाउँपालिकाका उपाध्यक्ष सुचिताकुमारी यादव र  निमित्त प्रमुख प्रशासकीय अधिकृत राजुकुमार झाले बाढीको अवस्था र त्यसले निम्त्याएको समस्याहरुका बारेमा जानकारी दिएका थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?