दैनिक समाचारदाता
राजविराज, ९ साउन ।
बाढीबाट अति प्रभावित तिलाठी कोइलाडी गाउँपालिकामा पसेको बाढीको युनिसेफको टोलीले अवलोकन गरेको छ ।
युनिसेफको विपद् व्यवस्थापन शाखाका मो. हारुन, कारमेन, असिम श्रेष्ठ र अशोक कुमार झाले तिलाठी पुगेर बाढीको अवस्थाको बारेमा जानकारी लिएका थिए ।
युनिसेफको सहयोगमा तिलाठी कोइलाडी गाउँपालिकाद्वारा बालकेन्द्रीत विपद् जोखिम न्युनीकरण कार्यक्रम सञ्चालन गरेको हो ।
बाढीको समयमा बालबालिका तथा महिलाहरुले भोग्नुपरेको तथा सामना गर्नुपरेको समस्याहरुका बारेमा युनिसेफको टोलीले गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंहसँग जानकारी लिएको हो ।
बाढीकोलागि गाउँपालिकाले गरेको पूर्व तयारी तथा बाढीको समयमा प्रतिकार्यका कार्यहरु के कसो भईरहेको तथा आगामी दिनमा के गर्न सकिन्छ भन्ने बारेमा छलफल भएको गाउँपालिका अध्यक्ष सिंहले बताए ।
यसैगरी गाउँपालिकामा स्थापना गरिएको आपतकालीन कार्य सञ्चालन केन्द्रको क्रियाशिलता तथा त्यहाँ रहेको सामग्रीहरुको बारेमा विपद् जोखिम न्युनीकरण अधिकृत राजेश कुमार झासँग आवश्यक छलफल गरिएको थियो ।
युनिसेफको सहयोगमा गाउँपालिकामा आपतकालिन कार्य सञ्चालन केन्द्र स्थापना गर्नुकासाथै खाँडो नदीमा बाढी पूर्व सूचना प्रणालीसमेत जडान गरिएको छ ।
सो क्रममा गाउँपालिकाका उपाध्यक्ष सुचिताकुमारी यादव र निमित्त प्रमुख प्रशासकीय अधिकृत राजुकुमार झाले बाढीको अवस्था र त्यसले निम्त्याएको समस्याहरुका बारेमा जानकारी दिएका थिए ।
बाढीग्रस्त क्षेत्रको युनिसेफको टोलीद्वारा अवलोकन
सारांश
- युनिसेफको विपद् व्यवस्थापन शाखाका मो.
- हारुन, कारमेन, असिम श्रेष्ठ र अशोक कुमार झाले तिलाठी पुगेर बाढीको अवस्थाको बारेमा जानकारी लिएका थिए ।
- युनिसेफको सहयोगमा तिलाठी कोइलाडी गाउँपालिकाद्वारा बालकेन्द्रीत विपद् जोखिम न्युनीकरण कार्यक्रम सञ्चालन गरेको हो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन
कला एवं संस्कृतिलाई प्रर्वद्धन गर्नुपर्छ ः प्रदेश प्रमुख लाभ
चार दिनदेखि किशोरी वेपता
विपद् व्यवस्थापन तथा उद्धारसम्बन्धी व्यावहारिक अभ्यास
कुशवाहा कल्याण समाज सप्तरीको कार्यालय उद्घाटन
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
प्रतिक्रिया
० प्रतिक्रिया