दैनिक समाचारदाता
राजविराज, १५ कात्तिक ।
सप्तरीको खडक नगरपालिका ७ कल्याणपुरका ६५ वर्षिय मिटरब्याजी रामदेव साहलाई पक्राउ गर्न माग गर्दै पीडितहरुले मंगलबार राजविराजमा १९ औं पटक प्रदर्शन गरेका छन् ।
लामो समयदेखी फरार रहेका मिटर ब्याजी साहलाई पक्राउ गर्न माग गर्दै गाउँ गाउँबाट आएका मिटर ब्याजी साह र उनका परिवारबाट पीडितहरु स्थानिय शिव मन्दिर प्राङ्गणमा भेला भई प्रदर्शन गरेका हुन् ।
मिटर ब्याजी साहलाई प्रहरीले हालसम्म पक्राउ गर्न नसकेकाले बिरोध प्रदर्शनमा उत्रेको साह परिवारको मिटर ब्याजबाट पीडितहरुद्वारा गठन गरिएको संघर्ष समितिका संयोजक मो. तैयब अलीले बताए । आफूहरुलाई घरबार बिहीन बनाउने साहलाई प्रहरीले अझ फेला पार्न नसकेकोले न्याय पाउन नसकेको प्रदर्शनमा सहभागि ललितादेवी मण्डलले सुनाइन् ।
सप्तरीका एक दर्जन भन्दा बढी पीडितहरुले साहुकार रामदेव साहसहित उनको परिवारका सदस्यमाथी ६ महिनाअघि नै प्रहरीमा उजुरी दिएका थिए । प्रहरीले रामदेवका छोरा नन्दकिशोर र छोरी अनुराधालाई पक्राउ गरेपनि रामदेव अझै फरार छन् ।
ठगि तथा अपराधिक विश्वासघात मुद्दा अन्तरगत सप्तरी जिल्ला अदालतको आदेशले रामदेवका छोरा नन्दकिशोर र छोरी अनुराधा अहिले पुर्पक्षका लागि राजविराज कारागारमा छन् । रामदेवको खोजिकार्य भने जारि रहेको प्रहरीको भनाई छ ।
प्रहरीका अनुसार पीडितहरुले दिएको निवेदनमा १ करोड १७ लाख ४२ हजार २ सय ५६ रुँपैया साहुकार रामदेवसँग ऋण लिएको उल्लेख छ । त्यसको ब्याज वापत हुन आउने रकम र साँवा तिरिसक्दा पनि धितो वापत मालपोत कार्यालयमा लिखत पास गरिएको जग्गा फिर्ता गर्न रामदेव नमानेको पीडितहरुको गुनासो छ ।
मिटरब्याजी साहलाई पक्राउ गर्न माग गर्दै प्रदर्शन
सारांश
- लामो समयदेखी फरार रहेका मिटर ब्याजी साहलाई पक्राउ गर्न माग गर्दै गाउँ गाउँबाट आएका मिटर ब्याजी साह र उनका परिवारबाट पीडितहरु स्थानिय शिव मन्दिर प्राङ्गणमा भेला भई प्रदर्शन गरेका हुन् ।
- मिटर ब्याजी साहलाई प्रहरीले हालसम्म पक्राउ गर्न नसकेकाले बिरोध प्रदर्शनमा उत्रेको साह परिवारको मिटर ब्याजबाट पीडितहरुद्वारा गठन गरिएको संघर्ष समितिका संयोजक मो.
- तैयब अलीले बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
प्रतिक्रिया
० प्रतिक्रिया