कुटपिट गर्दै जग्गा मिचेको आरोप

राजविराज राजविराज
|
सोमबार, भाद्र २१, २०७८
|
|
४२ पटक हेरिएको
Shares
कुटपिट गर्दै जग्गा मिचेको आरोप

सारांश

  •     पीडित मुनेश्वर मण्डलले सोमबार नेपाल पत्रकार महासंघ सप्तरी शाखामा पत्रकार सम्मेलनको आयोजना गरि उक्त आरोप लगाएका हुन् ।
  •       गत साउन २५ गते छिमेकी सुवालालले मुनेश्वरको नम्बरी जग्गामा रहेको रुख काटिदिएर जग्गा मिच्न खोज्दा मुनेश्वरका दाजु जगदीश मण्डल, छोरा प्रमोद मण्डल र भतिजा रामकुमार मण्डललाई कुटपिट गर्दै घाइते बनाएका थिए ।
  • जसमा मुनेश्वरका दाजु जगदीशको टाउँको फुटेको र छोराको खट भाचेको पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।

दैनिक समाचारदाता
राजविराज, २१ भदौं । 
    सप्तरीको तिरहुत गाउँपालिका वडा नं. ५ लोहजारा निवासी मुनेश्वर मण्डलले छिमेकी सुवालाल मण्डलले कुटपिट गर्दै आफ्नो जग्गा मिचेको आरोप लगाएका छन् । 
    पीडित मुनेश्वर मण्डलले सोमबार नेपाल पत्रकार महासंघ सप्तरी शाखामा पत्रकार सम्मेलनको आयोजना गरि उक्त आरोप लगाएका हुन् । 
    गत साउन २५ गते छिमेकी सुवालालले मुनेश्वरको नम्बरी जग्गामा रहेको रुख काटिदिएर जग्गा मिच्न खोज्दा मुनेश्वरका दाजु जगदीश मण्डल, छोरा प्रमोद मण्डल र भतिजा रामकुमार मण्डललाई कुटपिट गर्दै घाइते बनाएका थिए । जसमा मुनेश्वरका दाजु जगदीशको टाउँको फुटेको र छोराको खट भाचेको पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । 
    उक्त घटनापश्चात् सबैको उपचार गरि जिल्ला प्रहरी कार्यालयमा उजुरी समेत दिएकोमा जिल्लाले प्रहरी चौकी लोहजरालाई घटना बारे अनुसन्धान गर्न भनेको उनको भनाई छ । प्रहरी चौकी लोहजरा, वडा कार्यालय तथा स्थानियहरुले दुबै पक्षलाई जग्गा नापी गर्ने भन्दै मिलापत्र गराएको पीडित मुनेश्वरले बताए । 
    जग्गा नापी गर्नका लागि अमिन समेतको टोलीले मुनेश्वरको साढे ५ धुर जग्गा यथास्थितिमै रहेको र जग्गा नमिचेको निष्कर्ष निकाले पनि जग्गाको सीमाङकन नगरिदिएको उनको गुनासो छ । जसकारण उनी बारम्बार छिमेकीबाट पीडित बन्दै आएको पत्रकार सम्मेलनमा जानकारी दिए । 
    यता मुनेश्वरले गाउँपालिका र वडामा समेत उजुरी दिएपनि हालसम्म त्यसको टुङ्गो नलागेकोले सीमा छुट्याउन तथा घाइतेहरुको क्षतिपूर्ति दिलाउन माँग गरेका छन् । आफू अन्यायमा परेको भन्दै सम्पूर्ण संचारकर्मीसँग उनले न्यायका लागि पहल गरिदिन आग्रह पनि गरे । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

चट्याङ लागेर बाबुछोरीको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु