कान्छो छोरालाई थाहै नदिई जेठो छोराले आफूलाई समेत झुक्याई ऋण लिएको आमाको आरोप

राजविराज राजविराज
|
सोमबार, बैशाख २९, २०८२
|
|
४१ पटक हेरिएको
Shares
कान्छो छोरालाई थाहै नदिई जेठो छोराले आफूलाई समेत झुक्याई ऋण लिएको आमाको आरोप

सारांश

  •     राजविराजस्थित नेपाल पत्रकार महासंघ सप्तरीको कार्यालयमा सोमबार पत्रकार सम्मेलनको आयोजना गरी उनले यस्तो आरोप लगाएकी हुन् ।
  • जेठो छोरा शिव कुमार यादवले आईडियल सहकारी संस्था लि.
  • संग मिलोमतो गरी एक करोड रुपैया ऋण निकालेको उनको आरोप छ ।

दैनिक समाचारदाता
राजविराज, २९ बैशाख । 

    सप्तरीको विष्णुपुर गाउँपालिका वडा नं. ६ क्याम्पस रोड निवासी ६० वर्षिया शम्भु देवी यादवले कान्छो छोरालाई थाहै नदिई आफुलाई समेत झुक्याएर जेठो छोराले एक सहकारी संस्थाबाट एक करोड रुपैया ऋण निकालेको आरोप लगाएकी छिन । 
    राजविराजस्थित नेपाल पत्रकार महासंघ सप्तरीको कार्यालयमा सोमबार पत्रकार सम्मेलनको आयोजना गरी उनले यस्तो आरोप लगाएकी हुन् । जेठो छोरा शिव कुमार यादवले आईडियल सहकारी संस्था लि.संग मिलोमतो गरी एक करोड रुपैया ऋण निकालेको उनको आरोप छ ।
    कान्छो छोरा सचिनसंगै पत्रकार सम्मेलनमा उपस्थित भएकी उनले विष्णुपुर गाउँपालिका ६ क्याम्पस रोड जाने सडक किनारामा एक कठ्ठा जग्गामा बनेको दुई तल्ले घर उक्त सहकारी संस्थामा धितो राखी २०६९ सालमा १ करोड रुपैया जेठो छोरा शिवले निकालेको बताईन । 
    कान्छो छोरालाई कुनै जानकारी नदिई मलाई समेत झुक्याएर सादा कागज र चेकमा हस्ताक्षर गराएको जेठो छोरा शिवले उक्त सहकारी संस्थाबाट सो रकम निकालेको कुरा सहकारी संस्थाबाट लिलामी प्रकृयाको चिठ्ठी आएपछि मात्र थाहा पाएको उनले बताइन् । 
    उक्र सहकारी संस्थाले एकमात्र घर र जग्गा लिलामी प्रकृया अगाडी बढाएपछी शोकमा परेको श्रीमान कुसुम लालको शोक मै केही दिन अघि निधन भएको उनको भनाई छ ।
    पत्रकार सम्मेलनमा उपस्थित उनका कान्छा छोरा सिचनले आफुलाई कुनै जानकारी नै नदिई दाजु शिवले आमा बुवालाई समेत झुक्याएर विभिन्न कागजात र चेकमा हस्ताक्षर गराई सहकारीबाट ऋण निकालेको दाबी गर्दै न्यायका लागी अदालतसम्म पुगेको बताए । 
    आफ्नो समेत अंश लाग्ने जग्गा सहकारीमा धितो राख्दा बखत आफु अध्ययनको सिलसिलामा विराटनगरमा रहेको भन्दै उनले सो बारे दाजु शिवले फोन सम्म नगरेको बताए । उनले मेरो कुनै सहमती र हस्ताक्षर सम्म नलिएर सहकारीले कसरी यत्रो ठूलो रकम ऋण दियो भन्दै प्रश्न समेत गरे ।
    उनले उक्त सहकारीबाट आमा शम्भु देवीको नाममा १ करोड रुपैया ऋण निकासा भएको र सोही दिन ९० लाख रुपैया दाजु शिवको खातामा ट्रान्सफर भएको देखिएको जानकारी समेत गराए । 
    यता उक्त सहकारी संस्था लि.का अध्यक्ष गणेश कुमार आसले समस्या पर्दा ऋण लिन आएका ब्यक्ती अहिले बोली फेर्दै संस्थालाई बदनामा गर्न खोजेको प्रतिक्रिया दिएका छन् । उनले ऋणीहरुलाई कतै नझुक्याएको र लिखत कागजातमा हस्ताक्षर गराईएको दाबी गर्दै तोकिएको समयमा सावाँ र ब्याज नबुझाउँदा संस्थाको निर्णयअनुसार लिलामी प्रक्रियाको प्रारम्भिक कार्य अघि बढाइएको बताए । 
    उनले सहकारीको ऋण समय मै नतिरे ऋणीका कान्छो छोरा सचिनको अंश छुट्याई बाँकि बचेको जग्गा लिलामीबाट संस्थाले आप्mनो लागी वसुल गर्ने ब्यवस्था रहेको स्पष्ट पारेका छन । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हलुवाई जातीको पेशाको सम्मान, मर्यादालाई  सरकारले सहयोग गर्नुपर्छ ः निधी
हलुवाई जातीको पेशाको सम्मान, मर्यादालाई  सरकारले सहयोग गर्नुपर्छ ः निधी
बाढी प्रभावित क्षेत्रको पूर्वप्रधानमन्त्री, गृह मन्त्रीसहित  आधा दर्जन मन्त्री तथा नेता र सांसदद्वारा अवलोकन
बाढी प्रभावित क्षेत्रको पूर्वप्रधानमन्त्री, गृह मन्त्रीसहित  आधा दर्जन मन्त्री तथा नेता र सांसदद्वारा अवलोकन
लिभर रोग तथा उच्च रक्तचापले  पीडित दुई विपन्न परिवारलाई सहयोग
लिभर रोग तथा उच्च रक्तचापले  पीडित दुई विपन्न परिवारलाई सहयोग
कामना बैंकको वार्षिकोत्सवमा बिद्यार्थीलाई ब्याग वितरण
कामना बैंकको वार्षिकोत्सवमा बिद्यार्थीलाई ब्याग वितरण
काँग्रेसकै कार्यकर्ताबाट कार्यक्रमस्थल मै  सांसद तेजुलाल चौधरीमाथी हातपात
काँग्रेसकै कार्यकर्ताबाट कार्यक्रमस्थल मै  सांसद तेजुलाल चौधरीमाथी हातपात
वाइसिएल सप्तरीको भेला सम्पन्न 
वाइसिएल सप्तरीको भेला सम्पन्न 
राजबिराजमा व्यापारीक महोत्सव तथा रमाईलो मेलाको आयोजना हुने 
राजबिराजमा व्यापारीक महोत्सव तथा रमाईलो मेलाको आयोजना हुने 
सप्तरीको सुरुङ्गा नगरपालिका बैज्ञानिक गाउँ कार्यक्रम लागु भएको मुलुककै दोश्रो पालिका 
सप्तरीको सुरुङ्गा नगरपालिका बैज्ञानिक गाउँ कार्यक्रम लागु भएको मुलुककै दोश्रो पालिका 
अटोरिक्सा दुर्घटना हुँदा चालकसहित चार जना घाइते
अटोरिक्सा दुर्घटना हुँदा चालकसहित चार जना घाइते
मुख्यमन्त्री सिंहले मृतक परिवारसँग भेटघाट गरि घटना बारे लिए बिस्तृत जानकारी
मुख्यमन्त्री सिंहले मृतक परिवारसँग भेटघाट गरि घटना बारे लिए बिस्तृत जानकारी