छापाखानाकर्मी रामअवतारको स्मृतीमा श्रद्धाञ्जली सभा

राजविराज राजविराज
|
बुधबार, मंसिर १७, २०७७
|
|
२३ पटक हेरिएको
Shares
छापाखानाकर्मी रामअवतारको स्मृतीमा श्रद्धाञ्जली सभा

सारांश

  •     नेपाल छापाखाना तथा सम्बद्ध श्रमिक संघ सप्तरीको आयोजनामा आयोजित श्रद्धाञ्जली सभामा वक्ताहरुले रामअवतारको असमायिक निधनले छापाखाना क्षेत्रमा अपूर्णिय क्षति भएको बताएका छन् ।
  •        सभामा टे«ड युनियन काँग्रेसका नेता उमेश मिश्रले साना उमेरदेखी छापाखानासँग आवद्ध रहेका रामअवतार अत्यन्त मिलनसार स्वभावका रहेको तथा आफूले सानै उमेरदेखी उसको महिनेत र लगनशिलता देखेको बताए ।
  •       संघका अध्यक्ष रामानन्द देवको अध्यक्षतमा आयोजित श्रद्धाञ्जली सभामा नेपाल प्रेस युनियन सप्तरीका पूर्व अध्यक्ष ओमप्रकाश साह, संचारकर्मी धिरेन्द्र प्रसाद साह, गणेशलाल देव, माला कर्ण, नवीनकुमार गुप्ता लगायतले स्व.

दैनिक समाचारदाता
राजविराज, १७ मंसिर 
    छापाखानाकर्मी स्व. रामअवतार यादवको स्मृतीमा बुधबार राजविराजमा श्रद्धाञ्जली सभाको आयोजना गरिएको छ । 
    नेपाल छापाखाना तथा सम्बद्ध श्रमिक संघ सप्तरीको आयोजनामा आयोजित श्रद्धाञ्जली सभामा वक्ताहरुले रामअवतारको असमायिक निधनले छापाखाना क्षेत्रमा अपूर्णिय क्षति भएको बताएका छन् । 
     सभामा टे«ड युनियन काँग्रेसका नेता उमेश मिश्रले साना उमेरदेखी छापाखानासँग आवद्ध रहेका रामअवतार अत्यन्त मिलनसार स्वभावका रहेको तथा आफूले सानै उमेरदेखी उसको महिनेत र लगनशिलता देखेको बताए । 
    संघका अध्यक्ष रामानन्द देवको अध्यक्षतमा आयोजित श्रद्धाञ्जली सभामा नेपाल प्रेस युनियन सप्तरीका पूर्व अध्यक्ष ओमप्रकाश साह, संचारकर्मी धिरेन्द्र प्रसाद साह, गणेशलाल देव, माला कर्ण, नवीनकुमार गुप्ता लगायतले स्व. रामअवतारले छापाखानाप्रति देखाएको इमान्दारिता, लगनशिलता र महिनेत बारे चर्चा गरेका थिए ।      सो अवसरमा छापाखानासँग आवद्ध श्रमिक तथा शुभचिन्तकहरुको तर्फबाट संघका अध्यक्ष रामानन्द देवले स्व. रामअवतारका भाईलाई किरिया खर्च वापत आर्थिक सहयोग समेत प्रदान गरेका थिए । 
    स्व. रामअवतार सानै उमेरमा छापाखानामा आवद्ध भई पहिला पत्रिका हकर, मेशिन हेल्परहुँदै मेशिन अपरेटरको रुपमा काम गर्दै आएका थिए । राजविराज वडा नं. १ डुमरी शिवथान निवासी ३० वर्षिय रामअवतारको २०७७ साल मंसिर ५ गते अल्पआयूमै असमायिक निधन भएको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?