सहकारी दिवसमा प्रभातफेरी तथा अन्तरक्रिया

राजविराज राजविराज
|
आइतबार, चैत्र २०, २०७८
|
|
७१ पटक हेरिएको
Shares
सहकारी दिवसमा प्रभातफेरी तथा अन्तरक्रिया

सारांश

  •     “मर्यादित व्यवसाय र प्रविधिमा सहकारी” नाराका साथ जिल्ला सहकारी संघको आयोजनामा स्थानिय शिव मन्दिरको प्राङ्गणबाट निस्केको प्रभातफेरी नगर परिक्रममा पश्चात् अन्तरक्रिया कार्यक्रममा परिणत भएको थियो ।
  • सो प्रभातफेरीमा जिल्लाका विभिन्न सहकारीकर्मीहरुको सहभागिता रहेको थियो ।
  •       जिल्ला समन्वय समिति सप्तरीको सभाकक्षमा अन्तरक्रियामा परिणत भएको कार्यक्रममा राष्ट्रिय सहकारी बैंक राजविराज शाखाले गत आर्थिक वर्ष २०७७÷०७८ मा उत्कृष्ट कारोवार गर्ने नेपाल सहकारी संस्थाका अध्यक्ष शत्रुधन प्रसाद गुप्ता र सौभाग्य कृषि सहकारी संस्थालाई पुरस्कृत तथा सम्मान गरेको थियो ।

दैनिक समाचारदाता
राजविराज, २० चैत । 
    ६५ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा आइतबार राजविराजमा प्रभातफेरी तथा  अन्तरक्रिया कार्यक्रम गरि मनाइएको छ । 
    “मर्यादित व्यवसाय र प्रविधिमा सहकारी” नाराका साथ जिल्ला सहकारी संघको आयोजनामा स्थानिय शिव मन्दिरको प्राङ्गणबाट निस्केको प्रभातफेरी नगर परिक्रममा पश्चात् अन्तरक्रिया कार्यक्रममा परिणत भएको थियो । सो प्रभातफेरीमा जिल्लाका विभिन्न सहकारीकर्मीहरुको सहभागिता रहेको थियो । 
    जिल्ला समन्वय समिति सप्तरीको सभाकक्षमा अन्तरक्रियामा परिणत भएको कार्यक्रममा राष्ट्रिय सहकारी बैंक राजविराज शाखाले गत आर्थिक वर्ष २०७७÷०७८ मा उत्कृष्ट कारोवार गर्ने नेपाल सहकारी संस्थाका अध्यक्ष शत्रुधन प्रसाद गुप्ता र सौभाग्य कृषि सहकारी संस्थालाई पुरस्कृत तथा सम्मान गरेको थियो ।  
    सो अवसरमा राष्ट्रिय सहकारी बैंकका केन्द्रिय अध्यक्ष केबि उप्रेतीले सहकारी नीतिलाई अझ प्रभावकारी ढंगले विकास गर्नु पर्नेमा जोड दिए । उनले सहकारी नीति बनेपनि त्यसको फितलो कार्यान्वयन भइरहेकोले त्यसलाई सबै सहकारी मिलेर अझ प्रभावकारी ढंगले लैजानु पर्ने बताए । 
    जिल्ला सहकारी संघका अध्यक्ष बिनोद दत्तको अध्यक्षता तथा राष्ट्रिय सहकारी बैंकका केन्द्रिय अध्यक्ष केबि उप्रेतीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, राष्ट्रिय सहकारी बैंकका संचालक एंव मधेश प्रदेश संयोजक विश्वनाथ मण्डल, राष्ट्रिय सहकारी विकास बोर्डका मधेश प्रदेश सदस्य शम्भु बहादुर खडका, मालपोत कार्यालय सप्तरीका प्रमुख दिपेन्द्र कुमार झा, विषयगत संघका प्रतिनिधि दिपेन्द्र आचार्य, सञ्चारकर्मी सुरेन्द्र प्रसाद गुप्ता, राजविराज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोगेन्द्र प्रसाद यादव लगायतका वक्ताहरुले सहकारीको भुमिका विषयमा चर्चा गरेका थिए ।
    कार्यक्रममा मूल समारोह समितिका संयोजक सचिन्द्र दासले सहकारीको वर्तमान अवस्था र महत्वबारे कार्यपत्र प्रस्तुत गरेका थिए भने समितिका सदस्य माला कर्णले कार्यक्रम सञ्चालन गरेकी थिइन् । जिल्ला सहकारी संघका बरिष्ठ उपाध्यक्ष भुवन आचार्यले स्वागत मन्तव्य व्यक्त गरेका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी