सहकारी दिवसमा प्रभातफेरी तथा अन्तरक्रिया

राजविराज राजविराज
|
आइतबार, चैत्र २०, २०७८
|
|
१५ पटक हेरिएको
Shares
सहकारी दिवसमा प्रभातफेरी तथा अन्तरक्रिया

सारांश

  •     “मर्यादित व्यवसाय र प्रविधिमा सहकारी” नाराका साथ जिल्ला सहकारी संघको आयोजनामा स्थानिय शिव मन्दिरको प्राङ्गणबाट निस्केको प्रभातफेरी नगर परिक्रममा पश्चात् अन्तरक्रिया कार्यक्रममा परिणत भएको थियो ।
  • सो प्रभातफेरीमा जिल्लाका विभिन्न सहकारीकर्मीहरुको सहभागिता रहेको थियो ।
  •       जिल्ला समन्वय समिति सप्तरीको सभाकक्षमा अन्तरक्रियामा परिणत भएको कार्यक्रममा राष्ट्रिय सहकारी बैंक राजविराज शाखाले गत आर्थिक वर्ष २०७७÷०७८ मा उत्कृष्ट कारोवार गर्ने नेपाल सहकारी संस्थाका अध्यक्ष शत्रुधन प्रसाद गुप्ता र सौभाग्य कृषि सहकारी संस्थालाई पुरस्कृत तथा सम्मान गरेको थियो ।

दैनिक समाचारदाता
राजविराज, २० चैत । 
    ६५ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा आइतबार राजविराजमा प्रभातफेरी तथा  अन्तरक्रिया कार्यक्रम गरि मनाइएको छ । 
    “मर्यादित व्यवसाय र प्रविधिमा सहकारी” नाराका साथ जिल्ला सहकारी संघको आयोजनामा स्थानिय शिव मन्दिरको प्राङ्गणबाट निस्केको प्रभातफेरी नगर परिक्रममा पश्चात् अन्तरक्रिया कार्यक्रममा परिणत भएको थियो । सो प्रभातफेरीमा जिल्लाका विभिन्न सहकारीकर्मीहरुको सहभागिता रहेको थियो । 
    जिल्ला समन्वय समिति सप्तरीको सभाकक्षमा अन्तरक्रियामा परिणत भएको कार्यक्रममा राष्ट्रिय सहकारी बैंक राजविराज शाखाले गत आर्थिक वर्ष २०७७÷०७८ मा उत्कृष्ट कारोवार गर्ने नेपाल सहकारी संस्थाका अध्यक्ष शत्रुधन प्रसाद गुप्ता र सौभाग्य कृषि सहकारी संस्थालाई पुरस्कृत तथा सम्मान गरेको थियो ।  
    सो अवसरमा राष्ट्रिय सहकारी बैंकका केन्द्रिय अध्यक्ष केबि उप्रेतीले सहकारी नीतिलाई अझ प्रभावकारी ढंगले विकास गर्नु पर्नेमा जोड दिए । उनले सहकारी नीति बनेपनि त्यसको फितलो कार्यान्वयन भइरहेकोले त्यसलाई सबै सहकारी मिलेर अझ प्रभावकारी ढंगले लैजानु पर्ने बताए । 
    जिल्ला सहकारी संघका अध्यक्ष बिनोद दत्तको अध्यक्षता तथा राष्ट्रिय सहकारी बैंकका केन्द्रिय अध्यक्ष केबि उप्रेतीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, राष्ट्रिय सहकारी बैंकका संचालक एंव मधेश प्रदेश संयोजक विश्वनाथ मण्डल, राष्ट्रिय सहकारी विकास बोर्डका मधेश प्रदेश सदस्य शम्भु बहादुर खडका, मालपोत कार्यालय सप्तरीका प्रमुख दिपेन्द्र कुमार झा, विषयगत संघका प्रतिनिधि दिपेन्द्र आचार्य, सञ्चारकर्मी सुरेन्द्र प्रसाद गुप्ता, राजविराज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोगेन्द्र प्रसाद यादव लगायतका वक्ताहरुले सहकारीको भुमिका विषयमा चर्चा गरेका थिए ।
    कार्यक्रममा मूल समारोह समितिका संयोजक सचिन्द्र दासले सहकारीको वर्तमान अवस्था र महत्वबारे कार्यपत्र प्रस्तुत गरेका थिए भने समितिका सदस्य माला कर्णले कार्यक्रम सञ्चालन गरेकी थिइन् । जिल्ला सहकारी संघका बरिष्ठ उपाध्यक्ष भुवन आचार्यले स्वागत मन्तव्य व्यक्त गरेका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तस्करी गरि भारततर्फ लैजादै गरेको १ हजार ४ सय बोतल मदिरा बरामद
तस्करी गरि भारततर्फ लैजादै गरेको १ हजार ४ सय बोतल मदिरा बरामद
विद्यालय क्षेत्र वरिपरि शान्ति सुरक्षा  माँग गर्दै विद्यार्थीद्वारा प्रदर्शन
विद्यालय क्षेत्र वरिपरि शान्ति सुरक्षा  माँग गर्दै विद्यार्थीद्वारा प्रदर्शन
एमाले सप्तरी अध्यक्षमा पुनः ताराकान्त चौधरी
एमाले सप्तरी अध्यक्षमा पुनः ताराकान्त चौधरी
अब हुने चुनावमा कुनै दलसँग गठबन्धन हुँदैन ः नेता निधि
अब हुने चुनावमा कुनै दलसँग गठबन्धन हुँदैन ः नेता निधि
एकै दिन तीन संरचनाको शिलान्यास
एकै दिन तीन संरचनाको शिलान्यास
सप्तरी क्रिकेट संघलाई प्रदेश स्तरिय महिला क्रिकेट प्रतियोगिता गर्ने जिम्मेवारी 
सप्तरी क्रिकेट संघलाई प्रदेश स्तरिय महिला क्रिकेट प्रतियोगिता गर्ने जिम्मेवारी 
५० देशका प्रतिनिधीको सहभागितामा यौन प्रजनन् अधिकार कार्यक्रमको आयोजना हुने 
५० देशका प्रतिनिधीको सहभागितामा यौन प्रजनन् अधिकार कार्यक्रमको आयोजना हुने 
निर्वाचन कार्यालयद्वारा मतदाता  नामावलीमा नाम दर्ता गराउन आग्रह
निर्वाचन कार्यालयद्वारा मतदाता  नामावलीमा नाम दर्ता गराउन आग्रह
बसबिट्टीमा कुस्ती प्रतियोगिता हुँदै
बसबिट्टीमा कुस्ती प्रतियोगिता हुँदै
जिल्ला अदालत बार एकाईको नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदै 
जिल्ला अदालत बार एकाईको नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदै