श्री ठाकुर बाबा दह, लोहजारा घोषणा पत्र जारि

राजविराज राजविराज
|
मंगलबार, बैशाख १८, २०८१
|
|
४२ पटक हेरिएको
Shares
श्री ठाकुर बाबा दह, लोहजारा घोषणा पत्र जारि

सारांश

  •     श्री ठाकुरबाबा दह, लोहजारा तिरहुत गाउँपालिका ५ मा भएको जिल्ला अधिवेशनले सो पाँच बुँदे समसामायिक “श्री ठाकुर बाबा दह, लोहजारा” घोषणा पत्र जारी गरिएको हो ।
  •     महासंघका सचिव रामनारायण विश्वासद्वारा जारि विज्ञप्तिमा पत्रकारहरुको भौतिक र पेशागत सुरक्षाका लागि गम्भीर बन्न सरकार र नियमनकारी निकायहरुलाई अधिवेशनले आग्रह गर्नुका साथै पेशाबाट पलायन हुने अवस्थालाई रोक्न र स्वरोजगारमूलक पत्रिकालाई संरक्षण गर्न तीनै तहका सरकारससँग माग गरेको छ ।
  •       यस्तै सरकारले दिदैं आएको लोककल्याणकारी बिज्ञापनको दररेट वृद्धि गरी कायम गर्न माग गर्दै अधिवेशन प्रदेश सरकारको आमसञ्चार प्राधिकरण र मिडिया काउन्सिललाई सक्षम र सवल बनाई पत्रकारिता विकासका लागि आवश्यक बजेट विनियोजन गर्न माग गरेका छ ।

दैनिक समाचारदाता
राजविराज, १८ बैशाख । 

    नेपाल पत्रकार महासंघ शाखा सप्तरीको बैशाख १६ गते सम्पन्न जिल्ला अधिवेशनले पाँच बुँदे घोषण पत्र जारि गरेको छ । 
    श्री ठाकुरबाबा दह, लोहजारा तिरहुत गाउँपालिका ५ मा भएको जिल्ला अधिवेशनले सो पाँच बुँदे समसामायिक “श्री ठाकुर बाबा दह, लोहजारा” घोषणा पत्र जारी गरिएको हो ।
    महासंघका सचिव रामनारायण विश्वासद्वारा जारि विज्ञप्तिमा पत्रकारहरुको भौतिक र पेशागत सुरक्षाका लागि गम्भीर बन्न सरकार र नियमनकारी निकायहरुलाई अधिवेशनले आग्रह गर्नुका साथै पेशाबाट पलायन हुने अवस्थालाई रोक्न र स्वरोजगारमूलक पत्रिकालाई संरक्षण गर्न तीनै तहका सरकारससँग माग गरेको छ । 
    यस्तै सरकारले दिदैं आएको लोककल्याणकारी बिज्ञापनको दररेट वृद्धि गरी कायम गर्न माग गर्दै अधिवेशन प्रदेश सरकारको आमसञ्चार प्राधिकरण र मिडिया काउन्सिललाई सक्षम र सवल बनाई पत्रकारिता विकासका लागि आवश्यक बजेट विनियोजन गर्न माग गरेका छ ।
    ऐतिहासिक, धार्मिक र पुरातात्विक सम्पदाको रुपमा रहेको तिरहुत गाउँपालिका स्थित बनसखण्डी बाबा र ठाकुर बाबा दह रहेको स्थानको सर्वाङ्गिण विकासका लागि सरोकारबाला निकायहरुसँग जोड्दार माग गर्दै प्रसिद्ध स्थलहरुसम्म पुग्न सडक निर्माण सँगै अन्य पूर्वाधार विकासका लागि ध्यानाकर्षण गराइएको छ । साथै बनसखण्डी बाबा र ठाकुर बाबा दहको प्रचार–प्रसारमा आवश्यक सक्रियता देखाउन सम्पूर्ण सञ्चारकर्मीलाई आग्रह गरिएको छ । 
    घोषणा पत्रमा नेपाल पत्रकार महासंघ, शाखा सप्तरीको एघारौं अधिवेशन भव्यताका साथ सम्पन्न गर्न आर्थिक, भौतिक, प्रत्यक्ष र परोक्ष सहयोग गर्नुहुने सबैमा धन्यवाद ज्ञापन गर्दै एघारौं अधिवेशन सभा सौहार्दपूर्ण वातावरणमा सम्पन्न गर्न सहयोग गर्ने केन्द्रीय प्रतिनिधि, प्रदेश प्रतिनिधि र सम्पूर्ण सभासदलाई शाखा सप्तरी हार्दिक धन्यवाद ज्ञापन गरिएको छ । 
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गलत प्रकृयाबाट नागरिकता लिने र दिनेलाई कार्वाही हुनुपर्छ : प्रदेश २ प्रमुख झा
गलत प्रकृयाबाट नागरिकता लिने र दिनेलाई कार्वाही हुनुपर्छ : प्रदेश २ प्रमुख झा
आमाले विषपान गराएका छोराको मृत्यु, आफू गम्भिर 
आमाले विषपान गराएका छोराको मृत्यु, आफू गम्भिर 
अस्पतालका कर्मचारीको कोरोना संक्रमणबाट मृत्यु 
अस्पतालका कर्मचारीको कोरोना संक्रमणबाट मृत्यु 
फरार प्रतिवादी सरदार पक्राउ
फरार प्रतिवादी सरदार पक्राउ
राजगढ गाउँपालिकाको गाउँँसभा रद्धसहित  विभिन्न ८ बुँदे माग अघि सार्दै प्रर्दशन
राजगढ गाउँपालिकाको गाउँँसभा रद्धसहित  विभिन्न ८ बुँदे माग अघि सार्दै प्रर्दशन
बलात्कारका केही घटना झुठो भएको खुलासा
बलात्कारका केही घटना झुठो भएको खुलासा
अदालतलाई कम्प्युटर र प्रिन्टर सहयोग
अदालतलाई कम्प्युटर र प्रिन्टर सहयोग
प्रम ओलीको समर्थनमा गर्न लागिएको कार्यक्रम  आफ्नै पार्टीका नेता कार्यकर्ताबाट बिथोलियो
प्रम ओलीको समर्थनमा गर्न लागिएको कार्यक्रम  आफ्नै पार्टीका नेता कार्यकर्ताबाट बिथोलियो
भारतका दुई प्रभावशाली नेतालाई चुनाव प्रचारप्रसारमा प्रतिबन्ध
भारतका दुई प्रभावशाली नेतालाई चुनाव प्रचारप्रसारमा प्रतिबन्ध
एकै परिवारका ६ सहित १५ जना कोरोना पोजेटिभ, सप्तरीमा संक्रमितको संख्या ८ सय २३ 
एकै परिवारका ६ सहित १५ जना कोरोना पोजेटिभ, सप्तरीमा संक्रमितको संख्या ८ सय २३