दैनिक समाचारदाता
राजविराज, १८ बैशाख ।
नेपाल पत्रकार महासंघ शाखा सप्तरीको बैशाख १६ गते सम्पन्न जिल्ला अधिवेशनले पाँच बुँदे घोषण पत्र जारि गरेको छ ।
श्री ठाकुरबाबा दह, लोहजारा तिरहुत गाउँपालिका ५ मा भएको जिल्ला अधिवेशनले सो पाँच बुँदे समसामायिक “श्री ठाकुर बाबा दह, लोहजारा” घोषणा पत्र जारी गरिएको हो ।
महासंघका सचिव रामनारायण विश्वासद्वारा जारि विज्ञप्तिमा पत्रकारहरुको भौतिक र पेशागत सुरक्षाका लागि गम्भीर बन्न सरकार र नियमनकारी निकायहरुलाई अधिवेशनले आग्रह गर्नुका साथै पेशाबाट पलायन हुने अवस्थालाई रोक्न र स्वरोजगारमूलक पत्रिकालाई संरक्षण गर्न तीनै तहका सरकारससँग माग गरेको छ ।
यस्तै सरकारले दिदैं आएको लोककल्याणकारी बिज्ञापनको दररेट वृद्धि गरी कायम गर्न माग गर्दै अधिवेशन प्रदेश सरकारको आमसञ्चार प्राधिकरण र मिडिया काउन्सिललाई सक्षम र सवल बनाई पत्रकारिता विकासका लागि आवश्यक बजेट विनियोजन गर्न माग गरेका छ ।
ऐतिहासिक, धार्मिक र पुरातात्विक सम्पदाको रुपमा रहेको तिरहुत गाउँपालिका स्थित बनसखण्डी बाबा र ठाकुर बाबा दह रहेको स्थानको सर्वाङ्गिण विकासका लागि सरोकारबाला निकायहरुसँग जोड्दार माग गर्दै प्रसिद्ध स्थलहरुसम्म पुग्न सडक निर्माण सँगै अन्य पूर्वाधार विकासका लागि ध्यानाकर्षण गराइएको छ । साथै बनसखण्डी बाबा र ठाकुर बाबा दहको प्रचार–प्रसारमा आवश्यक सक्रियता देखाउन सम्पूर्ण सञ्चारकर्मीलाई आग्रह गरिएको छ ।
घोषणा पत्रमा नेपाल पत्रकार महासंघ, शाखा सप्तरीको एघारौं अधिवेशन भव्यताका साथ सम्पन्न गर्न आर्थिक, भौतिक, प्रत्यक्ष र परोक्ष सहयोग गर्नुहुने सबैमा धन्यवाद ज्ञापन गर्दै एघारौं अधिवेशन सभा सौहार्दपूर्ण वातावरणमा सम्पन्न गर्न सहयोग गर्ने केन्द्रीय प्रतिनिधि, प्रदेश प्रतिनिधि र सम्पूर्ण सभासदलाई शाखा सप्तरी हार्दिक धन्यवाद ज्ञापन गरिएको छ ।
श्री ठाकुर बाबा दह, लोहजारा घोषणा पत्र जारि
सारांश
- श्री ठाकुरबाबा दह, लोहजारा तिरहुत गाउँपालिका ५ मा भएको जिल्ला अधिवेशनले सो पाँच बुँदे समसामायिक “श्री ठाकुर बाबा दह, लोहजारा” घोषणा पत्र जारी गरिएको हो ।
- महासंघका सचिव रामनारायण विश्वासद्वारा जारि विज्ञप्तिमा पत्रकारहरुको भौतिक र पेशागत सुरक्षाका लागि गम्भीर बन्न सरकार र नियमनकारी निकायहरुलाई अधिवेशनले आग्रह गर्नुका साथै पेशाबाट पलायन हुने अवस्थालाई रोक्न र स्वरोजगारमूलक पत्रिकालाई संरक्षण गर्न तीनै तहका सरकारससँग माग गरेको छ ।
- यस्तै सरकारले दिदैं आएको लोककल्याणकारी बिज्ञापनको दररेट वृद्धि गरी कायम गर्न माग गर्दै अधिवेशन प्रदेश सरकारको आमसञ्चार प्राधिकरण र मिडिया काउन्सिललाई सक्षम र सवल बनाई पत्रकारिता विकासका लागि आवश्यक बजेट विनियोजन गर्न माग गरेका छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल
जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा
धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी
वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला
पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण
प्रतिक्रिया
० प्रतिक्रिया