जेसीजद्वारा विभिन्न क्षेत्रका पाँच जना सम्मानित

राजविराज राजविराज
|
शुक्रबार, मंसिर १९, २०७७
|
|
२८ पटक हेरिएको
Shares
जेसीजद्वारा विभिन्न क्षेत्रका पाँच जना सम्मानित

सारांश

  •     जेसीजले सामाजिक क्षेत्रमा योगदान पु¥याउने समाजसेवी हितनारायण लाल दास, एकल महिलाको अधिकारको क्षेत्रमा योगदान पु¥याउने अधिकारकर्मी अनिता देवकोटा, शैक्षिक क्षेत्रमा योगदान पु¥याउने सह प्राध्यापक शुशिलचन्द्र कर्ण, न्यायिक क्षेत्रमा योगदान पु¥याउने अधिवक्ता मीनाकुमारी देव र पत्रकारिता क्षेत्रमा योगदान पु¥याउने माला कर्णलाई सम्मान गरेको हो ।
  •     राजविराज जेसीजका अध्यक्ष नानिमैया कटवाल र पूर्व राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष एवम् जेष्ठ नागरिक संघ प्रदेश २ का संयोजक शंकर शारदाले उनीहरुलाई सम्मान पत्रसहित दोसल्ला ओढाएर र मायाको चिनोस्वरुप घडी प्रदान गरेका थिए ।
  •       राजविराज जेसीजका अध्यक्ष कटवालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जेसीजको योगदानको चर्चा गर्दै नागरिक समाजका अध्यक्ष थानसिंह भन्साली, जिल्ला बार एकाईका अध्यक्ष डोमन साह, बरिष्ठ पत्रकार शिवहरीप्रसाद भट्टराई तथा सम्मानित पाँचै जनाले मन्तव्य व्यक्त गरे ।

दैनिक समाचारदाता
राजविराज, १८ मंसिर । 
    विभिन्न क्षेत्रमा योगदान पु¥याउने पाँच जनालाई राजविराज जेसीजले बिहीबार सम्मान गर्दै जेसीज सप्ताह उद्घाटन गरेको छ । 
    जेसीजले सामाजिक क्षेत्रमा योगदान पु¥याउने समाजसेवी हितनारायण लाल दास, एकल महिलाको अधिकारको क्षेत्रमा योगदान पु¥याउने अधिकारकर्मी अनिता देवकोटा, शैक्षिक क्षेत्रमा योगदान पु¥याउने सह प्राध्यापक शुशिलचन्द्र कर्ण, न्यायिक क्षेत्रमा योगदान पु¥याउने अधिवक्ता मीनाकुमारी देव र पत्रकारिता क्षेत्रमा योगदान पु¥याउने माला कर्णलाई सम्मान गरेको हो ।
    राजविराज जेसीजका अध्यक्ष नानिमैया कटवाल र पूर्व राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष एवम् जेष्ठ नागरिक संघ प्रदेश २ का संयोजक शंकर शारदाले उनीहरुलाई सम्मान पत्रसहित दोसल्ला ओढाएर र मायाको चिनोस्वरुप घडी प्रदान गरेका थिए । 
    राजविराज जेसीजका अध्यक्ष कटवालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जेसीजको योगदानको चर्चा गर्दै नागरिक समाजका अध्यक्ष थानसिंह भन्साली, जिल्ला बार एकाईका अध्यक्ष डोमन साह, बरिष्ठ पत्रकार शिवहरीप्रसाद भट्टराई तथा सम्मानित पाँचै जनाले मन्तव्य व्यक्त गरे ।
    राजविराज जेसीजका महासचिव एवम् साप्ताहिक कार्यक्रमका मूल संयोजक खेलानन्द दासले सञ्चालन गरेको कार्यक्रममा कोषाध्यक्ष एवम् कार्यक्रम संयोजक विप्लब आनन्दले साताव्यापी कार्यक्रमबारे जानकारी गराए । 
    कार्यक्रममा नेपाल जेसीजका पूर्व कार्यकारिणी उपाध्यक्ष प्रतापसिंह तातेड, पूर्व उपाध्यक्ष एवम् सप्तरी उद्योग बाणिज्य संघका महासचिव अनन्त साह, इटहरी जेसीजका पूर्व अध्यक्ष मोहन प्याकुरेल,  राजविराज जेसीजका पूर्व अध्यक्षहरु मनोहरकुमार पोखरेल, मिलन सिंह, सन्तोष सिन्हा, नगर बाल सञ्जालकी अध्यक्ष अनिषा ठाकुर लगायत अधिवक्ताहरु, अधिकारकर्मीहरु, पत्रकारहरु, नागरिक समाज, बुद्धिजिवी, व्यापारीहरुको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जनमतका कार्यकर्तालाई रोक्न खोज्दा प्रहरीको दाँत भाच्यो, जनमतका पाँच जना घाइते
जनमतका कार्यकर्तालाई रोक्न खोज्दा प्रहरीको दाँत भाच्यो, जनमतका पाँच जना घाइते
करेन्ट लागेर हात्तीको मृत्यु
करेन्ट लागेर हात्तीको मृत्यु
वाइसिएल सप्तरीको भेला सम्पन्न 
वाइसिएल सप्तरीको भेला सम्पन्न 
समाजवादको यात्रामा सबैलाई एकजुट भइ अघि बढ्न अध्यक्ष नेपालको आह्वान 
समाजवादको यात्रामा सबैलाई एकजुट भइ अघि बढ्न अध्यक्ष नेपालको आह्वान 
बालविवाह गर्न खोजे कानुनी कारबाही गरिने वडा अध्यक्षको चेतावनी
बालविवाह गर्न खोजे कानुनी कारबाही गरिने वडा अध्यक्षको चेतावनी
राजदुत नियुक्ती र विश्वविद्यालयमा देखिएको समस्या बारे जसपाले बुझायो प्रधानमन्त्री र मुख्यमन्त्रीलाई ज्ञापन 
राजदुत नियुक्ती र विश्वविद्यालयमा देखिएको समस्या बारे जसपाले बुझायो प्रधानमन्त्री र मुख्यमन्त्रीलाई ज्ञापन 
महिला हत्याका अभियुक्त कारागार  चलान, तीन जना धरौटीमा रिहा
महिला हत्याका अभियुक्त कारागार  चलान, तीन जना धरौटीमा रिहा
राजदेबी टोलमा लाखौको चोरी 
राजदेबी टोलमा लाखौको चोरी 
भुक्तानीको माग गर्दै निर्माण व्यवसायीद्वारा  पशु सेवा विज्ञ केन्द्रमा तालाबन्दी
भुक्तानीको माग गर्दै निर्माण व्यवसायीद्वारा  पशु सेवा विज्ञ केन्द्रमा तालाबन्दी
सप्तरीमा मनाइयो सोनाम ल्होछार पर्व
सप्तरीमा मनाइयो सोनाम ल्होछार पर्व