राजविराज÷जीर्ण अवस्थामा रहेको राजविराज–रुपनी सडक खण्डको अविलम्ब स्तरोन्तीको माग गर्दै बिरोध रुवरुप शनिबार यूवाहरुले सडकमै धान रोपेका छन् ।
सप्तरी युथ नेपालको अगुवाइमा राजविराज–रुपनी सडक खण्डको बिहारपुरमा यसरी यूवाहरुले सडकमै धानको बिउ रोपेका हुन् ।
पटक–पटक सम्बन्धित निकायलाई घचघचाउँदा पनि कुनै सुनुवाई र चासो नदेखाएकोले सांकेतिक बिरोध स्वरुप सडकमै धानको बिउ रोपेर बिरोध जनाउनुका साथै सरोकारवाला सबैको ध्यानाकर्षण गराउन खोजिएको सप्तरी युथ नेपालका कार्यवाहक अध्यक्ष मोहन यादवले बताए ।
राजविराज–रुपनी सडक खण्ड अति जीर्ण अवस्थामा छ । खाल्डैखाल्डा परेका कारण सवारीसाधन मात्र होइन, पैदल यात्रुलाई समेत आवतजावतमा समस्या छ रहेको भन्दै यूवा अभियन्ता मो. अनवर अलीले भने, “खाल्डाखुल्डी कै कारण दिनहुँजसो दुर्घटना समेत हुने गरेको छ ।”
सडक जोखिमपूर्ण अवस्थामा रहेकोले आपतकालिन अवस्थामा रहेका बिरामीलाई सो सडकमार्गबाट राजविराज वा अन्य अस्पताल पु¥याउन पनि सास्ती भएको स्थानीयको गुनासो छ ।
राजविराजको गिता पेट्रोल पम्पदेखी बिहारपुरको ५ सयमिटर सम्मको सडकमा मात्रै दर्जनौं खाल्डाखुल्डी छन् । यसका अलावा राजविराजदेखी रुपनी सम्मको १० किलोमिटरमा झण्डै ५ किलोमिटर सडक जीर्ण अवस्थामा छन् । सडक चौडाई र कालोपत्रे गर्ने जिम्मा पाएको निर्माण कम्पनीले समयमै निर्माण काम सम्पन्न गर्न तदारुकता नदेखाउँदा अहिले वर्षायाममा जोखिम झनै बढाएको बिहारपुरवासी युवा नेता अमरनाथ मण्डलले सुनाए ।
वर्षाको पानीले हिलाम्मे बनेको सडकमा २ सय भन्दा बढी धानको बिउ रोपिएको अर्का युवा दिपेन्द्र दासले बताए । सप्तरी युथ नेपालको उक्त बिरोध कार्यक्रममा स्थानीयले पनि समर्थन जनाएका छन् । दुई घण्टाको बिरोधमा विभिन्न राजनीतिक दलका युवाहरुले पनि सहभागिता जनाए ।
युवाहरुले सडकमै धान रोपे
सारांश
- राजविराज–रुपनी सडक खण्ड अति जीर्ण अवस्थामा छ ।
- खाल्डैखाल्डा परेका कारण सवारीसाधन मात्र होइन, पैदल यात्रुलाई समेत आवतजावतमा समस्या छ रहेको भन्दै यूवा अभियन्ता मो.
- अनवर अलीले भने, “खाल्डाखुल्डी कै कारण दिनहुँजसो दुर्घटना समेत हुने गरेको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल
जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा
धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी
वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला
पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण
प्रतिक्रिया
० प्रतिक्रिया