युवाहरुले सडकमै धान रोपे

राजविराज राजविराज
|
शनिबार, आषाढ १५, २०८१
|
|
२० पटक हेरिएको
Shares
युवाहरुले सडकमै धान रोपे

सारांश

  •     राजविराज–रुपनी सडक खण्ड अति जीर्ण अवस्थामा छ ।
  • खाल्डैखाल्डा परेका कारण सवारीसाधन मात्र होइन, पैदल यात्रुलाई समेत आवतजावतमा समस्या छ रहेको भन्दै यूवा अभियन्ता मो.
  • अनवर अलीले भने, “खाल्डाखुल्डी कै कारण दिनहुँजसो दुर्घटना समेत हुने गरेको छ ।

    राजविराज÷जीर्ण अवस्थामा रहेको राजविराज–रुपनी सडक खण्डको अविलम्ब स्तरोन्तीको माग गर्दै बिरोध रुवरुप शनिबार यूवाहरुले सडकमै धान रोपेका छन् । 
    सप्तरी युथ नेपालको अगुवाइमा राजविराज–रुपनी सडक खण्डको बिहारपुरमा यसरी यूवाहरुले सडकमै धानको बिउ रोपेका हुन् । 
    पटक–पटक सम्बन्धित निकायलाई घचघचाउँदा पनि कुनै सुनुवाई र चासो नदेखाएकोले सांकेतिक बिरोध स्वरुप सडकमै धानको बिउ रोपेर बिरोध जनाउनुका साथै सरोकारवाला सबैको ध्यानाकर्षण गराउन खोजिएको सप्तरी युथ नेपालका कार्यवाहक अध्यक्ष मोहन यादवले बताए । 
    राजविराज–रुपनी सडक खण्ड अति जीर्ण अवस्थामा छ । खाल्डैखाल्डा परेका कारण सवारीसाधन मात्र होइन, पैदल यात्रुलाई समेत आवतजावतमा समस्या छ रहेको भन्दै यूवा अभियन्ता मो. अनवर अलीले भने, “खाल्डाखुल्डी कै कारण दिनहुँजसो दुर्घटना समेत हुने गरेको छ ।”
    सडक जोखिमपूर्ण अवस्थामा रहेकोले आपतकालिन अवस्थामा रहेका बिरामीलाई सो सडकमार्गबाट राजविराज वा अन्य अस्पताल पु¥याउन पनि सास्ती भएको स्थानीयको गुनासो छ । 
    राजविराजको गिता पेट्रोल पम्पदेखी बिहारपुरको ५ सयमिटर सम्मको सडकमा मात्रै दर्जनौं खाल्डाखुल्डी छन् । यसका अलावा राजविराजदेखी रुपनी सम्मको १० किलोमिटरमा झण्डै ५ किलोमिटर सडक जीर्ण अवस्थामा छन् । सडक चौडाई र कालोपत्रे गर्ने जिम्मा पाएको निर्माण कम्पनीले समयमै निर्माण काम सम्पन्न गर्न तदारुकता नदेखाउँदा अहिले वर्षायाममा जोखिम झनै बढाएको बिहारपुरवासी युवा नेता अमरनाथ मण्डलले सुनाए । 
    वर्षाको पानीले हिलाम्मे बनेको सडकमा २ सय भन्दा बढी धानको बिउ रोपिएको अर्का युवा दिपेन्द्र दासले बताए । सप्तरी युथ नेपालको उक्त बिरोध कार्यक्रममा स्थानीयले पनि समर्थन जनाएका छन् । दुई घण्टाको बिरोधमा विभिन्न राजनीतिक दलका युवाहरुले पनि सहभागिता जनाए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?