दैनिक समाचरादाता
राजविराज, १५ माघ ।
प्रदेश २ का मुख्य न्यायाधिवक्ता दिपेन्द्र झाले असहाय, अशक्त, नबालक, महिला, दलित, मुस्लिम, विपन्न वर्गलगायतलाई सेवा पु¥याउने उद्देश्यले निशुल्क कानुनी सहायत कक्ष स्थापना गरिएको बताएका छन् ।
बुधबार राजविराजमा आयोजित एक कार्यक्रमबिच मुख्य न्यायाधिवक्ता झाले कानुन सहायता कक्ष अधिकृतको कार्यालयको उदघाटन गर्दै सो कुरा बताएका हुन् ।
उनले महिला हिंसामा परेको, मानवअधिकारको हनन् भएको, न्यायमा पहुँच नभएका गरिव निमुख्खा जनताले अब यस कार्यालयबाट सहयोग लिन सक्ने विश्वास व्यक्त गरे ।
प्रदेश सरकारले स्थापना गरेको कानुन सहायता अधिकृतको कार्यालयबाट सप्तरीका लक्षित वर्गले निशुल्क सेवा लिन सक्ने उनको भनाई छ ।
सोही उद्घाटन कार्यक्रममा जिल्ला अदालतका न्यायाधिश चन्द्रमणि ज्ञवाली आर्थिक रूपमा कमजोर न्याय प्राप्तिका लागि सहयोग पुग्ने उद्देश्यले तथा आर्थिक रुपमा विपन्न जनताले न्याय पाउन नसकेको अबस्था यस सहायता केन्द्रबाट न्याय प्राप्त गर्न सक्ने बिश्वास वयक्त गरे ।
प्रदेश कानुन सहायता अधिकृत किरण कुमारी साहको अध्यक्षतामा आयोजित उद्घाटन सत्रमा राजबिराज नगरपालिका नगर प्रमुख शम्भु प्रसाद यादब, सप्तकोशी नगरपालिका प्रमुख उत्तम गौतम, कंचनरूप नगरपालीका निरू पोखरेल, उच्च अदालत वार ईकाई अध्यक्ष रमान्नद साह, जिल्ला बारका अध्यक्ष डोमन साह, अधिवक्ता केशव दासलगायतले न्यायिक समितिमा आउने गरिव, असहाय, महिला तथा अन्य पीडितका लागि निष्पक्ष रूपमा सहज र शुलभ तरीकाले न्यायमा पहुँच पु¥याउन सहायता कक्षले मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
गरिव, विपन्न वर्गलाई निशुल्क कानुनी सेवा दिन कानुनी कक्षको स्थापना
सारांश
- बुधबार राजविराजमा आयोजित एक कार्यक्रमबिच मुख्य न्यायाधिवक्ता झाले कानुन सहायता कक्ष अधिकृतको कार्यालयको उदघाटन गर्दै सो कुरा बताएका हुन् ।
- उनले महिला हिंसामा परेको, मानवअधिकारको हनन् भएको, न्यायमा पहुँच नभएका गरिव निमुख्खा जनताले अब यस कार्यालयबाट सहयोग लिन सक्ने विश्वास व्यक्त गरे ।
- प्रदेश सरकारले स्थापना गरेको कानुन सहायता अधिकृतको कार्यालयबाट सप्तरीका लक्षित वर्गले निशुल्क सेवा लिन सक्ने उनको भनाई छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया