दैनिक समाचारदाता
राजविराज, ६ असार ।
मिटर ब्याजमा ऋण लिएका पीडितहरुको संख्या सप्तरीमा बढ्दै गएको छ । जिल्लामा हालसम्म २ हजार ७ सय ९४ जना पीडितहरुबाट प्रहरीमा उजुरी परेको छ ।
जसमध्ये अहिलेसम्म ५ सय ८ वटा उजुरी मात्र फछ्र्यौट भएको छ भने २ हजार २ सय ८६ उजुरी फछ्र्यौट गर्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले हालसम्म फछ्र्यौट भएका उजुरी मध्ये १ सय ४२ वटामा सहमति मार्फत, ३८ वटा मुद्दा दर्ता मार्फत तथा बाँकी कानुनी प्रक्रिया अनुसार फछ्र्यौट भएको बताए । उनले अब नयाँ व्यवस्था अनुसार बाँकी रहेका उजुरीहरुको फछ्र्यौट जिल्ला प्रशासन कार्यालयबाट हुने जानकारी समेत दिए ।
यस अघि जिल्ला प्रहरी कार्यालय मार्फत अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी उजुरी, छानबिन तथा फछ्र्यौट गर्ने काम हुँदै आएकोमा अव जिल्ला प्रशासन कार्यालयबाट हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालय सप्तरीले दुई दिनअघि सूचना जारी गर्दै अव जिल्लाभित्र हुने अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी सम्पूर्ण उजुरी, छानबिन तथा फछ्र्यौट कार्यहरु हुने जानकारी गराएको थियो ।
दुई हजार ७ सय ९४ जना मिटरब्याज पीडितहरुबाट प्रहरीमा उजुरी
सारांश
- जसमध्ये अहिलेसम्म ५ सय ८ वटा उजुरी मात्र फछ्र्यौट भएको छ भने २ हजार २ सय ८६ उजुरी फछ्र्यौट गर्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
- प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले हालसम्म फछ्र्यौट भएका उजुरी मध्ये १ सय ४२ वटामा सहमति मार्फत, ३८ वटा मुद्दा दर्ता मार्फत तथा बाँकी कानुनी प्रक्रिया अनुसार फछ्र्यौट भएको बताए ।
- उनले अब नयाँ व्यवस्था अनुसार बाँकी रहेका उजुरीहरुको फछ्र्यौट जिल्ला प्रशासन कार्यालयबाट हुने जानकारी समेत दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
पाँच दिनदेखि बेपता किशोरी टिकटकमा देखिए
रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेर एक कामदारको मृत्यु, अर्का घाइते
श्रोत नखुलेको रकमसहित दुई भारतीय नागरिक पक्राउ
यू–१९ मधेश प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगितामा सिरहाको जित
भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन
कला एवं संस्कृतिलाई प्रर्वद्धन गर्नुपर्छ ः प्रदेश प्रमुख लाभ
चार दिनदेखि किशोरी वेपता
प्रतिक्रिया
० प्रतिक्रिया