दैनिक समाचारदाता
राजविराज, १२ पुस ।
सप्तरी जिल्लाका ४० जना सडक मानवको आइतबार उद्दार गरिएको छ । उद्दार गरिएका सडक आश्रित मानव मध्ये १४ वर्षदेखी ८० वर्षसम्मका जेष्ठ नागरिकहरु छन् ।
सडक मानवको राष्ट्रिय उद्दार कार्यक्रम अन्तरगत मानव सेवा आश्रम हेटौंडाको टोलीले १२ महिला र २८ पुरुष गरि ४० जना सडक मानवको उद्दार गरेको हो ।
राजविराज नगरपालिका, रुपनी गाउँपालिका, इन्सेक प्रतिनिधि मनोहर पोखरेललगायतको सहयोगमा उद्दार गरिएका सहयोगापेक्ष्।ी सडक आश्रित मानवलाई आइतबारै संरक्षणका लागि बिरगंज र हरिवनस्थित मानवसेवा आश्रम पठाइएको सचिव सुमन बर्तोलाले बताए ।
सडक मानवको राष्ट्रिय उद्दार कार्यक्रम अन्तरगत गत पुस ७ देखी मेचीबाट सुरु गरिएको अभियान महाकाली पुगेर माघ ७ गते सम्पन्न हुने जनाइएको छ ।
उद्दार गरिएका नागरिकहरुलाई केही बेर राजविराज नगरपालिकाको प्राङ्गणमा जम्मा गरि आश्रमका स्वयमसेवकहरुले सरसफाई र स्वास्थ्य परिक्षण गरेका थिए भने राजविराज नगरपालिकाले खानाको ब्यवस्था मिलाएको थियो ।
राजविराज नगरपालिकाका प्रमुख शम्भु यादवले नगरपालिकालाई सडक मानव मुक्त बनाउन आफूले हरसम्भव सहयोग गर्ने प्रतिबद्धता जनाए ।
सो अवसरमा नागरिक संजालका अध्यक्ष थानसिंह भंसाली, इन्सेक प्रतिनिधि मनोहर पोखरेल, प्रमुख प्रशासकीय अधिकृत मदन थापा र जसपाका केन्द्रिय सदस्य अमरनाथ मण्डललगायतले सडकलाई मानवमुक्त बनाउन र सहयोगापेक्षीको उद्दार गरि संरक्षण गर्ने पवित्र उद्देश्यले अभियान चलाएवापत मानव सेवा आश्रमप्रति धन्यवाद व्यक्त गरे ।
सप्तरीका ४० जना सडक आश्रित मानवको उद्दार
सारांश
- सडक मानवको राष्ट्रिय उद्दार कार्यक्रम अन्तरगत मानव सेवा आश्रम हेटौंडाको टोलीले १२ महिला र २८ पुरुष गरि ४० जना सडक मानवको उद्दार गरेको हो ।
- राजविराज नगरपालिका, रुपनी गाउँपालिका, इन्सेक प्रतिनिधि मनोहर पोखरेललगायतको सहयोगमा उद्दार गरिएका सहयोगापेक्ष्।
- ी सडक आश्रित मानवलाई आइतबारै संरक्षणका लागि बिरगंज र हरिवनस्थित मानवसेवा आश्रम पठाइएको सचिव सुमन बर्तोलाले बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया