पुसी पूर्णिमामा स्नान र मेला भर्नेको घुँइचो

राजविराज राजविराज
|
शुक्रबार, पौष २५, २०७६
|
|
२५ पटक हेरिएको
Shares
पुसी पूर्णिमामा स्नान र मेला भर्नेको घुँइचो

सारांश

  •     यस अवसरमा सप्तकोशी किनार (कोशी ब्यारेज) मा भब्य मेला समेत लागेको छ ।
  • यस दिन कोशी तथा अन्य पवित्र जलाशयमा स्नान (डुबुल्की) गरे पापबाट मुक्ति तथा मनोकांक्षा पूरा हुने जनविश्वास छ ।
  •       कोशी स्नान गर्न र मेला भर्न टाँढाका कतिपय तिर्थयात्रु अघिल्लो रातीनै आइपुगेका थिए ।

दैनिक समाचारदाता
राजविराज, २५ पुस । 
    पुसी पुर्णिमाको अवसर पारेर शुक्रबार सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ भारदहस्थित सप्तकोशी नदीमा स्नान गर्ने मेला भर्नेहरुको घुँइचो लागेको छ । 
    यस अवसरमा सप्तकोशी किनार (कोशी ब्यारेज) मा भब्य मेला समेत लागेको छ । यस दिन कोशी तथा अन्य पवित्र जलाशयमा स्नान (डुबुल्की) गरे पापबाट मुक्ति तथा मनोकांक्षा पूरा हुने जनविश्वास छ । 
    कोशी स्नान गर्न र मेला भर्न टाँढाका कतिपय तिर्थयात्रु अघिल्लो रातीनै आइपुगेका थिए । सुनसरी, सिरहा, मोरङ, उदयपुर र सप्तरीका साथै भारतको सिमराही, बिरपुर, भिमनगर, सहरसा, फारबिसगंज लगायतका स्थानहरुबाट समेत कोशी स्नान र मेला भर्न ठूलो संख्यामा तिर्थयात्रुहरु आएको हुनमाननगर कंकालिनी नगरपालिकाका प्रमुख शैलेश साहले जानकारी दिए ।
    मेला व्यवस्थित पार्न प्रहरीको सहयोग समेत लिई आवश्यक सबै व्यवस्था मिलाइएको उनले बताए । 
    कोशी स्नान र मेला भर्न एका बिहानैदेखी बैयलगाढा, बस, ट्रयाक्टर, मोटरसाइकलद, इरिक्सा लगायतका सवारीसाधन चढी तिर्थयात्रीहरु पुग्न थालेको र त्यो क्रम दिउँसो सम्म जारि रहेको स्थानिय राजु शर्माले बताए । 
    पुसी पुर्णिका अवसरमा शुक्रबार हनुमाननगर कंकालिनी नगरपालिका, छिन्नमस्ता गाउँपालिका, रुपनी गाउँपालिका, विष्णुपुर गाउँपालिका र कंचनरुप नगरपालिकाले एक दिनका लागि बिदा दिएपछि कोशी स्नान र मेलामा झनै रौनकता बढेको स्थानियहरुले बताएका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?