विद्युत चोरी गरेको भन्दै एक होटल र फोटोकपी पसलको विद्युतीय उपकरण नियन्त्रणमा

राजविराज राजविराज
|
बुधबार, भाद्र ११, २०७६
|
|
४० पटक हेरिएको
Shares
विद्युत चोरी गरेको भन्दै एक होटल र फोटोकपी  पसलको विद्युतीय उपकरण नियन्त्रणमा

सारांश

  •     नेपाल बिद्युत प्राधिकरण राजविराज बितरण केन्द्र, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले बुधबार राजविराज नगरपालिका रोडस्थित थारू रिसोर्ट र चौधरी पुस्तक पसलले विद्युतको मेनलाइनबाट हुकिङ्ग गरि बिजुली चोरी गरेको अवस्थामा फेला पारेको विद्युत प्राधिकरणका प्रमुख चन्द्रनारायण साहले जानकारी दिएका छन् ।
  •       उनका अनुसार विद्यतु रिडिङ्ग छड्के टोलीले थारू रिसोर्टले बिजुली पोलवाट सिधै बिजुली कनेक्सन गरेको पाएको तथा चौधरी पुस्तक पसलले थारू रिसोर्टसँगै कनेक्सन लिई विद्युत चुहावट गरेको भेटाएका थिए ।
  •       सोही टोलीले थारू रिसोर्टवाट फ्रिज १ थान, फ्यान १ थान, ईन्भटर, साउन्ड बक्स, बुफर १ थान तथा चौधरी पुस्तक पसलवाट फोटो कापी मेसिन, लेमिनेसन र स्टेपलाईजर १ थान लगायतका सामग्री नियन्त्रणमा लिएको प्रमुख साहले जानकारी दिए ।

दैनिक समाचारदाता
राजविराज, ११ भदौं । 
    विद्युत प्राधिकरणले बिद्युत चुहावट नियन्त्रणका लागि आफ्नो प्रयासलाई निरन्तरता दिएको छ । यसैबीच प्राधिकरणले विद्युत चोरी गरि उपभोग गरिरहेका राजविराजको मुख्य सडकको एक होटल तथा एक फोटोकपी पसलमा बुधबार छड्के गरि विभिन्न विद्युतीय उपकरणहरु नियन्त्रणमा लिएको छ । 
    नेपाल बिद्युत प्राधिकरण राजविराज बितरण केन्द्र, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले बुधबार राजविराज नगरपालिका रोडस्थित थारू रिसोर्ट र चौधरी पुस्तक पसलले विद्युतको मेनलाइनबाट हुकिङ्ग गरि बिजुली चोरी गरेको अवस्थामा फेला पारेको विद्युत प्राधिकरणका प्रमुख चन्द्रनारायण साहले जानकारी दिएका छन् । 

    उनका अनुसार विद्यतु रिडिङ्ग छड्के टोलीले थारू रिसोर्टले बिजुली पोलवाट सिधै बिजुली कनेक्सन गरेको पाएको तथा चौधरी पुस्तक पसलले थारू रिसोर्टसँगै कनेक्सन लिई विद्युत चुहावट गरेको भेटाएका थिए । 
    सोही टोलीले थारू रिसोर्टवाट फ्रिज १ थान, फ्यान १ थान, ईन्भटर, साउन्ड बक्स, बुफर १ थान तथा चौधरी पुस्तक पसलवाट फोटो कापी मेसिन, लेमिनेसन र स्टेपलाईजर १ थान लगायतका सामग्री नियन्त्रणमा लिएको प्रमुख साहले जानकारी दिए । 
    यता नेपाल बिद्युत प्राधिकरण शाखा राजबिराजले दुबै संचालकले बिजुली हुकिङ्ग गरी प्रयोग गरिएको समानको आधारमा बिद्युत चुहावट गरेको मुल्याङ्कनको आधारमा जरिवान तोकिने प्रमुख साहको भनाई छ । 
    विद्युत चुहावट गर्नेलाई प्राधिकरणको नियम अनुसार १ बर्ष बरावरको जरिवाना तोकिने नियम समेत रहेकोले थारू रिसोर्टलाई १ लाख ५७ हजार बरावरको जरिवाना तोकिन सक्ने उनले बताए । यसैबीच थारू रिसोर्टले प्राधिकरणको २ लाख ९६ हजार बिजुली महसुल तिर्न बाँकी रहेको समेत उनले जानकारी दिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?