वर्षा नभएपनि सप्तरीमा ७५ प्रतिशत धान रोपाई

राजविराज राजविराज
|
आइतबार, श्रावण १, २०७९
|
|
४८ पटक हेरिएको
Shares
वर्षा नभएपनि सप्तरीमा ७५ प्रतिशत धान रोपाई

सारांश

  •     वर्षा नभएपछि अहिले किसान पानी तान्ने मोटर तथा अन्य बैकल्पिक ंिसचाईको व्यवस्था मिलाएर रोपाँइ गरिरहेका छन भने कतिपय किसान अझै आकाशे पानीको प्रतिक्षामा मै रहेको छन् ।
  •       कृषि ज्ञान केन्द्र सप्तरीका प्रमुख राजेन्द्र प्रसाद यादवले पर्याप्त पानी नपर्दा अहिलेसम्म शतप्रतिशत रोपाँइ हुन नसेको जनाउँदै मल खाद पनि समयमा उपलब्ध हुन नसक्दा शत प्रतिशत रोपाँइ हुन नसकेको बताएका छन् ।
  •       किसानका लागी यहाँ स्थित साल्ट ट्रेडिङ्ग करपोरेशन लि.

दैनिक समाचारदाता
राजविराज, १ साउन ।
 
    लामो समयदेखि वर्षा न भएपनि सप्तरीका किसानहरुले जसोतसो सिंचाइ गरेर ७५ प्रतिशत जग्गामा धान रोपाँइ सम्पन्न गरेका छन् । 
    वर्षा नभएपछि अहिले किसान पानी तान्ने मोटर तथा अन्य बैकल्पिक ंिसचाईको व्यवस्था मिलाएर रोपाँइ गरिरहेका छन भने कतिपय किसान अझै आकाशे पानीको प्रतिक्षामा मै रहेको छन् । 
    कृषि ज्ञान केन्द्र सप्तरीका प्रमुख राजेन्द्र प्रसाद यादवले पर्याप्त पानी नपर्दा अहिलेसम्म शतप्रतिशत रोपाँइ हुन नसेको जनाउँदै मल खाद पनि समयमा उपलब्ध हुन नसक्दा शत प्रतिशत रोपाँइ हुन नसकेको बताएका छन् । 
    किसानका लागी यहाँ स्थित साल्ट ट्रेडिङ्ग करपोरेशन लि. र कृषि समाग्री कम्पनीका साथै २ सय ५० सहकारी संस्थामार्फत मल वितरणको व्यवस्था मिलाइको उनले जानकारी दिए । उनका अनुसार हाल साल्ट ट्रेडिङ्ग करपोरेशन लि.को गोदामा डिएपी ५ सय ५० मेट्रिक टन र युरिया मल १ सय २५ मेट्रिक टन मौज्दात रहेको छ । 
    यस्तै कृषि समाग्री कम्पनीमा १ सय १२ मेट्रिक टन डिएपी र १ सय ७५ मेट्रिक टन पोटास मौज्दात छन् । जिल्लामा २३ हजार मेट्रिक टन युरिया मल, १्र२ हजार मेट्रिक टन डिएपी, ९ हजार २४ मेट्रिक टन पोटास र सुक्ष्मतत्व (जिंक) २ हजार १ सय ८० मेट्रिक टन आवश्यक परेपनि हाल सम्म ती सबै गरी करिब १६ सय मेट्रिक टन मात्र मल खाद उपलब्ध हुन सकेको र थप आउने क्रममै रहेको बालि संरक्षण अधिकृत दिनेश प्रसाद यादवले जानकारी दिए । 
    सप्तरीमा कुल ८१ हजार ६ सय ६८ हेक्टर खेतीयोग्य जग्गा रहेकोमा ७२ हजार हेक्टर कुल क्षेत्रफल जग्गामा वर्षे धान र ३ सय हेक्टर क्षेत्रफलमा चैते धान लगाइदै आइएको छ । 
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?