दैनिक समाचारदाता
सर्लाही, १ पुस ।
सर्लाहीमा भएको आगलागिका घटनामा दुई बालिकासहित तीन जनाको जलेर मृत्यु भएको छ ।
सर्लाहीको कविलासी नगरपालिका ७ सिरसिरया निवासी जोगी महराकी ८ वर्षीया लक्ष्मी र ३ वर्षीया छोरी सुगन्धीको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
परालले बनेको घरमा बुधबार राति ९ः१५ बजेको समयमा विद्युत् सर्ट भएर आगलागी हुँदा दुबै बालिका जलेर गम्भिर घाइते भएपछि जिल्ला अस्पताल मलङ्गवामा समान्य उपचारपश्चात् थप उपचारका लागि काठमाडाँै लगिँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
फुसको घरमा जाडोबाट बच्न परालको ओछ्यानमा सुतेको अवस्थामा अचानक आगलागी हुँदा मृतक दुवै बालिकाको ६० देखि ७० प्रतिशत शरीर जलेको चिकित्सकको भनाई छ ।
आगोले जलेर जोगी महरा आफैँ र उनकी पाँच वर्षीया छोरी सुधा सामान्य घाइते भएका छन् । आगलागीका कारण घरभित्र रहेका सम्पूर्ण सरसमान समेत जलेर नष्ट भएका छन् ।
यसैगरी सर्लाही सदरमुकाम मलङ्गवा ६ खुटौनामा आगोले जलेर एक वृद्धको मृत्यु भएको छ । आगोले जलेर गम्भीर घाइते भएका ७० वर्षीय नसिर खाँको बुधबारराति जिल्ला अस्पताल मलङ्गवामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
अत्यधिक मदिरा सेवन गरेका नसिर घुर ताप्ने समयमा शरीरमा आगो लागेको नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिएका छन् ।
आगोले जलेर दुई बालिकासहित तीनको मृत्यु
सारांश
- सर्लाहीको कविलासी नगरपालिका ७ सिरसिरया निवासी जोगी महराकी ८ वर्षीया लक्ष्मी र ३ वर्षीया छोरी सुगन्धीको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
- परालले बनेको घरमा बुधबार राति ९ः१५ बजेको समयमा विद्युत् सर्ट भएर आगलागी हुँदा दुबै बालिका जलेर गम्भिर घाइते भएपछि जिल्ला अस्पताल मलङ्गवामा समान्य उपचारपश्चात् थप उपचारका लागि काठमाडाँै लगिँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
- फुसको घरमा जाडोबाट बच्न परालको ओछ्यानमा सुतेको अवस्थामा अचानक आगलागी हुँदा मृतक दुवै बालिकाको ६० देखि ७० प्रतिशत शरीर जलेको चिकित्सकको भनाई छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया