जिल्ला प्रशासनमा उजुरी परेपछि एजेन्टद्वारा रकम फिर्ता

राजविराज राजविराज
|
बुधबार, चैत्र ८, २०७९
|
|
३० पटक हेरिएको
Shares
जिल्ला प्रशासनमा उजुरी परेपछि एजेन्टद्वारा रकम फिर्ता

सारांश

  •     सप्तरीको विष्णुपुर गाउँपालिका १ निवासी जवरुल मियाँले बैदेशिक रोजगारका लागि कतार पठाइदिने भन्दै जिल्लाकै तिरहुत गाउँपालिका २ का ऐयुब मंसुरीसँग २ लाख १५ हजार, रहमान मियाँसँग १ लाख ८० हजार र विष्णुपुर गाउँपालिका १ का मो.
  • इरफान मंसुरीसँग १ लाख ८० हजार गरि ५ लाख ७५ हजार रकम लिएका थिए ।
  • ६ महिनासम्म पनि एजेन्ट मियाँले बैदेशिक रोजगारका लागि नपठाएपछि पीडित तिनै जनाले जिल्ला प्रशासन कार्यालय सप्तरीमा उजुरी दिएका थिए ।

दैनिक समाचारदाता
राजविराज, ८ चैत ।    

    झण्डै एक वर्षदेखी बैदेशिक रोजगारीमा पठाइदिने भन्दै तीन जनासँग झण्डै ६ लाख रकम लिएका बैदेशिक रोजगार कम्पनीका एक एजेन्टले बुधबार जिल्ला प्रशासन कार्यालय सप्तरीमा सो रकम फिर्ता गरेको छ । 
    सप्तरीको विष्णुपुर गाउँपालिका १ निवासी जवरुल मियाँले बैदेशिक रोजगारका लागि कतार पठाइदिने भन्दै जिल्लाकै तिरहुत गाउँपालिका २ का ऐयुब मंसुरीसँग २ लाख १५ हजार, रहमान मियाँसँग १ लाख ८० हजार र विष्णुपुर गाउँपालिका १ का मो. इरफान मंसुरीसँग १ लाख ८० हजार गरि ५ लाख ७५ हजार रकम लिएका थिए । ६ महिनासम्म पनि एजेन्ट मियाँले बैदेशिक रोजगारका लागि नपठाएपछि पीडित तिनै जनाले जिल्ला प्रशासन कार्यालय सप्तरीमा उजुरी दिएका थिए । 
    प्रशासन कार्यालयमा उजुरी आएपछि प्रशासन कार्यालयमै रहेको आप्रवासी श्रोत केन्द्र राजविराजले एजेन्ट तथा पीडितहरुसँग लामो समयसम्म समन्वय गरेको थियो । 
    समन्वय पश्चात् एजेन्ट मियाँले तीनै जनाको पासपोर्ट बनाउन लागेको ११÷११ हजार रकमसहित ६ लाख ८ हजार प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापालाई फिर्ता गरे । एजेन्टले फिर्ता गरेको उक्त रकम प्रजिअ थापाले सोही बेला तीनै जना पीडितलाई प्रदान गरेको आप्रवासी श्रोत केन्द्र राजविराजका कार्यक्रम संयोजक राजेन्द्र यादवले जानकारी दिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सनराइज बैंक अब सप्तरीको कल्याणपुरमा
प्रेस सेन्टरद्वारा दश बुँदे माग राख्दै प्रधानमन्त्रीलाई ज्ञापन
प्रेस सेन्टरद्वारा दश बुँदे माग राख्दै प्रधानमन्त्रीलाई ज्ञापन
मिटरब्याजी साहलाई पक्राउ  गर्न माँग गर्दै प्रर्दशन
मिटरब्याजी साहलाई पक्राउ  गर्न माँग गर्दै प्रर्दशन
सप्तरीका उद्योगि व्यापारीहरु कालोपट्टी बाधेर कारोबार  गर्ने, जिल्ला प्रशासन कार्यालयमा धर्ना बस्ने
सप्तरीका उद्योगि व्यापारीहरु कालोपट्टी बाधेर कारोबार  गर्ने, जिल्ला प्रशासन कार्यालयमा धर्ना बस्ने
श्रोत नखुलेको ५ लाख भन्दा बढी भारतीय रकमसहित एक पक्राउ
श्रोत नखुलेको ५ लाख भन्दा बढी भारतीय रकमसहित एक पक्राउ
गाउँपालिकाद्वारा सञ्चालन गरिएका क्रियाकलापहरुको अध्ययन टोलीले काम थाल्यो
गाउँपालिकाद्वारा सञ्चालन गरिएका क्रियाकलापहरुको अध्ययन टोलीले काम थाल्यो
प्राप्त उपलब्धीको रक्षा काँग्रेसले नै गर्छ ः नेता ढुंगाना
प्राप्त उपलब्धीको रक्षा काँग्रेसले नै गर्छ ः नेता ढुंगाना
छोरीको हत्या र छोरा वेपत्ता  पार्नेहरुमाथी कारवाहीको माग गर्दा  चन्द्रदेवीलाई ज्यान मार्ने धम्की 
छोरीको हत्या र छोरा वेपत्ता  पार्नेहरुमाथी कारवाहीको माग गर्दा  चन्द्रदेवीलाई ज्यान मार्ने धम्की 
सुरुङ्गामा डुबेर एक वृद्धको मृत्यु
सुरुङ्गामा डुबेर एक वृद्धको मृत्यु
राज्यमन्त्री रजकद्वारा कटान निरीक्षण
राज्यमन्त्री रजकद्वारा कटान निरीक्षण