दैनिक समाचारदाता
राजविराज, ३१ भदौ ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाको दिगो विकास लक्ष्य स्वेच्छिक पुनराबलोकन प्रतिबेदन तयारीको काम थालिएको छ ।
संयुक्त राष्ट्र संङघीय विकास कार्यक्रम (युएनडिपी) को सहयोगमा दिगो विकास लक्ष्यलाई लक्षित गरी गाउँपालिकाद्वारा सञ्चालन गरिएका क्रियाकलापहरुको अध्ययन टोलीले काम थालेको हो ।
प्रतिवेदन तयारीका लागि गाउँपालिकाले युएनडिपीले ट्रान्सेन्ड भिजन नेपाल नामक गैरसरकारी संस्थालाई परिचालन गरेको छ ।
गाउँपालिकाको दिगो विकास लक्ष्य स्वेच्छिक पुनराबलोकन प्रतिबेदन बनाउन आवश्यक पर्ने परिमाणात्मक तथ्याङ्क, सूचना सङ्कलनलगायतको कार्यहरु भईरहेको गाउँपालिका अध्यक्ष अरुण कुमार मण्डलले जानकारी दिएका छन् ।
प्रतिवेदन तयारीको सन्दर्भमा शुक्रबार गाउँपालिकाका बिषयगत समितिका पदाधिकारी तथा कर्मचारीहरुसँग कार्यशालाको आयोजना गरियो ।
सो कार्यशालामा ट्रान्सेन्ड भिजन नेपालका रमेश प्रसाद मैनाली र उद्धव खनालले सहजीकरण गरेको गाउँपालिकाका कार्यक्रम अधिकृत राजेशकुमार झाले जानकारी दिए । सो कार्यक्रममा गाउँपालिका अध्यक्ष अरुण कुमार मण्डल, उपाध्यक्ष फुलकुमारी साह, प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र कुमार यादव तथा वडा अध्यक्षहरु दिनेश्वर मिश्र, कमलकुमार मण्डल, रमेश मुखिया, सत्यनारायण यादव तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।
गाउँपालिकाद्वारा सञ्चालन गरिएका क्रियाकलापहरुको अध्ययन टोलीले काम थाल्यो
सारांश
- संयुक्त राष्ट्र संङघीय विकास कार्यक्रम (युएनडिपी) को सहयोगमा दिगो विकास लक्ष्यलाई लक्षित गरी गाउँपालिकाद्वारा सञ्चालन गरिएका क्रियाकलापहरुको अध्ययन टोलीले काम थालेको हो ।
- प्रतिवेदन तयारीका लागि गाउँपालिकाले युएनडिपीले ट्रान्सेन्ड भिजन नेपाल नामक गैरसरकारी संस्थालाई परिचालन गरेको छ ।
- गाउँपालिकाको दिगो विकास लक्ष्य स्वेच्छिक पुनराबलोकन प्रतिबेदन बनाउन आवश्यक पर्ने परिमाणात्मक तथ्याङ्क, सूचना सङ्कलनलगायतको कार्यहरु भईरहेको गाउँपालिका अध्यक्ष अरुण कुमार मण्डलले जानकारी दिएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
प्रतिक्रिया
० प्रतिक्रिया