दैनिक समाचारदाता
जनकपुर, ९ भदौ ।
मधेस प्रदेश सरकारका गृह,सञ्चार तथा कानुन मन्त्रालयले प्रदेश स्थित रहेका सुरक्षा निकायका कार्यालयहरुलाई सवारी साधन उपलब्ध गराएको छ ।
मन्त्रालयले नेपाल प्रहरी र राष्ट्रिय अनुसंधानका प्रदेश तथा विभिन्न जिल्ला स्थित रहेको कार्यालयहरुलाई चारपाँग्रे तथा दुई पाँग्रे गरी २६ थान सवारी साधन उपलब्ध गराएको हो ।
मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले सुरक्षा निकायका प्रमुखहरुलाई एक कार्यक्रमको बिच सो सवारी साधनहरु हस्तान्तरण गर्दै देश र जनताको शान्ति सुरक्षा, सुव्यवस्थाका लागि अहोरात्र खटिने सुरक्षा निकायले श्रोत र साधनको अभावमा हामीले चाहे जस्तो सेवा दिन नसक्ने बताउदै सुरक्षा निकायहरूलाई सवारी साधन उपलब्ध गराएको बताए ।
उनले प्रदेशका ८ वटै जिल्ला स्थित रहेका जिल्ला प्रहरी कार्यालय र ‘क’ श्रेणीका ईलाका प्रहरी कार्यालयहरुलाई केही दिन भित्रै एक÷एक थान चारपाँग्रे सवारीसाधन उपलब्ध गराउने जानकारी दिए ।
गृह मन्त्रालयका प्रदेश सचिव विमल प्रसाद वरालका अनुसार मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामलाई १ थान पिकअप गाडी र २१ थान बजाज कम्पनीको डिस्कभर मोटरसाइकल हस्तान्तरण गरिएको छ ।
यस्तै राष्ट्रिय अनुसंधान कार्यालय सप्तरी र रौतहटलाई एक एक थान पिकअप गाडी उपलब्ध गराइएको छ भने राष्ट्रिय अनुसन्धान कार्यालय महोत्तरी र धनुषालाई एक एक थान इलेक्ट्रीकल (इभी) उपलब्ध गराइएको हो ।
सवारी साधन हस्तान्तरण कार्यक्रममा मधेस प्रदेश प्रहरी कार्यालयका कार्यालय प्रमुख, डिआइजी उमा प्रसाद चतुर्वेदी, राष्ट्रिय अनुसन्धान कार्यालय मधेस प्रदेशका प्रतिनिधि, सशस्त्र प्रहरी बलका बाहिनिपती कृष्ण प्रसाद ढकाल लगायत प्रमुख जिल्ला अधिकारीहरुको उपस्थित रहेको थियो ।
मधेस प्रदेश सरकारद्वारा सुरक्षा निकायलाई सवारी साधन हस्तान्तरण
सारांश
- मन्त्रालयले नेपाल प्रहरी र राष्ट्रिय अनुसंधानका प्रदेश तथा विभिन्न जिल्ला स्थित रहेको कार्यालयहरुलाई चारपाँग्रे तथा दुई पाँग्रे गरी २६ थान सवारी साधन उपलब्ध गराएको हो ।
- मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले सुरक्षा निकायका प्रमुखहरुलाई एक कार्यक्रमको बिच सो सवारी साधनहरु हस्तान्तरण गर्दै देश र जनताको शान्ति सुरक्षा, सुव्यवस्थाका लागि अहोरात्र खटिने सुरक्षा निकायले श्रोत र साधनको अभावमा हामीले चाहे जस्तो सेवा दिन नसक्ने बताउदै सुरक्षा निकायहरूलाई सवारी साधन उपलब्ध गराएको बताए ।
- उनले प्रदेशका ८ वटै जिल्ला स्थित रहेका जिल्ला प्रहरी कार्यालय र ‘क’ श्रेणीका ईलाका प्रहरी कार्यालयहरुलाई केही दिन भित्रै एक÷एक थान चारपाँग्रे सवारीसाधन उपलब्ध गराउने जानकारी दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया