सप्तरीमा १ सय २ मध्ये २० जना महिला उम्मेदवार, पार्टीको टिकटबाट मात्र ७ जना तथा १३ जनाको स्वतन्त्र उम्मेदवारी

राजविराज राजविराज
|
आइतबार, माघ ११, २०८२
|
|
६० पटक हेरिएको
Shares
सप्तरीमा १ सय २ मध्ये २० जना महिला उम्मेदवार, पार्टीको टिकटबाट मात्र ७ जना तथा १३ जनाको स्वतन्त्र उम्मेदवारी

सारांश

  •     जिल्लाको क्षेत्र नं.
  • १ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट पुष्पाकुमारी चौधरी र नागरिक उन्नमुक्ति पार्टीबाट टिकालक्ष्मी चौधरी, क्षेत्र नं.
  • २ मा नेपाल जनता पार्टीका तर्फबाट पूर्व सांसद रञ्जु कुमारी ठाकुर र नेपाल मजदुर किसान पार्टीबाट निलम कुमारी यादव, क्षेत्र नं.

दैनिक समाचारदाता
राजविराज, ११ माघ ।

    आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सप्तरीबाट २० जना महिला उम्मेदवार चुनावी मैदानमा होमिएका छन् । चार वटा निर्वाचन क्षेत्रमा ७ जना महिला उम्मेदवार राजनीतिक पार्टीबाट तथा १३ जना महिलाले स्वतन्त्र रुपमा उम्मेदवारी दिएका छन् । 
    जिल्लाको क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट पुष्पाकुमारी चौधरी र नागरिक उन्नमुक्ति पार्टीबाट टिकालक्ष्मी चौधरी, क्षेत्र नं. २ मा नेपाल जनता पार्टीका तर्फबाट पूर्व सांसद रञ्जु कुमारी ठाकुर र नेपाल मजदुर किसान पार्टीबाट निलम कुमारी यादव, क्षेत्र नं. ४ मा नेपाली कम्युनिष्ट पार्टीबाट रुबी कुमारी कर्ण, जनता समाजवादी पार्टी नेपालबाट डा. बबि सिंह यादव र आम जनता पार्टीबाट अनिता कुमारी चौधरी उम्मेदवार बनेकी छिन् । यता क्षेत्र नं. ३ मा राजनीतिक दलबाट कुनै महिलाको उम्मेदवारी परेको छैन् । 
    यस्तै क्षेत्र नं. १ बाट राम कुमारी खङ्ग, रिजवाना खातुन र उम्दा देवी सदा स्वतन्त्र उम्मेदवारी दिएकी छिन् । यस्तै क्षेत्र नं. २ बाट अम्बिका देवी साफी, शुशिला कुमारी साह र साधना दास स्वतन्त्र रुपमा चुनावी मैदानमा उत्रिएकी छिन् । 
    क्षेत्र नं. ३ मा कौशल कुमारी चौधरी, रजियादेवी सदा, सरिता कुमारी यादव र कोशीला देवी पासमान स्वतन्त्र रुपमा उम्मेदवार बनेकी छिन् । यस्तै क्षेत्र नं. ४ बाट स्वतन्त्र रुपमा प्रेम कुमारी महरा चुनावी मैदानमा होमिएकी छिन् । 
   मधेशी आयोगका सदस्य आभासेतु सिंहले सप्तरीमा १ सय २ जना उम्मेदवार मध्ये ७ जना महिला मात्र राजनीतिक दलको टिकटबाट उम्मेदवार बन्नु सरकारी नीतिमा कमजोरी भएको धारणा राखेकी छिन् । उनले सरकारले प्रत्यक्षतर्फ महिलाहरुको लागि आरिक्षत सिट घोषणा नगरेसम्म राजनीतिक दलको प्राथमिकतामा महिला उम्मेदवार नपर्ने बताइन् । 
    राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत परवीनले महिला प्राथमिकतामा नपर्नु समावेशी र राजनीतिक दलको सिद्धान्त अनुकुल नभएको बताउछिन् । उनले राजनीतिक दलहरु भित्र व्यक्तिवादी सोच हावी भएको कारण पं्रत्यक्षतर्फ महिलालाई उम्मेदवार नबनाएको तर्क राखिन् ।
    सप्तरीमा २०४८ पछि भएको प्रतिनिधिसभा निर्वाचनमा बि.स.२०५६ सालमा राप्रपा र २०६४ मा तत्कालिन मधेशी जनाधिकार फोरम नेपाल (हाल जसपा नेपाल) की नेतृ रेणु यादव चुनाव जित्ने एकमात्र महिला हुन् । 
    यसअघि बि.स. २०७९ को प्रतिनिधिसभा निर्वाचनमा सप्तरी क्षेत्र नं. १ बाट जसपा नेपालका नवल किशोर साह, २ बाट जनमत पार्टीका अध्यक्ष डा सिके राउत, ३ र ४ बाट नेपाली काँग्रेसका क्रमशः दिनेश कुमार यादव र तेजुलाल चौधरी गरी चारै जना पुरुष उम्मेदवार निर्वाचित भएका थिए । 
    प्रतिनिधिसभा निर्वाचनमा जिल्लाको चार वटै क्षेत्रमा गरी कुल ४ लाख ४६ हजार ४ सय २ मतदाता छन । जस मध्ये महिला मतदाताको संख्या २ लाख १३ हजार २ सय ८३ रहेको जिल्ला निर्वाचन कार्यालय सप्तरीका प्रमुख रमेश कुमार जोशीले जानकारी दिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेकपा एसको वडा कमिटि गठन
नेकपा एसको वडा कमिटि गठन
मोबाइलमा चिट्ठा परेको सन्देश आएपछि ठगिन महिला 
मोबाइलमा चिट्ठा परेको सन्देश आएपछि ठगिन महिला 
भयरहित, मर्यादित र शान्तिपुर्ण  वातावरणमा निर्वाचन सम्पन्न गराउन प्रहरी तत्पर ः आइजिपि सिंह
भयरहित, मर्यादित र शान्तिपुर्ण  वातावरणमा निर्वाचन सम्पन्न गराउन प्रहरी तत्पर ः आइजिपि सिंह
समाजसेवी इन्जिनियर यादवद्वारा अग्निपीडित परिवारलाई राहत प्रदान
समाजसेवी इन्जिनियर यादवद्वारा अग्निपीडित परिवारलाई राहत प्रदान
चेक बाउन्स मुद्दाका फरार प्रतिवादी पक्राउ 
चेक बाउन्स मुद्दाका फरार प्रतिवादी पक्राउ 
हराएका २६ जना मध्ये २० जना फेला
हराएका २६ जना मध्ये २० जना फेला
सिरहालाई प्रधानमन्त्री कप प्रदेशस्तरिय टि–ट्वान्टी कप छनौट प्रतियोगिताको उपाधी 
सिरहालाई प्रधानमन्त्री कप प्रदेशस्तरिय टि–ट्वान्टी कप छनौट प्रतियोगिताको उपाधी 
एक स्वास्थ्यकर्मीसहित १७ जनामा कोरोना संक्रमण, आइसोलेशन बेडको अभावमा १४ संक्रमित अझै क्वारेन्टाइनमै
एक स्वास्थ्यकर्मीसहित १७ जनामा कोरोना संक्रमण, आइसोलेशन बेडको अभावमा १४ संक्रमित अझै क्वारेन्टाइनमै
नाचगान गर्दै सरकारबिरुद्ध प्रदर्शन
छिन्नमस्ता भगवतीको मुकुटसहित चोरीका अभियुक्त पक्राउ
छिन्नमस्ता भगवतीको मुकुटसहित चोरीका अभियुक्त पक्राउ

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?