विष्णुपुरका अध्यक्ष, लेखापालसहित तीन जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

राजविराज राजविराज
|
मंगलबार, भाद्र १९, २०८०
|
|
६३ पटक हेरिएको
Shares
विष्णुपुरका अध्यक्ष, लेखापालसहित तीन जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

सारांश

  •     सोलार बत्ति जडान कार्यको भुक्तानी दिने क्रममा घुस लिएको भन्दै अख्तियारले पालिका अध्यक्ष उमेश प्रसाद यादव, लेखापाल टेकनारायण यादव र एमआइएस अपरेटर बिरेन्द्र कुमार यादव बिरुद्ध विशेष अदालतमा आरोपपत्र दायर भएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिएका छन् ।
  •       गाउँपालिकामा आर्थिक वर्ष २०७९÷८० मा भएको सोलार बत्ति जडान कार्य सम्पन्न भएपछि अन्तिम भुक्तानी दिने क्रममा अध्यक्ष, लेखापाल र एमआइएस अपरेटरको मिलोमतो र योजनामा दुई लाख नगद र तीन लाखको चेक घुसवापत लिएको पाइएकाले प्रतिवेदनसहित आरोपपत्र दायर गरिएको हो ।
  •       तीनै जनामाथी भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा १ बमोजिम बिगो, कैद र जरिवाना माग गरिएको छ ।

दैनिक समाचारदाता
राजविराज, १९ भदौ ।

    सप्तरीको विष्णुपुर गाउँपालिकाका अध्यक्ष, लेखापाल र एमआइएस अपरेटर बिरुद्ध मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा आरोप पत्र दायर गरेको छ । 
    सोलार बत्ति जडान कार्यको भुक्तानी दिने क्रममा घुस लिएको भन्दै अख्तियारले पालिका अध्यक्ष उमेश प्रसाद यादव, लेखापाल टेकनारायण यादव र एमआइएस अपरेटर बिरेन्द्र कुमार यादव बिरुद्ध विशेष अदालतमा आरोपपत्र दायर भएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिएका छन् । 
    गाउँपालिकामा आर्थिक वर्ष २०७९÷८० मा भएको सोलार बत्ति जडान कार्य सम्पन्न भएपछि अन्तिम भुक्तानी दिने क्रममा अध्यक्ष, लेखापाल र एमआइएस अपरेटरको मिलोमतो र योजनामा दुई लाख नगद र तीन लाखको चेक घुसवापत लिएको पाइएकाले प्रतिवेदनसहित आरोपपत्र दायर गरिएको हो । 
    तीनै जनामाथी भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा १ बमोजिम बिगो, कैद र जरिवाना माग गरिएको छ । उनीहरुबाट ५ लाख बिगो र बिगो बमोजिमको कैद र जरिवाना असुल गर्न माग गरिएको छ । 
    गत साउन ३१ गते सोलार बत्ति जडान कार्य सम्पन्न भएपछि अन्तिम भुक्तानी दिने क्रममा जडान कम्पनिका प्रतिनिधिसँग ५ लाख रुँपैया घुस लिँदै गर्दा लेखापाल टेकनारायण र एमाआइएस अपरेटर बिरेन्द्रलाई अख्तियारको इटहरीस्थित कार्यालयको टोलीले राजविराजको एक बस बुकिङ काउन्टरबाट पक्राउ गरेको थियो । 
    पक्राउ परेकाहरुबाट लिइएको बयान र थपअनुसन्धानको क्रममा गाउँपालिका अध्यक्ष यादव समेतको संलग्नता पुष्टि भएपछि उनलाई पनि नियन्त्रणमा लिई तीनै जना बिरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ । 
    यता भदौ ७ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गाउँपालिकालाई पत्राचार गर्दै आयोग ऐन २०४८ को दफा १६(४) बमोजिम विशेष अदालतबाट म्याद थप भइ थुनामा रहेका सार्वजनिक पद धारण गरेका राष्ट्रसेवक आयोग ऐन २०४८ को दफा १७ र तथा भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३३ वमोजिम स्वतः निलम्बन हुने प्रावधान अनुरूप अध्यक्ष निलम्बन भएको जानकारी गराएको थियो । 
    यसअघि राजविराज नगरपालिकाका प्रमुख भिमराज यादव र शम्भुनाथ नगरपालिका प्रमुख जितेन्द्र प्रसाद गुप्ता भ्रष्टाचारको आरोपमा निलम्बित भइसकेका छन् । दुबै जना बिरुद्ध अख्तियारले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा १ को कसुरमा कैद र जरिवानासहित विशेष अदालतमा आरोप पत्र दायर गरेपछि उनीहरु निलम्बित भएका हुन् । 
    राजविराज नगरपालिकाका प्रमुख यादवको हकमा भने केही दिन अघि मात्र विशेष अदालतले २ लाख ६४ हजार ४ सय ४ जरिवाना तोकिसकेका छन् । शम्भुनाथ नगरपालिकाका मेयर गुप्ताको मुद्दा भने सुनवाईकै क्रममा रहेको छ ।  
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महिलामाथी दुव्र्यवहार गर्ने सशस्त्र प्रहरीहरूलाई कडा कार्बाही गर्न प्रदेश कानुन मन्त्री यादवको निर्देशन
महिलामाथी दुव्र्यवहार गर्ने सशस्त्र प्रहरीहरूलाई कडा कार्बाही गर्न प्रदेश कानुन मन्त्री यादवको निर्देशन
सहुलित दरमा ऋण उपलब्ध गराउन आग्रह 
सहुलित दरमा ऋण उपलब्ध गराउन आग्रह 
“नेपाल टि–ट्वान्टी” प्रतियोगिता हुने निश्चित
“नेपाल टि–ट्वान्टी” प्रतियोगिता हुने निश्चित
बसपार्क संचालनका लागि १५  दिनभित्र बाँकी काम सक्ने प्रतिबद्धता
बसपार्क संचालनका लागि १५  दिनभित्र बाँकी काम सक्ने प्रतिबद्धता
विद्यालयको समयमा कक्षामै पुस्तकको सिरानी बनाएर सुत्दै शिक्षक, कर्मचारी
विद्यालयको समयमा कक्षामै पुस्तकको सिरानी बनाएर सुत्दै शिक्षक, कर्मचारी
गजेन्द्र नारायण सिंह क्रिकेट  प्रतियोगितामा लौनिया र तिलाठी बिजयी 
गजेन्द्र नारायण सिंह क्रिकेट  प्रतियोगितामा लौनिया र तिलाठी बिजयी 
मानव आश्रमबाट छोरा बेपत्ता भएपछी चिन्तामा आमा
मानव आश्रमबाट छोरा बेपत्ता भएपछी चिन्तामा आमा
अपहरण तथा जबरजस्तीकरणीका  फरार अभियुक्त पक्राउ
अपहरण तथा जबरजस्तीकरणीका  फरार अभियुक्त पक्राउ
एमाले र अध्यक्ष ओली बिरुद्ध मिटरब्याजी पीडितद्वारा प्रदर्शन
एमाले र अध्यक्ष ओली बिरुद्ध मिटरब्याजी पीडितद्वारा प्रदर्शन
विवाह दर्ता र नागरिकता बनाईदिन  आग्रह गर्दा पतिद्वारा फोनबाटै ‘तलाक’
विवाह दर्ता र नागरिकता बनाईदिन  आग्रह गर्दा पतिद्वारा फोनबाटै ‘तलाक’

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी