विष्णुपुरका अध्यक्ष, लेखापालसहित तीन जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

राजविराज राजविराज
|
मंगलबार, भाद्र १९, २०८०
|
|
४० पटक हेरिएको
Shares
विष्णुपुरका अध्यक्ष, लेखापालसहित तीन जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

सारांश

  •     सोलार बत्ति जडान कार्यको भुक्तानी दिने क्रममा घुस लिएको भन्दै अख्तियारले पालिका अध्यक्ष उमेश प्रसाद यादव, लेखापाल टेकनारायण यादव र एमआइएस अपरेटर बिरेन्द्र कुमार यादव बिरुद्ध विशेष अदालतमा आरोपपत्र दायर भएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिएका छन् ।
  •       गाउँपालिकामा आर्थिक वर्ष २०७९÷८० मा भएको सोलार बत्ति जडान कार्य सम्पन्न भएपछि अन्तिम भुक्तानी दिने क्रममा अध्यक्ष, लेखापाल र एमआइएस अपरेटरको मिलोमतो र योजनामा दुई लाख नगद र तीन लाखको चेक घुसवापत लिएको पाइएकाले प्रतिवेदनसहित आरोपपत्र दायर गरिएको हो ।
  •       तीनै जनामाथी भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा १ बमोजिम बिगो, कैद र जरिवाना माग गरिएको छ ।

दैनिक समाचारदाता
राजविराज, १९ भदौ ।

    सप्तरीको विष्णुपुर गाउँपालिकाका अध्यक्ष, लेखापाल र एमआइएस अपरेटर बिरुद्ध मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा आरोप पत्र दायर गरेको छ । 
    सोलार बत्ति जडान कार्यको भुक्तानी दिने क्रममा घुस लिएको भन्दै अख्तियारले पालिका अध्यक्ष उमेश प्रसाद यादव, लेखापाल टेकनारायण यादव र एमआइएस अपरेटर बिरेन्द्र कुमार यादव बिरुद्ध विशेष अदालतमा आरोपपत्र दायर भएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिएका छन् । 
    गाउँपालिकामा आर्थिक वर्ष २०७९÷८० मा भएको सोलार बत्ति जडान कार्य सम्पन्न भएपछि अन्तिम भुक्तानी दिने क्रममा अध्यक्ष, लेखापाल र एमआइएस अपरेटरको मिलोमतो र योजनामा दुई लाख नगद र तीन लाखको चेक घुसवापत लिएको पाइएकाले प्रतिवेदनसहित आरोपपत्र दायर गरिएको हो । 
    तीनै जनामाथी भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा १ बमोजिम बिगो, कैद र जरिवाना माग गरिएको छ । उनीहरुबाट ५ लाख बिगो र बिगो बमोजिमको कैद र जरिवाना असुल गर्न माग गरिएको छ । 
    गत साउन ३१ गते सोलार बत्ति जडान कार्य सम्पन्न भएपछि अन्तिम भुक्तानी दिने क्रममा जडान कम्पनिका प्रतिनिधिसँग ५ लाख रुँपैया घुस लिँदै गर्दा लेखापाल टेकनारायण र एमाआइएस अपरेटर बिरेन्द्रलाई अख्तियारको इटहरीस्थित कार्यालयको टोलीले राजविराजको एक बस बुकिङ काउन्टरबाट पक्राउ गरेको थियो । 
    पक्राउ परेकाहरुबाट लिइएको बयान र थपअनुसन्धानको क्रममा गाउँपालिका अध्यक्ष यादव समेतको संलग्नता पुष्टि भएपछि उनलाई पनि नियन्त्रणमा लिई तीनै जना बिरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ । 
    यता भदौ ७ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गाउँपालिकालाई पत्राचार गर्दै आयोग ऐन २०४८ को दफा १६(४) बमोजिम विशेष अदालतबाट म्याद थप भइ थुनामा रहेका सार्वजनिक पद धारण गरेका राष्ट्रसेवक आयोग ऐन २०४८ को दफा १७ र तथा भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३३ वमोजिम स्वतः निलम्बन हुने प्रावधान अनुरूप अध्यक्ष निलम्बन भएको जानकारी गराएको थियो । 
    यसअघि राजविराज नगरपालिकाका प्रमुख भिमराज यादव र शम्भुनाथ नगरपालिका प्रमुख जितेन्द्र प्रसाद गुप्ता भ्रष्टाचारको आरोपमा निलम्बित भइसकेका छन् । दुबै जना बिरुद्ध अख्तियारले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा १ को कसुरमा कैद र जरिवानासहित विशेष अदालतमा आरोप पत्र दायर गरेपछि उनीहरु निलम्बित भएका हुन् । 
    राजविराज नगरपालिकाका प्रमुख यादवको हकमा भने केही दिन अघि मात्र विशेष अदालतले २ लाख ६४ हजार ४ सय ४ जरिवाना तोकिसकेका छन् । शम्भुनाथ नगरपालिकाका मेयर गुप्ताको मुद्दा भने सुनवाईकै क्रममा रहेको छ ।  
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

“मिल्क” टि होईन “विष हो विष” के हुन्छ दूध चियाले ? 
“मिल्क” टि होईन “विष हो विष” के हुन्छ दूध चियाले ? 
वडाअध्यक्ष र सचिवको मिलोमतोमा जग्गा छिमेकीको नाममा दर्ता गर्न सिफारिस गरेको पीडितको आरोप
वडाअध्यक्ष र सचिवको मिलोमतोमा जग्गा छिमेकीको नाममा दर्ता गर्न सिफारिस गरेको पीडितको आरोप
ठूलो परिमाणमा पटाका बरामद
ठूलो परिमाणमा पटाका बरामद
सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
झण्डै एक महिनादेखी लालपूर्जाको माग गर्दै राजविराज नगरवासीले विभिन्न चरणको आन्दोलन पश्चात् विगत एक हप्तादेखी आफ्नो एक सूत्रिय माग राख्दै नयाँ नयाँ शैलीको आन्दोलन गरिरहेका छन् ।
झण्डै एक महिनादेखी लालपूर्जाको माग गर्दै राजविराज नगरवासीले विभिन्न चरणको आन्दोलन पश्चात् विगत एक हप्तादेखी आफ्नो एक सूत्रिय माग राख्दै नयाँ नयाँ शैलीको आन्दोलन गरिरहेका छन् ।
बहुविवाहका आरोपी कारागार चलान
बहुविवाहका आरोपी कारागार चलान
डिनको छैठो जिल्ला अधिवेशन सम्पन्न
डिनको छैठो जिल्ला अधिवेशन सम्पन्न
पार्टी निर्माणमा जुट्न कार्यकर्ताहरुलाई जसपा अध्यक्ष राईको आग्रह, सत्ता बिना बस्नु पर्दा पानी बिना माछा जस्तो छटपटी ः मन्त्री यादव
पार्टी निर्माणमा जुट्न कार्यकर्ताहरुलाई जसपा अध्यक्ष राईको आग्रह, सत्ता बिना बस्नु पर्दा पानी बिना माछा जस्तो छटपटी ः मन्त्री यादव
क्षेत्र नं. १ मा एकको उम्मेदवारी रद्द, २१ जनाको कायम
क्षेत्र नं. १ मा एकको उम्मेदवारी रद्द, २१ जनाको कायम
महासंघलाई मास्क र पिपिई प्रदान
महासंघलाई मास्क र पिपिई प्रदान