कंकालिनि मन्दिरमा यस वर्ष राँगाको बलि प्रदान घट्यो

राजविराज राजविराज
|
आइतबार, आश्विन २६, २०७६
|
|
८१ पटक हेरिएको
Shares

सारांश

  •     यसरी हेर्दा २०६९ सालदेखी २०७५ सालसम्म राँगको बलि बढ्दै गएको देखिन्थ्यो ।
  • तर, यस वर्ष  राँगाको बलि प्रदान गर्ने क्रममा घटेको छ ।
  •       गत वर्ष २०७५ सालमा ६ सय ३२, २०७४ सालमा ४ सय ९, २०७३ सालमा ४ सय ५३ राँगाको बलि दिइएको थियो भने २०७२ सालमा ३ सय ९२, २०७१ सालमा ४ सय ४६ राँगाको बली प्रदान भएको थियो ।

    राजविराज÷हिन्दुहरुको महान चाड वडै दशैंको अवसमा सप्तरीमा मात्र ५० हजार बढी पशुपक्षिको बलि प्रदान गरिएको छ । तर, यस पटक भने राँगको बलि प्रदान गर्ने संख्या घटेको छ । 
    दशैंको नवमीका दिन राँगाको बली प्रदान गर्ने परम्परा रहेको कंकालिनि मन्दिरमा यस वर्ष ६ सय ४ बलि प्रदान गरिएको छ । यो संख्या गत वर्षको तुलनमा २८ वटा कम रहेको छ । गत वर्ष ६ सय ३२ वटा राँगाको वलि प्रदान गरिएको थियो । 
    जिल्लाको हनुमाननगर कंकालिनि नगरपालिका १ भारदहस्थित कंकालिनी मन्दिरमा हरेक वर्ष दशैंको रौनक नै राँगाको बलि प्रदान हो । 
    यसरी हेर्दा २०६९ सालदेखी २०७५ सालसम्म राँगको बलि बढ्दै गएको देखिन्थ्यो । तर, यस वर्ष  राँगाको बलि प्रदान गर्ने क्रममा घटेको छ । 
    गत वर्ष २०७५ सालमा ६ सय ३२, २०७४ सालमा ४ सय ९, २०७३ सालमा ४ सय ५३ राँगाको बलि दिइएको थियो भने २०७२ सालमा ३ सय ९२, २०७१ सालमा ४ सय ४६ राँगाको बली प्रदान भएको थियो । यस्तै २०७० सालमा ३ सय ९१ वटा तथा २०६९ सालमा ३ सय ३७ वटा राँगाको बली प्रदान गरिएको थियो ।
    निःसन्तानहरुले सन्तानका लागि, जटील रोगबाट पीडितहरुले स्वास्थ्यलाभका लागि, जीवन शंकटमा परेकाहरुले जीवन रक्षाका लागि, पेशा र रोजगारी शंकटमा परेकाहरुले त्यसमा सफलताका लागि वर्षौदेखि यहाँ विभिन्न किसिमको ‘भाकल’ गर्दै आएका छन् । ‘भाकल’ पुरा भएपछि ‘भाकल’ गर्नेहरुले यहाँ विजयादशमीको ‘महानवमी’ को दिन राँगाको बली दिने गर्छन् । यसबाहेक खसीबोका, परेवा, मिठाई तथा गर–गहना समेत चढाउने गर्दछन् ।    
    यो मन्दिरको प्रमुख विशेषता पनि राँगा बलि प्रदान नै हो । विजया दशमीको ‘महानवमी’को दिन यहाँ राँगा बलि प्रदान वर्षौदेखि हुँदै आएको छ । मन्दिर स्थापनाकालमा पाँचवटा राँगाको बलि दिइएको थियो । 
    यस मन्दिरमा नेपालका सप्तरी, सुनसरी, मोरङ्ग, सिरहा, सर्लाही, झापा सहित सम्भवतः अधिकांश जिल्लाका श्रद्धालुहरुले पुजापाठकालागि यहाँ आईसकेको मन्दिर विकास समितिको भनाई छ । नेपालबाहेक भारत बिहारको वीरपुर, फारबीसगंज, पटनासम्मका भक्तजनहरु राँगा बलि प्रदान गर्न समेत यहाँ आउने गर्दछन् ।
    यस्तै सप्तरीको अर्को शक्तिपिठ छिन्नमस्ता भगवती मन्दिरमा घटस्थापनादेखि महानवमी सम्म २५ हजार खसि वोकाको वलि प्रदान गरिएको पिठाधिस महाकान्त ठाकुरले वताए । जिल्लाको छिन्नमस्ता गाउँपालिका स्थित यस मन्दिरमा यस वर्ष लाखौं श्रद्धालु आएको उनले जानकारी दिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तरीबाट सुरु भयो “किसानको आली देखी उपभोक्ताको थाली सम्म” अभियान
सप्तरीबाट सुरु भयो “किसानको आली देखी उपभोक्ताको थाली सम्म” अभियान
पूर्व राजा ज्ञानेन्द्र शाह सप्तरी आउने पक्का
गौंबंश संरक्षणको माँग गर्दै राजविराजमा खवरदारी ¥याली
गौंबंश संरक्षणको माँग गर्दै राजविराजमा खवरदारी ¥याली
दलित छात्रावासको शिलान्यास 
दलित छात्रावासको शिलान्यास 
पच्चिस विगहामा लगाइएको झण्डै  ६ हजार गाँजाका बोटहरु नष्ट, अभियान निरन्तर चलिरहन्छ ः एसपी प्रसाई
पार्टी कब्जा गर्ने दिवा सपना देख्नेलाई  भविष्यमा मंहगो सावित हुने ः उमेश यादव
विद्यार्थीलाई शैक्षिक सामाग्रि र पोशाक बितरण
विद्यार्थीलाई शैक्षिक सामाग्रि र पोशाक बितरण
मैत्रीपूर्ण महिला क्रिकेटमा खडक नपा बिजयी
पाँच हजार ५५ जनाले निर्वाचन खर्च विवरण बुझाएनन्
पाँच हजार ५५ जनाले निर्वाचन खर्च विवरण बुझाएनन्
महाशिबरात्रीको अवसरमा मुर्ति स्थापनासँगै शिवमन्दिर उद्घाटन
महाशिबरात्रीको अवसरमा मुर्ति स्थापनासँगै शिवमन्दिर उद्घाटन

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी