राजविराज÷हिन्दुहरुको महान चाड वडै दशैंको अवसमा सप्तरीमा मात्र ५० हजार बढी पशुपक्षिको बलि प्रदान गरिएको छ । तर, यस पटक भने राँगको बलि प्रदान गर्ने संख्या घटेको छ ।
दशैंको नवमीका दिन राँगाको बली प्रदान गर्ने परम्परा रहेको कंकालिनि मन्दिरमा यस वर्ष ६ सय ४ बलि प्रदान गरिएको छ । यो संख्या गत वर्षको तुलनमा २८ वटा कम रहेको छ । गत वर्ष ६ सय ३२ वटा राँगाको वलि प्रदान गरिएको थियो ।
जिल्लाको हनुमाननगर कंकालिनि नगरपालिका १ भारदहस्थित कंकालिनी मन्दिरमा हरेक वर्ष दशैंको रौनक नै राँगाको बलि प्रदान हो ।
यसरी हेर्दा २०६९ सालदेखी २०७५ सालसम्म राँगको बलि बढ्दै गएको देखिन्थ्यो । तर, यस वर्ष राँगाको बलि प्रदान गर्ने क्रममा घटेको छ ।
गत वर्ष २०७५ सालमा ६ सय ३२, २०७४ सालमा ४ सय ९, २०७३ सालमा ४ सय ५३ राँगाको बलि दिइएको थियो भने २०७२ सालमा ३ सय ९२, २०७१ सालमा ४ सय ४६ राँगाको बली प्रदान भएको थियो । यस्तै २०७० सालमा ३ सय ९१ वटा तथा २०६९ सालमा ३ सय ३७ वटा राँगाको बली प्रदान गरिएको थियो ।
निःसन्तानहरुले सन्तानका लागि, जटील रोगबाट पीडितहरुले स्वास्थ्यलाभका लागि, जीवन शंकटमा परेकाहरुले जीवन रक्षाका लागि, पेशा र रोजगारी शंकटमा परेकाहरुले त्यसमा सफलताका लागि वर्षौदेखि यहाँ विभिन्न किसिमको ‘भाकल’ गर्दै आएका छन् । ‘भाकल’ पुरा भएपछि ‘भाकल’ गर्नेहरुले यहाँ विजयादशमीको ‘महानवमी’ को दिन राँगाको बली दिने गर्छन् । यसबाहेक खसीबोका, परेवा, मिठाई तथा गर–गहना समेत चढाउने गर्दछन् ।
यो मन्दिरको प्रमुख विशेषता पनि राँगा बलि प्रदान नै हो । विजया दशमीको ‘महानवमी’को दिन यहाँ राँगा बलि प्रदान वर्षौदेखि हुँदै आएको छ । मन्दिर स्थापनाकालमा पाँचवटा राँगाको बलि दिइएको थियो ।
यस मन्दिरमा नेपालका सप्तरी, सुनसरी, मोरङ्ग, सिरहा, सर्लाही, झापा सहित सम्भवतः अधिकांश जिल्लाका श्रद्धालुहरुले पुजापाठकालागि यहाँ आईसकेको मन्दिर विकास समितिको भनाई छ । नेपालबाहेक भारत बिहारको वीरपुर, फारबीसगंज, पटनासम्मका भक्तजनहरु राँगा बलि प्रदान गर्न समेत यहाँ आउने गर्दछन् ।
यस्तै सप्तरीको अर्को शक्तिपिठ छिन्नमस्ता भगवती मन्दिरमा घटस्थापनादेखि महानवमी सम्म २५ हजार खसि वोकाको वलि प्रदान गरिएको पिठाधिस महाकान्त ठाकुरले वताए । जिल्लाको छिन्नमस्ता गाउँपालिका स्थित यस मन्दिरमा यस वर्ष लाखौं श्रद्धालु आएको उनले जानकारी दिए ।
कंकालिनि मन्दिरमा यस वर्ष राँगाको बलि प्रदान घट्यो
सारांश
- यसरी हेर्दा २०६९ सालदेखी २०७५ सालसम्म राँगको बलि बढ्दै गएको देखिन्थ्यो ।
- तर, यस वर्ष राँगाको बलि प्रदान गर्ने क्रममा घटेको छ ।
- गत वर्ष २०७५ सालमा ६ सय ३२, २०७४ सालमा ४ सय ९, २०७३ सालमा ४ सय ५३ राँगाको बलि दिइएको थियो भने २०७२ सालमा ३ सय ९२, २०७१ सालमा ४ सय ४६ राँगाको बली प्रदान भएको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया