दैनिक समाचारदाता
राजविराज, ११ साउन ।
गत बैशाख ३० गते सम्पन्न स्थानिय तह निर्वाचनमा सप्तरीबाट उम्मेदबार बनेकाहरु मध्येबाट ५ हजार ५५ जनाले निर्वाचन खर्च विवरण बुझाएका छैनन् ।
जिल्ला निर्वाचन कार्यालय सप्तरीका प्रमुख रमेशकुमार जोशीका अनुसार जिल्लाभरमा ५ हजार ५ सय ३७ जना उम्मेदवार बनेका थिए । निर्वाचन आयोगले तोकेको समय सीमा अवधीमा जिल्लाका ४ सय ८२ जनाले मात्र निर्वाचन खर्च विवरण बुझाएको उनको भनाई छ ।
निर्वाचन खर्च विवरण बुझाएका मध्येबाट निर्वाचित पदाधिकारी, पराजित उम्मेदवार, वडा अध्यक्ष, वडा सदस्यहरु पनि छन् ।
यसैबीच बुधबार जिल्लाको मतदान स्थलहरुको स्थलगत निरिक्षण गरिएको छ । आउँदो प्रदेश र संघीय निर्वाचनलाई मध्यनजर गर्दै ती मतदान स्थलहरु सार्ने, दुई स्थाललाई एउटामा गाभ्ने, थप्ने र सार्नु पर्ने राजनीतिक दलहरुबाट आएको जिज्ञासा अनुसार मतदान स्थलहरुको निरिक्षण गरिएको निर्वाचन प्रमुख जोशीले बताए ।
सो स्थलगत निरिक्षण टोलीमा सुरक्षा निकायका अधिकृत, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, निर्वाचित प्रतिनिधिहरुको प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।
पाँच हजार ५५ जनाले निर्वाचन खर्च विवरण बुझाएनन्
सारांश
- जिल्ला निर्वाचन कार्यालय सप्तरीका प्रमुख रमेशकुमार जोशीका अनुसार जिल्लाभरमा ५ हजार ५ सय ३७ जना उम्मेदवार बनेका थिए ।
- निर्वाचन आयोगले तोकेको समय सीमा अवधीमा जिल्लाका ४ सय ८२ जनाले मात्र निर्वाचन खर्च विवरण बुझाएको उनको भनाई छ ।
- निर्वाचन खर्च विवरण बुझाएका मध्येबाट निर्वाचित पदाधिकारी, पराजित उम्मेदवार, वडा अध्यक्ष, वडा सदस्यहरु पनि छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?
जेनजी आन्दोलनको एक वर्ष पुरा, सप्तरीमा भौतिक संरचनाको पुननिर्माणको काम अघि बढ्न सकेन
प्रतिक्रिया
० प्रतिक्रिया