दैनिक समाचारदाता
राजविराज, २६ साउन ।
सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं. ३ तरहीस्थित दलित बस्तीमा मंगलबार राी आगलागी भएको छ ।
स्थानीय कुलदेव रायको गोठबाट राति ११ः३० बजे सुरु भएको आगलागीमा परी त्यहाँका ८ परिवारका घरगोठ जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
आगलागीले झण्डै १४ लाख मूल्य बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
आगलागीमा बौसदेव सदा, सुन्दर सदा, राम सुन्दर सदा, बिहारी सदा, कैलु सदा, गौतम सदा र भिखारी सदाको घर जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय पातोले जनाएको छ ।
प्रहरीका अनुसार स्थानीय कुलदेव रायको गोठमा आगलागी हुँदा उनको १ गोरु र ५ बटा बाख्रा निसासिएर मरेको छन् भने एउटा गोरु आगलागीमा परि घाइते भएका छन् ।
आगलागीमा परी घरमा रहेको खाद्यान, लताकपडा, भाडा वर्तन, सुन, चाँन्दी, नगद लगातयको सामग्रीहरु जलेर नष्ट भएको तथा नेपाल प्रहरी र स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
आगलागिमा झण्डै १४ लाख बराबरको धनमाल क्षति
सारांश
- स्थानीय कुलदेव रायको गोठबाट राति ११ः३० बजे सुरु भएको आगलागीमा परी त्यहाँका ८ परिवारका घरगोठ जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
- आगलागीले झण्डै १४ लाख मूल्य बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
- आगलागीमा बौसदेव सदा, सुन्दर सदा, राम सुन्दर सदा, बिहारी सदा, कैलु सदा, गौतम सदा र भिखारी सदाको घर जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय पातोले जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया