आगलागीले एकै व्यक्तिको चार घर नष्ट

राजविराज राजविराज
|
शनिबार, आश्विन १३, २०८०
|
|
७६ पटक हेरिएको
Shares
आगलागीले एकै व्यक्तिको चार घर नष्ट

सारांश

  •     विहीवार मध्यराती भएको आगलागीले हनुमाननगर कंकालिनी नगरपालिका वडा नं ५ जोगिनिया निवासी रोहीत रामको चारवटा घर जलेर खरानी भएको हो ।
  •       मध्यराती १ बजेतीर गाई गुहालीबाट सल्केको आगो फैलिएर रामको चार वटा घर खरानी भई झण्डै ७ लाख बराबरको क्षती भएको प्रहरीको प्रारम्भीक अनुमान छ ।
  •       फुसको संरचना भएको घरमा विद्युतिय गतीमा आगो पैmलिएपछि तत्काल नियन्त्रणको उपाय गर्न नसक्दा भाडाकुडा, खाद्यन्न, फनिचर, लताकपडा तथा २ वटा साइकल समेत जलेर खरानी भएको अग्नीपीडित रामले बताए ।

दैनिक समाचारदाता
राजविराज, १२ असोज ।

    लामखुट्टे धपाउन बालिएको घुर सल्केर आगलागी हुदाँ सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका एकै ब्यक्तीको चार घर जलेर नष्ट भएको छ ।
    विहीवार मध्यराती भएको आगलागीले हनुमाननगर कंकालिनी नगरपालिका वडा नं ५ जोगिनिया निवासी रोहीत रामको चारवटा घर जलेर खरानी भएको हो । 
    मध्यराती १ बजेतीर गाई गुहालीबाट सल्केको आगो फैलिएर रामको चार वटा घर खरानी भई झण्डै ७ लाख बराबरको क्षती भएको प्रहरीको प्रारम्भीक अनुमान छ । 
    फुसको संरचना भएको घरमा विद्युतिय गतीमा आगो पैmलिएपछि तत्काल नियन्त्रणको उपाय गर्न नसक्दा भाडाकुडा, खाद्यन्न, फनिचर, लताकपडा तथा २ वटा साइकल समेत जलेर खरानी भएको अग्नीपीडित रामले बताए । 
    हनुमाननगर कंकालिनी नगरपालिकाको बारुणयन्त्र, स्थानीयवासी तथा प्रहरीको एक घण्टाको प्रयास पश्चात आगोमाथी नियन्त्रण कायम गरिएको प्रहरीले जनाएको छ । 
    आगलागीले घर र सबै सम्पती जलेर नस्ट हुदाँ राम परिवारको विचल्ली भएको छ । सानो गल्तीले ठूलो क्षति भएको भन्दै प्रहरीले जथाभावी आगो नबाल्न तथा आवश्यक सावधानी अपनाउन सबैसँग अनुरोध गरेको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

धार्मिक सहिष्णुता तथा सामाजिक सद्भाव कायम राख्न सबै पक्षसँग अपील
धार्मिक सहिष्णुता तथा सामाजिक सद्भाव कायम राख्न सबै पक्षसँग अपील
कृषी पर्यटन र उद्योग क्षेत्रलाई प्राथमिकतामा राखेर कामकाज अगाडी बढेको छ ः मन्त्री लेखी
कृषी पर्यटन र उद्योग क्षेत्रलाई प्राथमिकतामा राखेर कामकाज अगाडी बढेको छ ः मन्त्री लेखी
उपचार खर्च जुटाउन समस्यामा परेकी निरसी खंगलाई सहयोग
उपचार खर्च जुटाउन समस्यामा परेकी निरसी खंगलाई सहयोग
युरिया मलको कालोबजारी गरेको  आरोपमा किराना पसल संचालक पक्राउ  
युरिया मलको कालोबजारी गरेको  आरोपमा किराना पसल संचालक पक्राउ  
भूपु सैनिक सम्मेलनमा चार जना सन्तानलाई सैनिक सेवामा सहभागी गराउने जितनी देवी सम्मानित
भूपु सैनिक सम्मेलनमा चार जना सन्तानलाई सैनिक सेवामा सहभागी गराउने जितनी देवी सम्मानित
बिरामी अवस्थामा फेला परेको बाछोको मृत्यु
बिरामी अवस्थामा फेला परेको बाछोको मृत्यु
मोटरबाट पानी पटाउने क्रममा करेन्ट लागेर महिलाको मृत्यु
मोटरबाट पानी पटाउने क्रममा करेन्ट लागेर महिलाको मृत्यु
पत्रकार महासंघको स्थापना दिवसमा कान शिविर सम्पन्न
पत्रकार महासंघको स्थापना दिवसमा कान शिविर सम्पन्न
इजराइलमा मारिएका नेपालीको शोकमा मैनबत्ती प्रज्वलन
इजराइलमा मारिएका नेपालीको शोकमा मैनबत्ती प्रज्वलन
चुनावको मुखमा आफूलाई बदनाम गर्न विभिन्न  खाले षडयन्त्र रचिदै छ ः उम्मेदवार चौधरी
चुनावको मुखमा आफूलाई बदनाम गर्न विभिन्न  खाले षडयन्त्र रचिदै छ ः उम्मेदवार चौधरी