कृषी पर्यटन र उद्योग क्षेत्रलाई प्राथमिकतामा राखेर कामकाज अगाडी बढेको छ ः मन्त्री लेखी

राजविराज राजविराज
|
मंगलबार, चैत्र २७, २०८०
|
|
३४ पटक हेरिएको
Shares
कृषी पर्यटन र उद्योग क्षेत्रलाई प्राथमिकतामा राखेर कामकाज अगाडी बढेको छ ः मन्त्री लेखी

सारांश

  •     मधेश प्रदेशको समृद्धि, विकास तथा उद्योग बाणिज्य क्षेत्रमा देखिएका समस्या समाधानका लागी मंगलबार मन्त्रालयमै उद्योगी व्यापारीहरुसँग भएको छलफलको क्रममा उनले यस्तो बताएका हुन् ।
  •       उनले मधेश प्रदेश सरकारले हरेक क्षेत्रलाई प्राथमिकता राखेर सुझाव सल्लाह लिने गरेको र सोही अनुसार अगामी दिनमा कार्ययोजना तयार गरी अघि बढने जानकारी दिए ।
  •       उनले छलफलको क्रममा उठेका विषय वस्तुहरु मध्ये तत्काल समाधान गर्न सकिने विषयलाई सरकारले तत्कालै समाधान गर्ने र तत्काल गर्न नसकिने विषयलाई दिर्घकालिन योजना बनाएर कामलाई अगाडी बढाइने प्रतिबद्धता समेत व्यक्त गरे ।

दैनिक समाचारदाता
जनकपुरधाम, २७ चैत ।

    मधेश प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्री राजकुमार लेखीले कृषी पर्यटन र उद्योग क्षेत्रलाई प्राथमिकतामा राखेर प्रदेश सरकारले कामकाजलाई अगाडी बढाएको बताएका छन् । 
    मधेश प्रदेशको समृद्धि, विकास तथा उद्योग बाणिज्य क्षेत्रमा देखिएका समस्या समाधानका लागी मंगलबार मन्त्रालयमै उद्योगी व्यापारीहरुसँग भएको छलफलको क्रममा उनले यस्तो बताएका हुन् । 
    उनले मधेश प्रदेश सरकारले हरेक क्षेत्रलाई प्राथमिकता राखेर सुझाव सल्लाह लिने गरेको र सोही अनुसार अगामी दिनमा कार्ययोजना तयार गरी अघि बढने जानकारी दिए । 
    उनले छलफलको क्रममा उठेका विषय वस्तुहरु मध्ये तत्काल समाधान गर्न सकिने विषयलाई सरकारले तत्कालै समाधान गर्ने र तत्काल गर्न नसकिने विषयलाई दिर्घकालिन योजना बनाएर कामलाई अगाडी बढाइने प्रतिबद्धता समेत व्यक्त गरे । 
    उनले प्रदेश सरकारले काम गर्दै जाँदा उत्पन्न हुन सक्ने समस्याहरुको समाधानका लागि उद्योगी व्यवसायीहरुको भूमिका महत्वपुर्ण भएको भन्दै साथ सहयोगका लागि आग्रह पनि गरे । उनले केही कानून निमार्ण भइसकेको र केही निर्माणको क्रममा रहेकोले कानून निमार्णको कामले पूर्णता पाउन वित्तिकै प्रदेशको कामकाजले गति लिने जिकिर गरे । 
    छलफलका क्रममा जनकपुरधाम उद्योग बाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले मधेश प्रदेशको समृद्धिको अधार कृषि, पर्यटन र उद्योग क्षेत्र भनिएपनि विगतमा प्रदेश सरकारले सो अनुरुप काम गर्न नसकेको धारणा राखेका थिए । उनले मधेश प्रदेशमा ६१ प्रतिशत उब्जाउ जमिन रहे पनि परम्परागत खेतीको कारण उत्पादन बढ्न नसकेको भन्दै उत्पादन बढाउनका लागि अत्याधुनिक प्रविधिको प्रयोग गरी बैज्ञानिक प्रणालीमा अधारित भएर कामकाजलाई अगाडी बढाउनका लागि प्रदेश सरकारकारलाई आग्रह गरे । 
    संघका बरिष्ठ उपाध्यक्ष मनिष रमन साहले मधेश प्रदेशमा लगानी गर्न चाहने लगानीकर्ताका लागि सुरक्षा सहितको बातावरण तयार हुनु पर्नेमा जोड दिए । उनले लगानीकर्तालाई उद्योग संचालनका लागि कर छुट, विजुलीको व्यवस्थापन हुनु पर्ने माग गरे । 
    उद्योग बाणिज्य संघ नेपालका पूर्व केन्द्रिय सदस्य निर्मल चौधरीले सप्तरीदेखी पर्सासम्म रहेको धार्मिक कोरीडोरलाई प्रदेश सरकारले पर्यटकीय क्षेत्रको रुपमा विकास गरी सञ्चार क्षेत्रको माध्यमले विश्वलाई चिनाउनु पर्ने धारणा राखेका थिए । उनले जानकी मन्दिरलाई छिटट्ै ट्रष्टमा लैजानका लागि प्रदेश सरकारले पहल गर्नु पर्ने भन्दै जनकपुरधाम आउने पर्यटकको लागि प्याकेजको व्यवस्थापन हुनु पर्ने माग गरे । छलफलमा मधेश प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता विरेन्द्र कुमार ठाकुर सहितका व्यक्तिहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदेश २ सरकार विघटन नहुने, राजपा र समाजवादी पार्टी एकीकरणतिर अग्रसर
प्रदेश २ सरकार विघटन नहुने, राजपा र समाजवादी पार्टी एकीकरणतिर अग्रसर
वडा अध्यक्षहरुले नगरपालिकाको सबै वडा कार्यालयमा गरे तालाबन्दी
वडा अध्यक्षहरुले नगरपालिकाको सबै वडा कार्यालयमा गरे तालाबन्दी
डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट 
डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट 
सप्तरीमा संचालित सडक निर्माण  योजनालाई गति प्रदान गर्ने निर्णय
सप्तरीमा संचालित सडक निर्माण  योजनालाई गति प्रदान गर्ने निर्णय
आज अस्ताउँदो सूर्यलाई अर्घ दिइदै
आज अस्ताउँदो सूर्यलाई अर्घ दिइदै
दुई कर्मचारीले दुई जिल्ला धान्दै
दुई कर्मचारीले दुई जिल्ला धान्दै
आइसोलेशन सेन्टरमा संक्रमितका लागि स्वच्छता सम्बन्धी सामाग्रि प्रदान
आइसोलेशन सेन्टरमा संक्रमितका लागि स्वच्छता सम्बन्धी सामाग्रि प्रदान
कुटपिट अंगभंग मुद्दामा फरार प्रतिवादी १५ वर्षपछि पक्राउ 
कुटपिट अंगभंग मुद्दामा फरार प्रतिवादी १५ वर्षपछि पक्राउ 
नेकपा प्रचण्ड–नेपाल समुहले  प्रधानमन्त्रीलाई बुझायो विरोध–पत्र
नेकपा प्रचण्ड–नेपाल समुहले  प्रधानमन्त्रीलाई बुझायो विरोध–पत्र
आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति