दैनिक समाचारदाता
राजविराज, २० भदौं ।
राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारका लागि पुगेको एक युवकको केही मिनेटमै मृत्यु भएपछि बिहीबार अस्पताल तनावग्रस्त भएको थियो ।
चिकित्सकको लापरवाहीले मृत्यु भएको भन्दै आफन्तले प्रदर्शनसहित अस्पताल बिरुद्ध चर्को नाराबाजी गरेपछि अस्पतालमा तनावग्रस्त बन्न पुगेको हो ।
घटना विवरण अनुसार सप्तरीको विष्णुपुर गाउँपालिका ४ कनकट्टाका २० वर्षिय मो. मनिर मियाँ दिउँसो ३ बजेतिर आमा हसिनासँगै उपचारका लागि अस्पतालको आकस्मिक कक्षमा पुगेका थिए । छातीमा निकै असहज भएपछि मो. मनिरलाई तत्कालै चिकित्सकले बेडमा राखी सुई लगाएर अन्य उपचार बिधिको तयारी गर्दै थियो । तर, थपउपचार बिधिको प्रयोग नहुँदै उनको मृत्यु भयो । उनी केही दिनदेखी ज्वरो, रुघाखोकी र श्वासप्रश्वास समस्याले बिरामी थिए । उनले अन्यत्र पनि उपचार गराइरहेका थिए ।
उपचारकै क्रममा मृत्यु भएपछि मृतकका परिवारले उपचारमा संलग्न चिकित्सकको लापरवाहीका कारण आफ्नो मान्छेको मृत्यु भएको दाबी गर्दै हो–हल्ला र बिरोध प्रदर्शन सुरु गरे । यता जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी ढुण्डिराज नेउपानेले प्रदर्शन उग्र बन्दै गएपछि सुरक्षाका लागि ठूलो संख्यामा प्रहरी परिचालन गरि स्थिति साम्य पारेको बताए ।
यस्तै असुरक्षा महसुस गर्दै आकस्मिक कक्षका स्वास्थ्यकर्मीहरु समेत त्यहाबाट बाहिरिएका थिए । सुरक्षाकर्मीले स्थिति साम्य पारेपछि उनीहरुलाई काममा फर्केका थिए ।
यता मृतकका आमा हसिनाले ६ दिनपछि छोरा मनिर बैदेशिक रोजगारीका लागि साउदी अरेबिया जाने तयारीमा रहेको बताइन् । सोका लागि मनिरले हवाई टिकट पनि काटिसकेको थियो । केही दिनयता प्राइभेट क्लिनिकमा उपचार गराउँदै आएको भएपनि छोराको अवस्थामा सुधार नआई स्वास्थ्य अवस्था झनै कमजोर बन्दै गएपछि अस्पताल पुगेको आमा हसिनाले बताइन् । तर अस्पताल पुगेको १५ मिनेटमै छोराको मृत्यु भएको उनको भनाई छ ।
यस्तै अस्पताल प्रशासनले छातीमा संक्रमण देखिएका मनिरलाई अस्पताल आए लगत्तै उपचार सुरु गरिएको र उपचारमा कुनै लापरवाही नगरिएको दाबी गरेको छ । एकातिर छातीमा अत्याधिक संक्रमण अर्कोतिर उपचारका लागि ढिलो आउँदा पनि बचाउन नसकिएको चिकित्सकहरुको भनाई छ ।
यूवकको मृत्युले अस्पताल तनावग्रस्त
सारांश
- चिकित्सकको लापरवाहीले मृत्यु भएको भन्दै आफन्तले प्रदर्शनसहित अस्पताल बिरुद्ध चर्को नाराबाजी गरेपछि अस्पतालमा तनावग्रस्त बन्न पुगेको हो ।
- घटना विवरण अनुसार सप्तरीको विष्णुपुर गाउँपालिका ४ कनकट्टाका २० वर्षिय मो.
- मनिर मियाँ दिउँसो ३ बजेतिर आमा हसिनासँगै उपचारका लागि अस्पतालको आकस्मिक कक्षमा पुगेका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
प्रतिक्रिया
० प्रतिक्रिया