दैनिक समाचारदाता
राजविराज, १५ जेठ ।
गणतन्त्र दिवस, संविधान दिवस र प्रजातन्त्र दिवसको अवसर पारेर राम्रो आचरण भएका कैदीहरुलाई आम माफी दिई रिहा गर्ने परम्परा यस पटक तोडिएको छ ।
कानुनी छिद्रबाट गम्भीर अपराधमा संलग्न कैदीलाई समेत यस्ता दिवसको अवसर पारेर राज्यद्वारा आममाफी दिने काम हुन थालेको भन्दै विभिन्न राजनीतिक दल, अधिकारकर्मी तथा समाजिक अभियन्ताहरुद्वारा आलोचना हुन थालेपछि बाँकी कैद मिनाह गरी आममाफी दिने परम्परा यसपल्ट तोडिएको हो ।
मंगलवार गणतन्त्र दिवसको अवसरमा रिहा हुने आसमा राजविराज कारागारमा जेल सजाय भुक्तान गरिरहेका कतिपय कैदीका आफन्तहरु पुगेका थिए । कारागारमा रहेका एक कैदीको रिहाईको प्रतिक्षामा बाहिर बसेका आफन्तले जेलरले यस पल्ट आम माफी दिइ रिहा गर्ने त्यस्तो कुनै पत्र विभागबाट नआएको जानकारी गराएपछि निराश भएको बताए । जेलर सदानन्द दासले विगतमा राम्रो आचरण भएका र ५० प्रतिशत भन्दा बढी कैद भुक्तान गरी सकेका कैदीको कारागार विभागले लगत माग गर्ने गरेकोमा यस पल्ट त्यस्तो कुनै लगत माग नगरिएको बताए ।
गणतन्त्र दिवसमा भएनन् कोही कैदी मुक्त
सारांश
- कानुनी छिद्रबाट गम्भीर अपराधमा संलग्न कैदीलाई समेत यस्ता दिवसको अवसर पारेर राज्यद्वारा आममाफी दिने काम हुन थालेको भन्दै विभिन्न राजनीतिक दल, अधिकारकर्मी तथा समाजिक अभियन्ताहरुद्वारा आलोचना हुन थालेपछि बाँकी कैद मिनाह गरी आममाफी दिने परम्परा यसपल्ट तोडिएको हो ।
- मंगलवार गणतन्त्र दिवसको अवसरमा रिहा हुने आसमा राजविराज कारागारमा जेल सजाय भुक्तान गरिरहेका कतिपय कैदीका आफन्तहरु पुगेका थिए ।
- कारागारमा रहेका एक कैदीको रिहाईको प्रतिक्षामा बाहिर बसेका आफन्तले जेलरले यस पल्ट आम माफी दिइ रिहा गर्ने त्यस्तो कुनै पत्र विभागबाट नआएको जानकारी गराएपछि निराश भएको बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया