संसद विघटन बिरुद्ध काँग्रेसको  सबै क्षेत्रमा प्रदर्शन

राजविराज राजविराज
|
सोमबार, पौष १३, २०७७
|
|
२१ पटक हेरिएको
Shares
संसद विघटन बिरुद्ध काँग्रेसको  सबै क्षेत्रमा प्रदर्शन

सारांश

  • संसद विघटनको निर्णय असंबैधानिक र अलोकतान्त्रिक भएको भन्दै सो कदम फिर्ता लिन प्रदर्शनका क्रममा माग गरिएको छ ।
  •       सदरमुकाम राजविराजमा राजरंगशालाबाट निस्केको जुलुस सर्वसत्तावादी ओली सरकार मुर्दावाद, संसद विघटनको असंबैधानिक कदम खारेज गर, जनता कोरोनाको मारमा नेकपा सरकार सत्ताको जितहारमा लगायतका नाराबाजी गर्दै नगर परिक्रमा गरेको थियो ।
  •       नगरपरिक्रमा पश्चात् आयोजित बिरोधसभालाई क्षेत्रिय सभापति महानन्द यादव, काँग्रेस सप्तरीका सचिव रामकुमार यादव, प्रदेशसभा सदस्य गिता यादव, राजविराज नगर सभापति शम्भुलाल देव लगायतले सम्बोधन गर्दै केपी ओली नेतृत्वको सरकारले एकपछि अर्को असंबैधानिक कदम चालेर लोकतन्त्र र प्रजातन्त्र नै सिध्याउन लागेको भन्दै सरकार बिरुद्ध अन्तिम लडाई लड्ने चेतावनी दिएका थिए ।

दैनिक समाचारदाता
राजविराज, १३ पुस । 
    प्रमुख प्रतिपक्षि दल नेपाली काँग्रेसले प्रतिनिधीसभा विघटन बिरुद्ध सोमबार सप्तरीका सबै निर्वाचन क्षेत्रमा बिरोध प्रदर्शन गरेको छ । 
संसद विघटनको निर्णय असंबैधानिक र अलोकतान्त्रिक भएको भन्दै सो कदम फिर्ता लिन प्रदर्शनका क्रममा माग गरिएको छ । 


    सदरमुकाम राजविराजमा राजरंगशालाबाट निस्केको जुलुस सर्वसत्तावादी ओली सरकार मुर्दावाद, संसद विघटनको असंबैधानिक कदम खारेज गर, जनता कोरोनाको मारमा नेकपा सरकार सत्ताको जितहारमा लगायतका नाराबाजी गर्दै नगर परिक्रमा गरेको थियो । 


    नगरपरिक्रमा पश्चात् आयोजित बिरोधसभालाई क्षेत्रिय सभापति महानन्द यादव, काँग्रेस सप्तरीका सचिव रामकुमार यादव, प्रदेशसभा सदस्य गिता यादव, राजविराज नगर सभापति शम्भुलाल देव लगायतले सम्बोधन गर्दै केपी ओली नेतृत्वको सरकारले एकपछि अर्को असंबैधानिक कदम चालेर लोकतन्त्र र प्रजातन्त्र नै सिध्याउन लागेको भन्दै सरकार बिरुद्ध अन्तिम लडाई लड्ने चेतावनी दिएका थिए । 


    यस्तै जिल्लाको निर्वाचन क्षेत्र नं. १ भारदहमा पूर्व गृहराज्य मन्त्री रामकुमार चौधरी, पूर्वमन्त्री हेमराज तातेड तथा क्षेत्रिय सभापति बद्री महात्मानले सम्बोधन गरेका थिए । त्यस्तै क्षेत्र नं. ३ को रुपनीमा काँग्रेस जिल्ला सभापति दिनेश यादव, क्षेत्रिय सभापति रामप्रसाद मण्डल, प्रदेशसभा सदस्य समिमले सम्बोधन गरेका थिए भने क्षेत्र नं. ४ स्थित सुरुङ्गा नगरपालिकाको धातीमा विघठित प्रतिनिधिसभा सदस्य तेजुलाल चौधरी, राष्ट्रियसभा सदस्य जितेन्द्र नारायण देव, क्षेत्रिय सभापति किरण भगतलगायतले सम्बोधन गरेका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?