दुई बर्षमा सबै भुमिहिनलाई जग्गा उपलब्ध हुने ः मन्त्री श्रेष्ठ

राजविराज राजविराज
|
मंगलबार, भाद्र २८, २०७९
|
|
४३ पटक हेरिएको
Shares
दुई बर्षमा सबै भुमिहिनलाई जग्गा उपलब्ध हुने ः मन्त्री श्रेष्ठ

सारांश

  •     सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका ४ मा मंगलबार भूमिहीनलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गर्न आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले सो कुरा बताएकी हुन् ।
  •       उनले भुमी आयोग गठन भएपछि ४९ हजार जग्गाबिहीनलाई जग्गा उपलब्ध गराइसेको भन्दै अबको दुई बर्षमा सबै भुमिहिनलाई जग्गा उपलब्ध हुने दाबी समेत गरिन् ।
  •       यस बर्षमा ३ सय पालिकामा काम भइरहेको र अर्को बर्ष सबै भुमिहिनलाई जग्गा उपलब्ध हुने बताउँदै उनले विगतमा लालपुर्जासँग भोटको राजनीति गर्न चाहेकोले भुमिहिनले जग्गा पाउन नसकेको दुखेसो पोखिन् ।

दैनिक समाचारदाता
राजविराज, २८ भदौ । 

    भुमिसुधार, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले ४९ हजार जग्गाबिहीनलाई जग्गाको मालिक बनाइसकिएको जानकारी दिएकी छिन् । 
    सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका ४ मा मंगलबार भूमिहीनलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गर्न आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले सो कुरा बताएकी हुन् । 
    उनले भुमी आयोग गठन भएपछि ४९ हजार जग्गाबिहीनलाई जग्गा उपलब्ध गराइसेको भन्दै अबको दुई बर्षमा सबै भुमिहिनलाई जग्गा उपलब्ध हुने दाबी समेत गरिन् । 
    यस बर्षमा ३ सय पालिकामा काम भइरहेको र अर्को बर्ष सबै भुमिहिनलाई जग्गा उपलब्ध हुने बताउँदै उनले विगतमा लालपुर्जासँग भोटको राजनीति गर्न चाहेकोले भुमिहिनले जग्गा पाउन नसकेको दुखेसो पोखिन् । मन्त्री श्रेष्ठले अब पनि लालपुर्जासँग अब पनि कसैले भोटको राजनीति गर्न खोजे प्रतिवाद गर्न आग्रह गरिन । 
    निर्वाचनको आचारसंहिताको बहानामा पनि लालपुर्जा वितरण नरोकिने भन्दै उनले यो नियमित प्रक्रिया भएको र जिल्ला भुमि आयोगले जहिले पनि दिन सक्ने उल्लेख गरिन् ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?