दैनिक समाचारदाता
राजविराज, १६ माघ ।
कर्मचारी सहिद प्रभु नारायण यादवको गृह गाउँमा आइतबार एक कार्यक्रमबीच सालिक स्थापना गरिएको छ ।
सप्तरीको तिलाठी कोइलाडी गाउपालिका ८ स्थित तोपा बजारमा उनको स्मृती एवं सम्मानमा सालिक स्थापना गरिएको हो ।
उनको सालिकको अनावरण तथा पुष्पगुच्छा अर्पण गर्दै प्रमुख अतिथी प्रतिनीधीसभा सदस्य दिनेश कुमार यादवले स्व. यादव कतब्र्य कर्मचारी मात्र नभई प्रजातन्त्र प्राप्ति र सामाजिक रुपान्तरणमा समेत योगदान गरेको ब्यक्त्वि भएको बताए ।
प्रास्तावित शहिद प्रभु नारायण स्मृती प्रतिष्ठानका अध्यक्ष अवधेश कुमार झाको अध्यक्षतामा आयोजित सालिक अनावरण समारोहमा प्रदेश सभासदस्य सतिष कुमार सिंह, सकिल मिया, निलम देवी रजक, जिल्ला समन्वय समितीका प्रमुख शिव नारायण साह, निजामती कर्मचारीहरुको आधिकारीक टे«ड युनियनका अध्यक्ष अजय कुमार झा, तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष अरुण कुमार मण्डल, पत्रकार महासंघ शाखा सप्तरीका अध्यक्ष श्रवण कुमार देव, नेपाली काँग्रेस सप्तरीका सचिव सनत कुमार मण्डल लगायतले सहिदको सम्मान र उनका परिवारजनलाई राज्य पक्षबाट उचित सहयोग प्राप्त गर्नु पर्नेमा जोड दिएका थिए ।
वि.स.२०१७ सालमा तिलाठी कोइलाडी गाउँपालिका ८ बभनगामाकट्टीमा जन्मेका यादवलाई २०६४ साल कार्तिक १२ गते साँझ कार्यालयको काम सकेर मोटरसाईकल चढी घर फर्किर्द गर्दा राजविराज–हनुमाननगर सडक खण्ड अन्र्तगतको खाँडो पुल नजिकै अपराधिक समुहले गोली हानी हत्या गरेका थिए ।
उनी तत्कालिन जिल्ला विकास समिती सप्तरीको नायब सुब्बा पदमा कार्यरत थिए । स्थानीयतह कर्मचारी संघ सप्तरीको पहिलो जिल्ला अध्यक्ष समेत रहेका उनको हत्या पश्चात् कर्मचारीहरुको आन्दोलन तथा उक्त आन्दोलनमा पेशागत संगठन, राजनितीक दल र नागरिक समाजको समेत सहभागिता बढ्दै गएपछी २०६४ साल कार्तिक १७ गते बसेको मन्त्री परिषदको बैठकले स्व.यादवलाई कर्मचारी शहिद घोषणा गरेको थियो ।
यस अघि सोमबार बिहान जिल्ला समन्वय समिती सप्तरीको कार्यालय परिसरमा स्थापना गरिएको उनको सालिकमा जिल्ला समन्वय समितीका प्रमुख शिव नारायण साह, पुर्व प्रमुख प्रभाकर यादव तथा कर्मचारीहरुले सोमवार नै माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गरेका थिए ।
कर्मचारी सहिद प्रभु नारायणको सालिक स्थापना
सारांश
- सप्तरीको तिलाठी कोइलाडी गाउपालिका ८ स्थित तोपा बजारमा उनको स्मृती एवं सम्मानमा सालिक स्थापना गरिएको हो ।
- उनको सालिकको अनावरण तथा पुष्पगुच्छा अर्पण गर्दै प्रमुख अतिथी प्रतिनीधीसभा सदस्य दिनेश कुमार यादवले स्व.
- यादव कतब्र्य कर्मचारी मात्र नभई प्रजातन्त्र प्राप्ति र सामाजिक रुपान्तरणमा समेत योगदान गरेको ब्यक्त्वि भएको बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया