प्रधानमन्त्री कप प्रदेश छनौटमा सप्तरी बिजयी 

राजविराज राजविराज
|
सोमबार, फाल्गुन १९, २०८१
|
|
६४ पटक हेरिएको
Shares
प्रधानमन्त्री कप प्रदेश छनौटमा सप्तरी बिजयी 

सारांश

  •     बाराको कलैयामा सोमवार सम्पन्न खेलमा टस जितेर सिरहाले सप्तरीलाई ब्याटिंङ गर्न दिएपछि सप्तरी ४७ ओभरमा सबै बिकेट गुमाई १ सय ८२ रनको योगफल खडा गरेको थियो ।
  •     जसमा सप्तरीका रोहन बिकले उत्कृष्ट ब्याटिंग गर्दै ७३ रन, बिकास दासले ४३ रन बनाउदै अविजित रहे भने नितेश यादब (ए) ले १९ रन जोेडेका थिए ।
  • बलिङतर्फ सिरहाका रूपेश सिँहले ५ बिकेट, अफरूद्विन रैन ३ बिकेट लिएका थिए ।

दैनिक समाचारदाता
राजबिराज, १९ फागुन ।  

    प्रधानमन्त्री कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत मधेश प्रदेश छनोेट प्रतियोगितामा सप्तरीले सिरहालाई ४९ रनले पराजित गरेको छ ।
    बाराको कलैयामा सोमवार सम्पन्न खेलमा टस जितेर सिरहाले सप्तरीलाई ब्याटिंङ गर्न दिएपछि सप्तरी ४७ ओभरमा सबै बिकेट गुमाई १ सय ८२ रनको योगफल खडा गरेको थियो ।
    जसमा सप्तरीका रोहन बिकले उत्कृष्ट ब्याटिंग गर्दै ७३ रन, बिकास दासले ४३ रन बनाउदै अविजित रहे भने नितेश यादब (ए) ले १९ रन जोेडेका थिए । बलिङतर्फ सिरहाका रूपेश सिँहले ५ बिकेट, अफरूद्विन रैन ३ बिकेट लिएका थिए ।
    जवाफमा सिरहाले ३९ ओभरमा सबै बिकेट गुमाई १ सय ३९ रन मात्र बनाउन सकेका थिए । जसमा शैलेन्द्र साहले ३४ रन, नउमिर अहमद १९ रन, तथा अनवर अलीले १२ रन बनाएका थिए । बलिङतर्फ सप्तरीका पप्पु यादब ३ तथा अभिषेक कार्की र कर्ण बिक २÷२, नितेश यादब (ए) र नितेश यादब (बि) समान १÷१ बिकेट लिएका थिए ।
    उक्त खेलमा सप्तरीका प्लेयर अफ दि म्याच रोहन बिक घोषित भएको सप्तरी टिमका म्यानेजर राहुल सिँहले जानकारी दिए ।
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?