पत्रकारिता क्षेत्रमा देखिएका बिकृतीलाई रोक्नु पर्नेमा जोड

राजविराज राजविराज
|
सोमबार, आश्विन २५, २०७८
|
|
४३ पटक हेरिएको
Shares
पत्रकारिता क्षेत्रमा देखिएका बिकृतीलाई रोक्नु पर्नेमा जोड

सारांश

  •     नेपाल पत्रकार महासंघ शाखा सप्तरीद्वारा आयोजित शुभकामना आदानप्रदान एवं वर्तमान कार्यसमिति सँगको अपेक्षा बिषयक अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले सो कुरामा जोड दिएका हुन् ।
  •     कार्यक्रमका वक्ताहरुले पत्रकारिता क्षेत्रको बिकासका लागि समन्वय र  सहकार्य गर्दै कार्यसमिति अगाडी बढनुपर्ने सुझाव दिएका छन ।
  • सुचनाको पहुँच बढाउनुसँगै पत्रकारिता क्षेत्रको बिकास गर्न एकजुट हुनुपर्ने तथा पत्रकारिता क्षेत्रलाई थप मर्यादित बनाउनु पर्ने वक्ताहरुको सुझाव थियो ।

दैनिक समाचारदाता
राजविराज, २५ असोज ।
    पत्रकारिता क्षेत्रमा भएका बिकृति, बिसंगति तथा पत्रकारिता क्षेत्रलाई सुद्विढीकरण गर्न सबै ईमान्दार भएर अगाडी बढनुपर्नेमा सोमबार आयोजित एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन ।
    नेपाल पत्रकार महासंघ शाखा सप्तरीद्वारा आयोजित शुभकामना आदानप्रदान एवं वर्तमान कार्यसमिति सँगको अपेक्षा बिषयक अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले सो कुरामा जोड दिएका हुन् ।
    कार्यक्रमका वक्ताहरुले पत्रकारिता क्षेत्रको बिकासका लागि समन्वय र  सहकार्य गर्दै कार्यसमिति अगाडी बढनुपर्ने सुझाव दिएका छन । सुचनाको पहुँच बढाउनुसँगै पत्रकारिता क्षेत्रको बिकास गर्न एकजुट हुनुपर्ने तथा पत्रकारिता क्षेत्रलाई थप मर्यादित बनाउनु पर्ने वक्ताहरुको सुझाव थियो । 
    पत्रकारिताको नाममा गाडीमा प्रेस लेखाएर प्रेसको दुरुपयोग रोक्न कार्यसमितिलाई वक्ताहरुले ध्यानाकर्षण गराएका छन् ।
    पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवणकुमार देवको अध्यक्षतमा आयोजित कार्यक्रममा महासंघका केन्द्रिय सदस्य ललिता साह, पूर्व केन्द्रिय सदस्य अवधेश झा, जिल्ला बार सप्तरीका अध्यक्ष डोमन साह, पत्रकार महासंघ शाखा पुर्व अध्यक्ष बिष्णु मण्डल, बैजनाथ झा, धिरेन्द्र प्रसाद साह, संचारकर्मी मनोहर पोखरेल, अरूण तिवारी, हेमशंकर साह, बृतमान तामाङ, बिन्दु यादव लगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।
    सोही कार्यक्रममा महासंघका अध्यक्ष देवले निर्वाचन समितिका संयोजक बैजनाथ झा तथा सदस्यहरु जिल्ला बारका अध्यक्ष डोमन साह, ध्रुब मण्डल, बस्नेत, राजेश झालाई  कदर पत्र प्रदान गर्दै सम्मान गरेका थिए ।
    यस्तै निर्वतमान कार्यसमितिका अध्यक्ष जितेन्द्र खडगा लगायत सम्पूर्ण पदाधिकारीहरु समेत कदरपत्र प्रदान गरि सम्मान गरिएको थियो । 
    महासंघका सचिव रामनारायण विश्वासद्वारा संचालित कार्यक्रममा उपाध्यक्ष बैधनाथ यादवले स्वागत मन्तब्य दिएका थिए भने कोषाध्यक्ष नवीनकुमार गुप्ताले कार्यसमितिको ६ महिना अवधीको प्रगति विबरण सार्वजनिक गरेका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तरीमा थप एक संक्रमितको मृत्यु, मृत्यु हुनेको संख्या १३ पुग्यो
सप्तरीमा थप एक संक्रमितको मृत्यु, मृत्यु हुनेको संख्या १३ पुग्यो
ब्रह्माकुमारी राजयोग सेवा उपकेन्द्रको भवन बनाउन झकरैत दम्पतीद्वारा जग्गादान
ब्रह्माकुमारी राजयोग सेवा उपकेन्द्रको भवन बनाउन झकरैत दम्पतीद्वारा जग्गादान
लागू औषधसहित दुई पक्राउ 
लागू औषधसहित दुई पक्राउ 
शितलहर, आगलागी तथा सवारी दुर्घटनाप्रति सचेत  गराउन प्रहरीले चलायो सप्ताव्यापी अभियान
शितलहर, आगलागी तथा सवारी दुर्घटनाप्रति सचेत  गराउन प्रहरीले चलायो सप्ताव्यापी अभियान
मधेस प्रदेशबाट ढुङ्गाना र चौधरी निर्वाचित  
मधेस प्रदेशबाट ढुङ्गाना र चौधरी निर्वाचित  
महिलामाथी दुव्र्यवहार गर्ने सशस्त्र प्रहरीहरूलाई कडा कार्बाही गर्न प्रदेश कानुन मन्त्री यादवको निर्देशन
महिलामाथी दुव्र्यवहार गर्ने सशस्त्र प्रहरीहरूलाई कडा कार्बाही गर्न प्रदेश कानुन मन्त्री यादवको निर्देशन
आइरन ट्यवलेट बितरण सम्बन्धी जानकारी 
आइरन ट्यवलेट बितरण सम्बन्धी जानकारी 
कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
मिडिया काउन्सीलद्वारा सुझाव संकलन
मिडिया काउन्सीलद्वारा सुझाव संकलन
विभिन्न कार्यक्रम गरि राष्ट्रिय पोषण सप्ताहा सम्पन्न
विभिन्न कार्यक्रम गरि राष्ट्रिय पोषण सप्ताहा सम्पन्न