दैनिक समाचारदाता
राजविराज, २१ साउन ।
सप्तरीमा कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएका तीन जनाको मंगलबार राती मृत्यु भएको छ । तीन जनाको मृत्यु भएपछि अहिले जिल्लामा खैलाबैला मच्चिएको छ ।
दुई जनाको उपचारका क्रममा तथा एक जनाको उपचारका लागि लैजादै गर्दा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
मृत्यु हुनेहरुमा सप्तरीको रुपनी गाउँपालिका ५ का ४५ वर्षिय बिन्देश्वर साह, डाक्नेश्वरी नगरपालिका ९ का ७१ वर्षिय मंगलु खंग र राजगढ गाउँपालिका ६ का ८२ वर्षिय बच्चालाल सुतिहार रहेका छन् ।
राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचारका लागि भर्ना भएका दुई तथा उपचारका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लैजादै गर्दा एक जना गरि तीन जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले जानकारी दिए ।
मृतक मध्येका रुपनी गाउँपालिकाका साहलाई अत्याधिक ज्वरो र स्वाशप्रश्वासमा समस्या देखिएपछि आफन्तले उपचारका लागि धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेका थिए । तर, अस्पताल परिसरमा प्रवेश लगत्तै उनको मृत्यु भएको र बुधबार बिहान घरमा ल्याई आफन्तले अन्तिम संस्कारका लागि लैजादै गर्दा प्रहरीलाई खबर गरिएको रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादवले बताए ।
यस्तै छिन्नमस्ता अस्पतालमा भर्ना भएका दुई जनालाई पनि ज्वरो, स्वाशप्रश्वासको समस्या र उच्च रक्तचापको समस्या देखिएको तथा उपचारकै क्रममा मंगलबार राती १ बजेतिर मृत्यु भएको सो अस्पतालले जनाएको छ ।
यता कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएका तीनै जनाको पिसिआर परिक्षण नगरेको पाइएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख यादवले बताए ।
मृतक तीनै जनाको स्वाब संकलन गरि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालको पिसिआर प्रयोगशालामा परिक्षणको काम सुरु गरिएको अस्पतालका प्रमुख डा. रन्जित झाले जानकारी दिए । उनले तीनै जनाको स्वाब परिक्षणलाई पहिलो प्राथमिकतामा राखिएको बताए ।
मृतकहरुको सम्पर्कमा रहेका व्यक्ति, उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मी सबै स्वाब परिक्षणको नतिजा कस्तो आउने हो भनी प्रतिक्षारत रहेका छन् ।
कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका सप्तरीका तीन जनाको एकै दिन मृत्यु, मृतक तीनैको स्वाब संकलन गरि परिक्षण गरिँदै
सारांश
- दुई जनाको उपचारका क्रममा तथा एक जनाको उपचारका लागि लैजादै गर्दा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
- मृत्यु हुनेहरुमा सप्तरीको रुपनी गाउँपालिका ५ का ४५ वर्षिय बिन्देश्वर साह, डाक्नेश्वरी नगरपालिका ९ का ७१ वर्षिय मंगलु खंग र राजगढ गाउँपालिका ६ का ८२ वर्षिय बच्चालाल सुतिहार रहेका छन् ।
- राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचारका लागि भर्ना भएका दुई तथा उपचारका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लैजादै गर्दा एक जना गरि तीन जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले जानकारी दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
चुनावी मिति तय भएसँगै उद्योगी व्यवसायीमा चुनावी सरगर्मी बढ्यो
शिक्षा र स्वास्थ्य क्षेत्रका लागि ट्रष्ट बनाउन जग्गादानसंगै निजी खर्चमै निर्माण
मोटरसाइकल दुर्घट्नामा दुईको मृत्यु
ब्राउन सुगरसहित यूवक पक्राउ
‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो
सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो
घटनाको सत्यतथ्य छानविनका लागि उच्चस्तरीय न्यायिक छानवीन समिति गठन हुनुपर्छ ः डा. यादव
प्रतिक्रिया
० प्रतिक्रिया