समानुपातिक रुपमा बराबर पर्ने गरी सडकको विस्तार एवं निर्माण गर्नु÷गराउनु ः अदालत

राजविराज राजविराज
|
मंगलबार, आषाढ ४, २०८१
|
|
३० पटक हेरिएको
Shares
समानुपातिक रुपमा बराबर पर्ने गरी सडकको विस्तार एवं निर्माण गर्नु÷गराउनु ः अदालत

सारांश

  •     मंगलबार पीडित जग्गाधनीहरुले पत्रकार सम्मेलनको आयोजना गरि हुलाकी सडक विस्तारका नाममा राजविराज नगरपालिकाले सडक मापदण्डमा नपरेका तथा नक्शा पास भईसकेका नम्बरी जग्गामा बनेको घर संरचना समेत २०८० भदौ २ गते भत्काई दिएको भन्दै राजविराज नगरपालिका ३ का बच्चु मण्डल, गौरी शंकर साह, सतिष चन्द्र झा, इन्द्र नारायण साह र परमेश्वर प्रसाद रौनियार न्यायका लागी उच्च अदालत जनकपृुर–राजविराज इजलाशमा रिट दायर गरेका थिए ।
  •     दायर रिट उपर सुनवाइ गर्दै न्यायाधिश पुर्ण प्रसाद राजवंशी र विमल सुवेदीको संयुक्त इजलासले २०८० फागुन १३ गते परमादेश जारी गरेको हो ।
  • राजविराज नगरपालिकाको कार्यालय, कार्यवाहक नगर प्रमुख इसरत परवीन, वडा नं.

दैनिक समाचारदाता
राजविराज, ४ असार । 

    हुलाकी राजमार्ग सडक बिस्तारका क्रममा गैरकानुनी ढंगले संरचना भत्काइएको भन्दै पीडित पक्षद्वारा दायर रिटमा अदालतले समानुपातिक रुपमा बराबर पर्ने गरी सडकको विस्तार एवं निर्माण गर्नु÷गराउनु परमादेश जारि गरेको छ । 
    मंगलबार पीडित जग्गाधनीहरुले पत्रकार सम्मेलनको आयोजना गरि हुलाकी सडक विस्तारका नाममा राजविराज नगरपालिकाले सडक मापदण्डमा नपरेका तथा नक्शा पास भईसकेका नम्बरी जग्गामा बनेको घर संरचना समेत २०८० भदौ २ गते भत्काई दिएको भन्दै राजविराज नगरपालिका ३ का बच्चु मण्डल, गौरी शंकर साह, सतिष चन्द्र झा, इन्द्र नारायण साह र परमेश्वर प्रसाद रौनियार न्यायका लागी उच्च अदालत जनकपृुर–राजविराज इजलाशमा रिट दायर गरेका थिए ।
    दायर रिट उपर सुनवाइ गर्दै न्यायाधिश पुर्ण प्रसाद राजवंशी र विमल सुवेदीको संयुक्त इजलासले २०८० फागुन १३ गते परमादेश जारी गरेको हो । राजविराज नगरपालिकाको कार्यालय, कार्यवाहक नगर प्रमुख इसरत परवीन, वडा नं. ३ का वडाअध्यक्ष अनिल कुमार दास, वडा नं.८ का वडा अध्यक्ष जयनारायण मण्डल, नापी कार्यालय, नापी टोली प्रमुख तथा हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय इटहरी सुनसरी समेतलाई विपक्षी बनाईएको छ । 
    उक्त आदेशमा वडा नं.३ अन्तर्गत हुलाकी राजमार्ग कंचनपुृर रोड विस्तारका क्रममा सर्वे नापी नक्शा भएको सडकलाई आधार मानी फिल्डमा रहेको साविक सडकको केन्द्र विन्दुबाट दुबैतर्फ समानुपातिक रुपमा बराबर पर्ने गरी सडकको. विस्तार एवं निर्मांण गर्नू÷गराउनु भनी उल्लेख गरिएको छ । तर, अदालतको उक्त आदेश कार्यान्वय हुन नसकेको पीडित जग्गाधनीहरुको गुनासो छ ।
    उनीहरुले सडकको मध्य प्वाइन्टबाट दुबै तिर बराबरी तोड्नु पर्नेमा कसैलाई लाभ र कसैलाई हानी पु¥याउने नियतले एक पक्षिय रुपमा दक्षिण तर्फका मात्र घर टहरा भत्काइएको गुनासो गरेका छन् । पत्रकार सम्मेलनमा पीडित मध्येका एक वच्चु मण्डलले नगर र वडा कार्यालयले जारी गरेको ७ दिने सूचनाको म्याद समेत नपुग्दै कार्यावाहक मेयर इसरत परवीन र वडा अध्यक्ष जयनारायण मण्डलको अगुवाइमा डोजरसहित आएका टोलीले घरहरु धमाधम भत्काउन थालेको बताए । 
    उनले म्याद बाकी छदै तोडफोड सुरु गर्दा त्यस वडाका अधिकाँश व्यक्तीले आप्mनो घरबाट मालसमान समेत झिक्न नपाएको बताए । 
    अर्का पीडित मो.गणिले नम्बरी र नक्शा पास समेत भएको सो वडाका इन्द्र नारायण साह, नुरजहाँ वेगम र जगत भंसालीको पनि घर भत्काइएको बताए । एकातिर तोकेको म्याद सकिनु अगावै र अर्काे तीर नम्बरी जग्गामा बनेको घर टहरा भत्काउनु गैरकानुनी र ज्यादती हो, उनले भने । 
    सोही वडा निवासी इन्द्र नारायण साहले हाल कायम रहेको कंचनपुृर रोड कालोपत्रे सडकको मुख्य विन्दु बिचबाट दायाँ–बाया बराबर जग्गा लिई हुलाकी सडक विस्तारको काम अघि बढे कुनै आपत्ती नरहने बताए । तर एक पक्षलाई पेल्ने गरी गैर कानूनी ढंगले अघि बढाइएको निर्माण कार्य कुनै पनि हालतमा स्वीकार्य नहुने उनको भनाई छ । 
    स्थानीयवासी राजेश चौधरीले हुलाकी राजमार्गको बीच प्वाइन्ट कायम नगरी दाया बाया बराबरी जग्गा नै नलिई तथा उत्तरतर्फ रहेका आफन्तहरुको जग्गा र भवन संरचना बचाउने मनसायले दक्षिण तर्फका वासिन्दाको मात्र घर भत्काउने काम भएको बताए । उनले गैरकानुनी ढंगले भवन संरचना भत्काएर स्थानीयलाई करौडोको क्षती पु¥याएको भन्दै क्षतीपुर्तीका लागी सप्तरी जिल्ला अदालतमा क्षतिपुर्ती दिलाई भराई मुद्दा समेत दायर गरिएको बताए । 
    यता राजविराज नगरपालिकाले हुलाकी सडक बिस्तारका क्रममा कसैको पनि नम्बरी जग्गामा बनेको घर, टहरा नभत्काइएको दाबी गरेको छ ।  
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काँग्रेस सप्तरीमा सभापति बाहेक ६ वटै पदाधिकारी संस्थापन पक्षका निर्वाचित
काँग्रेस सप्तरीमा सभापति बाहेक ६ वटै पदाधिकारी संस्थापन पक्षका निर्वाचित
एचआइभी संक्रमित तथा उनका परिवारजनलाई राहत
एचआइभी संक्रमित तथा उनका परिवारजनलाई राहत
चालु आर्थिक बर्ष बित्नै लाग्दा जिससले सार्वजनिक ग¥यो नीति तथा कार्यक्रम
चालु आर्थिक बर्ष बित्नै लाग्दा जिससले सार्वजनिक ग¥यो नीति तथा कार्यक्रम
आम जनता पार्टीका उम्मेदवार दासले  जनाधिकार पार्टीलाई दिए समर्थन
आम जनता पार्टीका उम्मेदवार दासले  जनाधिकार पार्टीलाई दिए समर्थन
धार्मिक सहिष्णुता तथा सामाजिक सद्भाव कायम राख्न सबै पक्षसँग अपील
धार्मिक सहिष्णुता तथा सामाजिक सद्भाव कायम राख्न सबै पक्षसँग अपील
दुर्घटनामा घाइते भएका  पुजारीको उपचारको  क्रममा मृत्यु
दुर्घटनामा घाइते भएका  पुजारीको उपचारको  क्रममा मृत्यु
सप्तरीमा राष्ट्रिय परिचयपत्र बितरण कार्य सुरु, हालसम्म २७ हजार डाटा इन्ट्री
सप्तरीमा राष्ट्रिय परिचयपत्र बितरण कार्य सुरु, हालसम्म २७ हजार डाटा इन्ट्री
२०५० सालका विद्यार्थीहरुको मित्रमिलन सम्पन्न
२०५० सालका विद्यार्थीहरुको मित्रमिलन सम्पन्न
विप्लव नेतृत्वको नेकपाद्वारा भिमराज यादवलाई गुन्डा शैली त्याग्न सचेत 
विप्लव नेतृत्वको नेकपाद्वारा भिमराज यादवलाई गुन्डा शैली त्याग्न सचेत 
दिगो विकासका लागि शिक्षा  अपरिहार्य : आयोग सदस्य ठाकुर
दिगो विकासका लागि शिक्षा  अपरिहार्य : आयोग सदस्य ठाकुर