दैनिक समाचारदाता
राजबिराज, २८ फागुन ।
नेपाली काँग्रेस सप्तरी जिल्ला कार्य समितिमा सभापति बाहेक ६ वटै पदाधिकारी संस्थापन पक्षका निर्वाचित भएका छन् ।
सात पदाधिकारीसहित ८४ सदस्यीय कार्यसमितिका लागि भएको निर्वाचनमा शनिबारसम्म पदाधिकारीको मतगणना मात्र सकिएको छ । सभापति पदमा शेखर कोइराला पक्षका रामदेव साह यसअघि नै संस्थापन पक्षका शत्रुधन यादवलाई १ सय १६ मतले पराजित गरि निर्वाचित भइसकेका छन् ।
निर्वाचन अधिकृत डा. रुद्र शर्माका अनुसार उपसभापति पदमा संस्थापन पक्षका फत्ते मोहम्मद १ हजार ६९ र रामप्रसाद मण्डल १ हजार ५९ मत ल्याई निर्वाचित भएका छन् । उनका निकटत्तम प्रतिद्वन्दी साह प्यानलका उपसभापतिका उम्मेदवार १ हजार ५३ र ध्रुब नारायण चौधरी ९ सय ५४ मत ल्याइ पराजित भएका छन् ।
सचिव पदमा संस्थापन पक्षका प्रभु नारायण चौधरी १ हजार १ सय ८२ र सनतकुमार मण्डल १ हजार ७५ मत ल्याई निर्वाचित भएका छन् । साह प्यानलका सचिवका उम्मेदवार नन्दकिशोर यादव १ हजार २७ र दुर्गानन्द यादव ७ सय ४५ मत ल्याई पराजित भएका छन् ।
यस्तै सहसचिव पदमा संस्थापन पक्ष कै घनश्याम साह घन्सी १ हजार २ सय ६५ र मनोज खड्का १ हजार ८६ मत ल्याई निर्वाचित भएका छन् । उनको निकटत्तम प्रतिद्वन्दी साह प्यानलका मो. मुश्लिम मियाँ ७ सय ५० र रामसुन्दर यादव ८ सय ४५ मतमा चित्त बुझाउनु परेको छ ।
कार्यसमितिका सदस्यसहित बाँकी ७७ पदको मतगणना भने जारि रहेको र समपूर्ण नतिजा पाउन अझै दुई दिन कुर्नु पर्ने अवस्था रहेको पार्टी प्रवक्ता प्रभातकुमार ललनले जानकारी दिए । दुई हजार ५ सय ३५ मतदाता रहेको काँग्रेसको निर्वाचनमा २ हजार ३ सय ४२ मत खसेको थियो ।
काँग्रेस सप्तरीमा सभापति बाहेक ६ वटै पदाधिकारी संस्थापन पक्षका निर्वाचित
सारांश
- सात पदाधिकारीसहित ८४ सदस्यीय कार्यसमितिका लागि भएको निर्वाचनमा शनिबारसम्म पदाधिकारीको मतगणना मात्र सकिएको छ ।
- सभापति पदमा शेखर कोइराला पक्षका रामदेव साह यसअघि नै संस्थापन पक्षका शत्रुधन यादवलाई १ सय १६ मतले पराजित गरि निर्वाचित भइसकेका छन् ।
- निर्वाचन अधिकृत डा.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया