सहकारीको भूमिकालाई अझ उकास्न आवश्यक

राजविराज राजविराज
|
शनिबार, पौष २५, २०७७
|
|
२३ पटक हेरिएको
Shares
सहकारीको भूमिकालाई अझ उकास्न आवश्यक

सारांश

  • यस्तै सभामा संयोजक मण्डलले कोभिडका कारण अन्य संस्था जस्तै सहकारीको अवस्था पनि उकालो लाग्दो नरहेको जिकिर गर्दै अबको दिनमा सहकारीले अझ महिनेतका साथ काम गर्नु पर्ने सुझाव दिए ।
  • सामाजको आर्थिक उन्नतीका लागि सहकारी नै उत्तम विकल्प रहेकोले जनतामाझ सहकारीले आफ्नो छबीलाई सुधार्न अझ महिनेत आवश्यक रहेको उनको भनाई छ ।
  •   संस्थाका अध्यक्ष सचिन्द्र दासको अध्यक्षतामा सम्पन्न सभामा राष्ट्रिय सहकारी बैंक राजविराजका प्रबन्धक चन्द्रमणि भटराई, जिल्ला सहकारी संघका प्रबन्धक रमेश गुप्ता, पत्रकार नवीन कुमार गुप्तालगायतले साधारणसभाको सफलताको शुभकामना दिएका थिए ।

राजविराज÷सामाजको आर्थिक उन्नतीका लागि सहकारीको भूमिकालाई अझ उकास्न आवश्यक रहेको एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । 
जनमुखी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड राजविराजको शनिबार सम्पन्न १९ औं वार्षिक साधारण सभामा सहभागि वक्ताहरुले सो कुरामा जोड दिएका हुन् । 
आयोजित सभामा प्रमुख अतिथिको आसन्नबाट बोल्दै राष्ट्रिय सहकारी बैंक राजविराजका संचालक विश्वनाथ मण्डलले जिल्लामा केही सहकारीहरुले मात्र सहकारीको मर्म अनुसार कार्य गरिरहेको बताए । उनले सहकारीको मर्म अनुसार काम गर्ने ती सहकारीहरुले मात्र जनताको विश्वास जित्न सफल भएको जिकिर गरे । अधिकांश दर्तासँगै कागजी प्रक्रियामा मात्र सीमित रहेको उनको भनाई छ । 
यस्तै सभामा संयोजक मण्डलले कोभिडका कारण अन्य संस्था जस्तै सहकारीको अवस्था पनि उकालो लाग्दो नरहेको जिकिर गर्दै अबको दिनमा सहकारीले अझ महिनेतका साथ काम गर्नु पर्ने सुझाव दिए । सामाजको आर्थिक उन्नतीका लागि सहकारी नै उत्तम विकल्प रहेकोले जनतामाझ सहकारीले आफ्नो छबीलाई सुधार्न अझ महिनेत आवश्यक रहेको उनको भनाई छ । 
संस्थाका अध्यक्ष सचिन्द्र दासको अध्यक्षतामा सम्पन्न सभामा राष्ट्रिय सहकारी बैंक राजविराजका प्रबन्धक चन्द्रमणि भटराई, जिल्ला सहकारी संघका प्रबन्धक रमेश गुप्ता, पत्रकार नवीन कुमार गुप्तालगायतले साधारणसभाको सफलताको शुभकामना दिएका थिए । 
कार्यक्रममा वडा नं. ४ का अध्यक्ष मो. अख्तर, वडा नं ७ का अध्यक्ष मागिलाल नाई, संस्थाका शेयर सदस्यलगायतको उपस्थिति रहेको थियो भने संस्थाका संचालक समिति सदस्य देवनारायण चौधरीले स्वागत मन्तब्य तथा कार्यक्रम संचालन लेखासमिति सदस्य शत्रुघनलाल दासले गरेका थिए ।
यसअघि सभामा संस्थाका अध्यक्ष दासले अध्यक्षीय तथा लेखा प्रतिवेदन सार्वजनिक गरेका थिए । गत वर्षको तुलनामा आ.ब. २०७६÷७७ मा संस्थाको मुनाफा आधा भएको उल्लेख गरिएको छ । त्यस्तै गत वर्षदेखी नै व्यवसायिक कृषि फर्म संचालन गर्ने भनिएपनि कोभिडका कारण संचालन गर्न सकिएको जनाउँदै चालु आ.ब. बाट सो कार्यलाई संचालन गर्ने प्रतिवेदनमा उल्लेख छ । संस्थाले बहुउद्देश्यीय कृषि फर्म संचालनका लागि कृषि योग्य जग्गाहरु लिजमा लिने जनाइएको छ ।  
कोभिड १९ का कारण यस पटक ७ वटा इकाई बैठकबाट भएका निर्णयहरुलाई समग्र रुपमा छनौट भएका प्रतिनिधिहरुबाट प्रमाणित गरि साधारण सभा सम्पन्न गरिएको संस्थाका अध्यक्ष दासले जानकारी दिए । पुस १५ गतेदेखी २३ गतेसम्म भएको इकाई बैठकबाट प्रतिनिधहरु छनौट गरिएको थियो । 
यसैबीच संस्थाको संचालक समितिको अध्यक्षमा पुनः सचिन्द्र दास सर्वसम्मतले चयन भएका छन् । त्यस्तै उपाध्यक्षमा सुनिल बैध तथा सदस्यहरुमा बैजनाथ साह, देवनारायण चौधरी, शैलेन्द्र कुमार मण्डल, नरेश देव र बिना देव चयन भएका छन् ।  
यस्तै उमाशंकर देवको संयोजकत्वमा शत्रुघनलाल दास र मिना दास सदस्य रहने गरि लेखा समिति समेत सर्वसम्मतले चयन गरिएको छ ।  
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बैंक सुरक्षा गार्ड सुत्ने कोठाबाट हतियारसहित अन्य सरसामान चोरी गरि फरार चोर पक्राउ
बैंक सुरक्षा गार्ड सुत्ने कोठाबाट हतियारसहित अन्य सरसामान चोरी गरि फरार चोर पक्राउ
दुई एकल महिलालाई टुकी फाउण्डेशनद्वारा  शौचालयसहितको घर निर्माण
दुई एकल महिलालाई टुकी फाउण्डेशनद्वारा  शौचालयसहितको घर निर्माण
नागरिकता विधेयक खारेजीको माँग गर्दै काँग्रेसद्वारा  नयाँ–नयाँ शैलीमा प्रदर्शन
नागरिकता विधेयक खारेजीको माँग गर्दै काँग्रेसद्वारा  नयाँ–नयाँ शैलीमा प्रदर्शन
जनमत पार्टीद्वारा राजमार्ग ठप्प, प्रहरीसँगको झडपमा एक घाइते, एक दर्जन पक्राउ
जनमत पार्टीद्वारा राजमार्ग ठप्प, प्रहरीसँगको झडपमा एक घाइते, एक दर्जन पक्राउ
महिला फाउण्डेशनद्वारा नवनिर्वाचितलाई सम्मान
महिला फाउण्डेशनद्वारा नवनिर्वाचितलाई सम्मान
थारुको पहिचान र संस्कृतीको संरक्षणका लागि प्रदेश सरकारले सहयोग गर्ने ः मुख्यमन्त्री राउत
थारुको पहिचान र संस्कृतीको संरक्षणका लागि प्रदेश सरकारले सहयोग गर्ने ः मुख्यमन्त्री राउत
हात्तीद्वारा पाँच घरमा तोडफोड
हात्तीद्वारा पाँच घरमा तोडफोड
कोशी पीडित समाजको २०औं साधारण सभा सम्पन्न
कोशी पीडित समाजको २०औं साधारण सभा सम्पन्न
स्व. सिंहको योगदान बारे चर्चा गर्दै सम्झाना
स्व. सिंहको योगदान बारे चर्चा गर्दै सम्झाना
झण्डै डेढ दशकपछि हुन लागेको स्ववियु  निर्वाचनले विद्यार्थीहरु उत्साहित
झण्डै डेढ दशकपछि हुन लागेको स्ववियु  निर्वाचनले विद्यार्थीहरु उत्साहित