जलवायु परिर्वतनमा कमि गर्न नीतिगत निर्णयलाई कार्यान्वयन गर्नुपर्नेमा जोड

राजविराज राजविराज
|
आइतबार, चैत्र १९, २०७९
|
|
२१ पटक हेरिएको
Shares
जलवायु परिर्वतनमा कमि गर्न नीतिगत निर्णयलाई कार्यान्वयन गर्नुपर्नेमा जोड

सारांश

  •     समता फाउन्डेशनले आइतबार राजविराजमा आयोजना गरेको जिल्लास्तरिय जलवायु परिवर्तनवाट पारेको प्रभाव सम्बन्धी छलफलमा सरोकारवालाहरूले सो कुरामा जोड दिएका हुन् ।
  •     कार्यक्रममा समता फाउन्डेशनका निर्देशक उज्जवल सुनदासले प्रतिवेदन प्रस्तुत सप्तरी, सिरहा लगायतका ठाउमा जलवायु परिवर्तनले सुमदायमा कृषि, सुखा खडेरी, खेती योग्य जमिनमा घरघडेरी, बाढीको समस्या, उत्पादनमा कमि, बारीनालीमा किराको प्रकोपले बढी असर पारेको बताए ।
  •     जलवायु परिवर्तनले समयमा खेतीयोग्य जमिनमा पानी नपर्दा, पानीको श्रोत, मानविय श्रोतको समुचित परिचालन तथा जनचेतनाको अभाव नै मुख्य समस्या हो उनले भने ।

दैनिक समाचारदाता
राजबिराज, १९ चैत ।  

    जलवायु परिवर्तनले समुदायमा पारेको असरलाई नीति निर्माणमार्फत दलित तथा सिमान्तकृत वर्गको हकअधिकारलाई अध्ययन अनुसन्धान गरी उकास्नुपर्ने एक कार्यक्रममा जोड दिइएका छ ।
    समता फाउन्डेशनले आइतबार राजविराजमा आयोजना गरेको जिल्लास्तरिय जलवायु परिवर्तनवाट पारेको प्रभाव सम्बन्धी छलफलमा सरोकारवालाहरूले सो कुरामा जोड दिएका हुन् ।
    कार्यक्रममा समता फाउन्डेशनका निर्देशक उज्जवल सुनदासले प्रतिवेदन प्रस्तुत सप्तरी, सिरहा लगायतका ठाउमा जलवायु परिवर्तनले सुमदायमा कृषि, सुखा खडेरी, खेती योग्य जमिनमा घरघडेरी, बाढीको समस्या, उत्पादनमा कमि, बारीनालीमा किराको प्रकोपले बढी असर पारेको बताए ।
    जलवायु परिवर्तनले समयमा खेतीयोग्य जमिनमा पानी नपर्दा, पानीको श्रोत, मानविय श्रोतको समुचित परिचालन तथा जनचेतनाको अभाव नै मुख्य समस्या हो उनले भने ।
    प्रकोप नजान दिन पुर्व तयारी सँगै जोखिमवाट बच्न माथिल्लो तह र स्थानिय तहमा दिगो नीति निर्माणलाई कार्यान्वयन गर्न सरोकारवाला निकाय गम्भीर हुनुपर्नेमा उनको जोड थियो ।
    कार्यक्रम संयोजक रामपुकार महराले खासगरी जलवायु परिवर्तनको असर धेरै देखिनुको मुख्य कारण आर्थिक स्रोतको अभाव, पर्याप्त दक्ष जनशक्तिको अभाव, समयसापेक्ष जलवायु परिवर्तनबारे नीति, नियम, रणनीतिहरु नहुने यसको मुख्य समस्या भएको बताए । उनले भने, तराई र पहाडी जिल्लाहरुमा ठूलो मात्रामा किसानले लगाएको बालीनालीमा क्षति गरेर खाद्य संकट उत्पन्न भइरहेको छ । 
    उक्त छलफलमा समता फाउन्डेशनका निर्देशक उज्जल सुनदास, कार्यक्रम संयोजक रामपुकार महरा, सिरहा मानव रक्षक सन्तोष बिसुन्खे, सप्तरी मानव रक्षक शंभु राम लगायतले सहजिकरण गरेका थिए । उक्त अवसरमा विभिन्न स्थानिय तहका प्रतिनिधि, संचारकर्मि तथा सरोकारवाला निकायहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?