दैनिक समाचारदाता
राजविराज, १६ भदौ ।
सप्तरी प्रहरीले दुई दिनको अवधीमा सीमावर्ती भारतीय बजारबाट चोरी पैठारी गरि ल्याइएका तीन लाख भन्दा बढीको भन्सार छलिका विभिन्न मालसामान नियन्त्रणमा लिएको छ ।
यस क्रममा चोरी पैठारीका मालसामान ढुवानी गर्न प्रयोग गरिएका दुई वटा मोटरसाइकल र ६ वटा साइकल समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीद्वारा सोमबार सार्वजनिक विवरण अनुसार दुई दिनको अवधीमा जिल्लाको विभिन्न सीमानाका क्षेत्रबाट भन्सार छलि ल्याइएका ३ लाख ३७ हजार ३ सय ७० रुँपैया बराबरको मालसामान नियन्त्रणमा लिइएको छ ।
बरामद सामानहरुमा खाने तेल, रिफायन, बिस्कुट, साबुन, सर्फ, सूर्ती, पानमसाला र दुधको पाउडर लगायतका किराना सामान छन् । प्रहरीले उक्त अवैध मालसामान ओसारपोसार गर्न प्रयोग गरिएको स.३प. ६४९२ र प्रदेश २–०१–००१प.२३०१ गरि दुई वटा मोटरसाइकल र ६ वटा साइकल समेत नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं प्रहरी नायब उपरिक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।
बरामद सरसामान तथा मोटरसाइकल र साइकल सोमबार नै आवश्यक कारवाहीका लागि राजविराज भन्सार कार्यालयमा चलान गरिएको उनले बताए । चोरी पैठारी नियन्त्रण गर्न अहिले सीमानाका क्षेत्रमा निगरानी कडा पारिएको प्रहरीको भनाई छ ।
भन्सार छलिका सामानसहित दुई मोटरसाइकल र आधा दर्जन साइकल प्रहरी नियन्त्रणमा
सारांश
- यस क्रममा चोरी पैठारीका मालसामान ढुवानी गर्न प्रयोग गरिएका दुई वटा मोटरसाइकल र ६ वटा साइकल समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।
- प्रहरीद्वारा सोमबार सार्वजनिक विवरण अनुसार दुई दिनको अवधीमा जिल्लाको विभिन्न सीमानाका क्षेत्रबाट भन्सार छलि ल्याइएका ३ लाख ३७ हजार ३ सय ७० रुँपैया बराबरको मालसामान नियन्त्रणमा लिइएको छ ।
- बरामद सामानहरुमा खाने तेल, रिफायन, बिस्कुट, साबुन, सर्फ, सूर्ती, पानमसाला र दुधको पाउडर लगायतका किराना सामान छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया