दैनिक समाचारदाता
राजविराज, २५ माघ ।
नेपाल पत्रकार महासंघ शाखा सप्तरीले प्रदेश २ का नवनियुक्त मिडिया काउन्सिलका अध्यक्ष शिवहरी प्रसाद भट्टराई र संचार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवलाई आइतबार एक कार्यक्रमबीच सम्मान गरेको छ ।
शाखाका अध्यक्ष जितेन्द्र खडगाको अध्यक्षता तथा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य अवधेश झाको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा दुबै जनालाई सम्मान गरिएको हो ।
शाखाका अध्यक्ष जितेन्द्र खडगाले सप्तरीका समग्र पत्रकारहरुले गरेको योगदानको कदर गरेकोमा प्रदेश सरकारप्रति आभार व्यक्त गरे ।
सो अवसरमा महासंघका उपाध्यक्ष सुधा देव, महासंघ प्रदेश समितिका सचिव रामनारायण विश्वास, प्रदेश सदस्य ललिता साह, पूर्व अध्यक्ष धिरेन्द्र प्रसाद साह, धनुषका पत्रकार श्यामसुन्दर शशी लगायत संचार माध्यममा कार्यरत संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।
सम्मानित हुने भट्टराई महासंघका संस्थापक अध्यक्ष हुन् भने यादव महासंघ सप्तरीको उपाध्यक्ष हुन् । भट्टराई र यादवलाई विहिवार प्रदेस सरकारले मिडिया काउन्सिल र संचार प्राधिकरणको अध्यक्ष पदमा नियुक्त गरेको हो ।
नवनियुक्त मिडिया काउन्सिल र संचार प्राधिकरणका अध्यक्षद्वय सम्मानित
सारांश
- शाखाका अध्यक्ष जितेन्द्र खडगाको अध्यक्षता तथा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य अवधेश झाको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा दुबै जनालाई सम्मान गरिएको हो ।
- शाखाका अध्यक्ष जितेन्द्र खडगाले सप्तरीका समग्र पत्रकारहरुले गरेको योगदानको कदर गरेकोमा प्रदेश सरकारप्रति आभार व्यक्त गरे ।
- सो अवसरमा महासंघका उपाध्यक्ष सुधा देव, महासंघ प्रदेश समितिका सचिव रामनारायण विश्वास, प्रदेश सदस्य ललिता साह, पूर्व अध्यक्ष धिरेन्द्र प्रसाद साह, धनुषका पत्रकार श्यामसुन्दर शशी लगायत संचार माध्यममा कार्यरत संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया