संविधानसभा सदस्य सदरुल हकको हत्यामा  संलग्न छोरीसहित १७ जना कैदी रिहा, रिहा हुनेमा अधिकांश कर्तब्य ज्यान मुद्दाकै

राजविराज राजविराज
|
सोमबार, आश्विन ३, २०७९
|
|
११८ पटक हेरिएको
Shares
संविधानसभा सदस्य सदरुल हकको हत्यामा  संलग्न छोरीसहित १७ जना कैदी रिहा, रिहा हुनेमा अधिकांश कर्तब्य ज्यान मुद्दाकै

सारांश

  •     कर्तब्य ज्यान मुद्दामा ९ वर्षदेखी राजविराज कारागारामा रहेकी उनकी छोरी ३२ वर्षिया रुवेदा खातुनसहित १७ जना रिहा भएका हुन् ।
  •       मियाँको २०७० साल जेठ ७ गते साविकको विषणपुरस्थित उनको आफ्नै पेट्रोल पम्पमा सुतिरहेको अवस्थामा हत्या भएको थियो ।
  •       अनुसन्धानको क्रममा छोरी रुवेदा समेतको संलग्नता प्रमाणित भएपछी सप्तरी जिल्ला अदालतलको २०७३ कार्तिक ३० गतेको फैसलाले २० वर्ष कैद ठहर भएको थियो ।

दैनिक समाचारदाता
राजविराज, ३ असोज । 

    संविधान दिवसको अवसरमा संविधान सभा सदस्य सदरुल मियाँ हकको हत्यामा संलग्न रहेकी उनकी छोरीसहित १७ जना कैदीहरु सोमबार रिहा भएका छन् । 
    कर्तब्य ज्यान मुद्दामा ९ वर्षदेखी राजविराज कारागारामा रहेकी उनकी छोरी ३२ वर्षिया रुवेदा खातुनसहित १७ जना रिहा भएका हुन् । 
    मियाँको २०७० साल जेठ ७ गते साविकको विषणपुरस्थित उनको आफ्नै पेट्रोल पम्पमा सुतिरहेको अवस्थामा हत्या भएको थियो । 
    अनुसन्धानको क्रममा छोरी रुवेदा समेतको संलग्नता प्रमाणित भएपछी सप्तरी जिल्ला अदालतलको २०७३ कार्तिक ३० गतेको फैसलाले २० वर्ष कैद ठहर भएको थियो । राम्रो आचरण भएकाले बाँकी कैद सजाय मिनाहा भएको जेल प्रशासनले जनाएको छ । 
    यस्तै सो दिवसको अवसरमा सरकारले कर्तब्य ज्यान मुद्दाका छिन्नमस्ता गाउँपालिका संंतोष कुमार यादव, विरेन्द्र साह सोनार, राजविराजका रवी मण्डल धानुक र डाक्नेश्वरी नगरपालिकाका अशोक कुमार मण्डल रिहा भएको राजविराज कारागारका जेलर किशोर कुमार रामले जानकारी दिएका छन् । 
    यस्तै कर्तब्य ज्यान मुद्दाकै हनुमाननगर कंकालिनी नगरपालिका निवासी सोनेलाल मण्डल, बोदे वरसाईन नगरपालिकाका सुरेश कुमार यादव र उदयपुर कटारी नगरपालिकाका ललित बहादुर माझी पनि रिहा भएका छन् । 
    यसैगरि सवारी ज्यान मुद्दाका रुपनी गाउँपालिका ६ का रंजित कुमार भगत, खडक नगरपालिकाका लक्ष्मी प्रसाद चौधरी, अग्नीसाईर कृष्णासवरण गाउँपालिका शम्भु मुखिया, कंचनरुप नगरपालिका अर्जून मण्डल, डाँका मुद्दाका राजविराज निवासी मो.अकबर र चोरी नकवजनी मुद्दाका सप्तकोशी नगरपालिका निवासी विशाल मुखिया र चन्दन मुखिया पनि रिहा भएको जेलर रामले जानकारी दिए । 
    कारागारबाट रिहा भएकाहरुलाई लिन पुगेका आफन्त तथा शुभचिन्तकहरुका कारण कारागार बाहिर खचाखच भीड लागेको थियो ।  

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त 
ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त 
शैक्षिक सामाग्रि बितरण गरि मनाइयो स्व. रामको स्मृती दिवस
शैक्षिक सामाग्रि बितरण गरि मनाइयो स्व. रामको स्मृती दिवस
राजविराज जेसीजमा काबराको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति
राजविराज जेसीजमा काबराको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति
बहुअपाङता हुनबाट जोगिन शान्ति, पाँच वर्षदेखि आशु नलिका कारण हेर्न कठिनाई 
बहुअपाङता हुनबाट जोगिन शान्ति, पाँच वर्षदेखि आशु नलिका कारण हेर्न कठिनाई 
तोपा स्वास्थ्य केन्द्रमा चिकित्सक नहुँदा सेवाग्राहीलाई समस्या
तोपा स्वास्थ्य केन्द्रमा चिकित्सक नहुँदा सेवाग्राहीलाई समस्या
स्थानिय सरकारले थप ७ हजार तलब दिन नमान्दा बाल शिक्षक तथा कर्मचारी धर्नामा 
स्थानिय सरकारले थप ७ हजार तलब दिन नमान्दा बाल शिक्षक तथा कर्मचारी धर्नामा 
सहकारी ठगहरुलाई कारवाही गर्न नेवि संघको माग
सहकारी ठगहरुलाई कारवाही गर्न नेवि संघको माग
१७ वर्षिया किशोरीको अपहरण गरि सामूहिक बलात्कार, आरोपित चारै जना पक्राउ, अनुसन्धानका लागि चार दिन म्याद थप
१७ वर्षिया किशोरीको अपहरण गरि सामूहिक बलात्कार, आरोपित चारै जना पक्राउ, अनुसन्धानका लागि चार दिन म्याद थप
जिल्ला समन्वय समितिको सहिद पार्कमा बिरूवा रोपन
जिल्ला समन्वय समितिको सहिद पार्कमा बिरूवा रोपन
भन्सार छलेका किराना सामान र कपडासहित  तीन वटा मोटरसाइकल बरामद
भन्सार छलेका किराना सामान र कपडासहित  तीन वटा मोटरसाइकल बरामद