दैनिक समाचारदाता
राजविराज, ९ चैत ।
म सामान्य परिवारमा जन्मिएको भए पनि मेरो जिवन सामान्य व्यक्ति भन्दा विपरित थियो । संसारमा जन्म एक पटक हुन्छ तर, जिवित रहनलाई धेरै नै संघर्ष गर्नुपर्छ भन्ने कुरा मैले आफ्नो जिवनको भोगाईबाट थाहा पाईसकेको छु । मलाई लाग्छ १६ वर्षको मेरो यो जिवनमा मैले ६० वर्षको भोगाई भोगिसकेको छु ।
घरपरिवार सबै सहज भएपनि म दिन दिनै असहजता र निरासाको दिशामा लम्किदै गए । मेरो सबै इच्छा र चाहनाहरु समयका साथ साथै धुमिल हुदै गए । संसार जति नै निष्ठुर र कठोर भए पनि आमा बावु नै अन्तिम सहारा हुँदो रहेछ । मैले मेरा ईच्छाहरुमा रहेपनि मेरा ती वृद्ध आमा बुवाले सम्भावनाको कुनै प्रयासबाट चुक्नु भएन र कहिले थाक्नु भएन ।
मेरो शारीरिक अशक्तता र अपाङताका कारण म यो गर्न सक्दिन भन्दा पनि मेरो घर परिवारको लागि भए पनि म यो गर्न सक्छु जस्तो लाग्छ । सानै देखि म बोल्न नसक्ने भएको कारण मैले पढाईमा पनि सोचे अनुसारको परिणाम ल्याउन सक्दिनथे । दिन प्रतिदिन निरास हुदै गएको मेरो क्षमताले मलाई शारीरिक र मानसिक दुवै तर्फवाट कमजोर वनाउँदै गए । जसको कारण मेरो दृष्टिमा पनि समस्या आउन थाल्यो । जसले गर्दा मेरो जिवनमा कठिनाईहरु झन झन थपिदै गए । आज भन्दा आउने दिनहरु थप जटिल हुदै गएको आभाष हुदै थियो । आँखा उपचारको लागि धेरै नाम चलेका अस्पतालहरु धाए । एउटा अस्पतालमा आँशु नलि ठीक बनाउने सम्बन्धि शल्यक्रिया पनि भयो तर शल्यक्रिया सफल भएन समस्या ज्यूका त्यू रहि रहे भन्छिन वेल्ही, सप्तरीकी शान्ति कुमारी साह ।
एक त आर्थिक विपन्नताको मार र त्यसमाथि सुधार उन्मुख प्रतिफल नआउदा परिवारको सदस्यहरुमा निराशा गहरिदै गईरहेको थियो । धामी, झाक्रि, तन्त्र मन्त्रले पनि कुनै असर नभएपछि घरी घरी आफूलाई लाग्थ्यो छोरी मान्छेको यो जिवन दुःखका पहाड गन्दै सकिन्छ होला् । जस्तो लाग्न थाल्यो शान्तिलाई ।
जन्मै देखि बोलाई सम्बन्धि समस्या भए पछि निजको बुबाले विभिन्न डाक्टर वैधलाई देखाए तर केही सीप लागेन । अन्तोगत्व अपाङ्गता रुपी जिवन बाँच्न बाध्य भएको शान्तिले सुनाए ।
विगत ५ वर्ष देखि उनी आशु नलिको समस्या भएर हेर्न समेत अफ्ठयारो भई रहेको स्थिति थियो । बहुअपाङ्गता हुनबाट बच्न उनी धेरै नेत्ररोग विशेषज्ञकहाँ धाईरहेका छन् । थरीथरी डाक्टरको पालो पु¥याईसकेका उनी पछिल्लोपटक राजविराजको रोपनी रोडस्थित सगरमाथा आँखा अस्पतालको नेत्र तथा अकुलोप्लाष्टि रोग विशेषज्ञ डा. आशिष राज पाण्डेकहाँ आइपुगेका थिए । तर यहाँ आइपुगेर आँखा रोगबारे उनले अहिलेसम्म सुनेका र बुझेका भन्दा फरक उपचार पाए ।
विभिन्न चेकजाँच र परीक्षण पश्चात् डा. पन्तले उनलाई रोग र त्यसका रोकथामबारे बेलिविस्तार लगाइन् । नेत्र विशेषज्ञको रुपमा ८ वर्ष मेचि आँखा अस्पतालमा कार्य गरेपछि तथा तिलगंगा आँखा अस्पतालवाट अकुलोप्लाष्टिमा फेलोसिप गरेका डा. पन्त गत वर्ष देखि सप्तरीवासीको सेवाको लागि राजविराजमा कार्यरत छन् । नेत्र विशेषज्ञको रुपमा लामो अनुभव प्राप्त गरे पनि अनी आँखा सम्बन्धि रोगबारे उपचार मात्र नभई सचेतना अभिवृद्धिमा लागिरहेका छन् । नेपालमा उपलब्ध सिमित अकुलोप्लाष्टि रोग विशेषज्ञ मध्ये उनी एक हुन् । आँखाको विरामीलाई उनी औषधीको थोरै र सुझावको पोको धेरै बोकाउँछन् ।
यता शान्ति सुनाउँछिन् । दैवको चमत्कार, आफनै शहरमा आँखा अस्पताल रहेको कुरा सुन्ना साथ बुवाले छिनो आशाका साथ त्यहाँ लग्नु भयो । त्यहाँ जाँच पछि शल्यक्रिया हुन सक्ने जानकारी नेत्र विशेषज्ञ डा ले बताउनु भयो । शल्यक्रिया पश्चात् म बोल्न नसके पनि आँखा राम्ररी देख्ने भएको छु । शान्ति मेरो नाम हो र आजको यो उपलब्धिले मैले जिवनमा शान्त भावको अनुभूति गर्न सकेको छु ।
उपलब्धि, सुख, सुन्दरता तथा सफलताको परिभाषा सवैको लागि एक नहोला तर सुनाई सम्बन्धि समस्याको साथै अन्धकारले समते घेर्न लागेकोे मेरो जिवनमा यो उपचार पछि आएको परिवर्तनले म अतिनै हर्षित तथा अस्पताल प्रति आभारी भएको छु ।
बहुअपाङता हुनबाट जोगिन शान्ति, पाँच वर्षदेखि आशु नलिका कारण हेर्न कठिनाई
सारांश
- घरपरिवार सबै सहज भएपनि म दिन दिनै असहजता र निरासाको दिशामा लम्किदै गए ।
- मेरो सबै इच्छा र चाहनाहरु समयका साथ साथै धुमिल हुदै गए ।
- संसार जति नै निष्ठुर र कठोर भए पनि आमा बावु नै अन्तिम सहारा हुँदो रहेछ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया