भन्सार छली ल्याइएको २५ लाख मुल्य  बराबरको कपडासहित तीन पक्राउ,  बरामद कार र मोटरसाइकल भन्सार चलान

राजविराज राजविराज
|
सोमबार, कार्तिक १२, २०८१
|
|
२४ पटक हेरिएको
Shares
भन्सार छली ल्याइएको २५ लाख मुल्य  बराबरको कपडासहित तीन पक्राउ,  बरामद कार र मोटरसाइकल भन्सार चलान

सारांश

  •     अबैधरुपमा कपडा ल्याउन प्रयोग गरिएको कार र मोटरसाईकल समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।
  • ती सवारीलाई प्रहरीले राजविराज भन्सार कार्यालयमा बुझाएको छ ।
  •       प्रहरीले जिल्लाको बोदेबरसाईन नगरपालिका ५ शत्रुघन चौकबाट २१ लाख १३ हजार १ सय मुल्य बराबरको भन्सार छली भारतबाट ल्याइएको रेडिमेड कपडा र साडी बरामद गरेको छ ।

दैनिक समाचारदाता
राजविराज, १२ कात्तिक । 

    सप्तरीको तीन छुट्टाछुट्टै स्थानबाट भन्सार छली ल्याइएको करिब २५ लाख मुल्य बराबरको कपडासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । 
    अबैधरुपमा कपडा ल्याउन प्रयोग गरिएको कार र मोटरसाईकल समेत प्रहरीले नियन्त्रणमा लिएको छ । ती सवारीलाई प्रहरीले राजविराज भन्सार कार्यालयमा बुझाएको छ । 
    प्रहरीले जिल्लाको बोदेबरसाईन नगरपालिका ५ शत्रुघन चौकबाट २१ लाख १३ हजार १ सय मुल्य बराबरको भन्सार छली भारतबाट ल्याइएको रेडिमेड कपडा र साडी बरामद गरेको छ । 
    उक्त अबैध कपडा लोड गरेको प्र.०३–०१–०२३ च. ८०२५ नम्बरको कार र सप्तरीको खडक नगरपालिका ८ वस्ने २५ चालक सनावुल मियाँलाई समेत नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक जीतेन्द्र कुमार वस्नेतले जानकारी दिए । 
    यस्तै प्रहरीले राजविराज नगरपालिका ६ स्थित सखडा रोड मोडबाट भारतबाट अबैधरुपमा स.८प.५२५३ नम्बरको मोटरसाइकलमा तीन वटा बोरामा लोड गरी ल्याउदै गरेको रेडिमेड कपडा र साडी बरामद गरेको छ । 
    मोटरसाइकलमा उक्त समान ल्याउने सप्तरीको रुपनी गाउपालिका ५ का २६ वर्षिय चुनचुन यादव र राजगढ गाउँपालिका २ का २८ वर्षिय संजय साहलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । बरामद कपडाको ३ लाख ९ हजार ६ सय रुपैया मुल्याँकन गरिएको छ । 
    यस्तै सोमबारै सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका क्षेत्रबाट प्रहरीले भारतबाट अवैध रुपमा ल्याउँदै गरेको २७ हजार मुल्य बराबरको कपडा बरामद गरेको छ ।  
    बरामद समान र अवैध ओसारपोसारमा प्रयोग गरिएका गाडीहरुसहित तीनै जनालाई आवश्यक कारवाहीका लागी राजविराज भन्सार कार्यालय चलान गरिएको प्रहरीले जनाएको छ । 
    तिहार र छठ पर्व नजिकिएसँगै भारतीय सीमा क्षेत्रसँग जोडिएको पालिकामा तस्करको चलखेल बढेपछी प्रहरीले सुराकी परिचालन गरी निगरानी बढाएको हो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुई हुण्डी कारोबारी ५२ लाख रकमसहित पक्राउ
दुई हुण्डी कारोबारी ५२ लाख रकमसहित पक्राउ
सप्तरीका विभिन्न स्थानलाई पर्यटकीय तथा पर्यटकीय करिडोरको रुपमा विकास गर्न मन्त्री लेखीद्वारा ध्यानाकर्षण
सप्तरीका विभिन्न स्थानलाई पर्यटकीय तथा पर्यटकीय करिडोरको रुपमा विकास गर्न मन्त्री लेखीद्वारा ध्यानाकर्षण
“डेट एक्सपायर” भइसकेका पार्टीबाट  आशा नगरौं ः डा. सीके राउत, आफ्नो नेतृत्वको पार्टी ‘बुलेट ट्रेन’ 
“डेट एक्सपायर” भइसकेका पार्टीबाट  आशा नगरौं ः डा. सीके राउत, आफ्नो नेतृत्वको पार्टी ‘बुलेट ट्रेन’ 
सरकार र स्वतन्त्र मधेश गठबन्धनबीच ११ बुँदे सहमती, “गठबन्धनले मुलुकको अखण्डता स्वीकार ग¥यो”
सरकार र स्वतन्त्र मधेश गठबन्धनबीच ११ बुँदे सहमती, “गठबन्धनले मुलुकको अखण्डता स्वीकार ग¥यो”
चित्रकला र बक्तृत्वकला प्रतियोगिता सम्पन्न
चित्रकला र बक्तृत्वकला प्रतियोगिता सम्पन्न
अत्याधिक गर्मी बढेको भन्दै राजविराजका सबै सामुदायिक विद्यालयमा एक महिना विदा 
अत्याधिक गर्मी बढेको भन्दै राजविराजका सबै सामुदायिक विद्यालयमा एक महिना विदा 
दुर्घटनामा परेका युवक  घरमा मृत फेला 
दुर्घटनामा परेका युवक  घरमा मृत फेला 
आगलागी वस्तीमा मैले जे देखें ः अद्भुत र अविश्वसनिय
आगलागी वस्तीमा मैले जे देखें ः अद्भुत र अविश्वसनिय
महिलाहरु आयश्रोतको लागि तरकारी खेतीमा रमाउँदै
महिलाहरु आयश्रोतको लागि तरकारी खेतीमा रमाउँदै
उच्च अदालतका पाँच कर्मचारी सम्मानित
उच्च अदालतका पाँच कर्मचारी सम्मानित