मधेस प्रदेशको मुख्यमन्त्रीमा सतिश सिंहलाई  उम्मेदवार बनाउने जनमतको निर्णय 

राजविराज राजविराज
|
बिहिबार, जेठ २४, २०८१
|
|
७९ पटक हेरिएको
Shares
मधेस प्रदेशको मुख्यमन्त्रीमा सतिश सिंहलाई  उम्मेदवार बनाउने जनमतको निर्णय 

सारांश

  •     जनमत पार्टीको बिहीबार बसेको मधेस प्रदेश संसदीय दलको बैठकले उनलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको हो ।
  •       यसअघि मुख्यमन्त्रीका लागि जनमत पार्टीका प्रदेश सांसद एवं संसदीय दलका नेता महेश यादवको चर्चा थियो ।
  • मुख्यमन्त्री सरोज यादवले विश्वासको मत लिँदासम्म महेश यादवको चर्चा थियो ।

दैनिक समाचारदाता
राजविराज, २४ जेठ । 

    जनमत पार्टीले मधेस प्रदेशको मुख्यमन्त्रीमा सतिश सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । 
    जनमत पार्टीको बिहीबार बसेको मधेस प्रदेश संसदीय दलको बैठकले उनलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको हो । 
    यसअघि मुख्यमन्त्रीका लागि जनमत पार्टीका प्रदेश सांसद एवं संसदीय दलका नेता महेश यादवको चर्चा थियो । मुख्यमन्त्री सरोज यादवले विश्वासको मत लिँदासम्म महेश यादवको चर्चा थियो ।
    सरोज यादवले विश्वासको मत लिँदा बहुमत नपाएपछि प्रदेशसभामा सबैले महेश यादवलाई नै अगामी मुख्यमन्त्रीका लागि बधाई दिँदै थिए । तर बिहीबार संसदीय दलको बैठकले शतिश सिंहको बारेमा निर्णय गरेको छ ।
    जनमत पार्टीका उपाध्यक्ष ई.दीपक साहले भने, ‘महेशजीको नाम बाहिर चर्चामा थियो तर पार्टीको आधिकारिक निर्णय थिएन बिहीबार बसेको प्रदेशको संसदीय दलको बैठकले सतिश सिंहको बारेमा निर्णय गरेको हो ।’ यद्यपि उनले मुख्यमन्त्री बन्नका लागि संसदीय दलको नेता हुनुपर्ने अनिवार्य नरहेको बताए । 
    प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभाको सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नेछ । 
    त्यसैगरी, जनमत पार्टीको संसदीय दलको बैठकले राज्यमन्त्रीमा रञ्जु मण्डल खँगलाई पठाउने निर्णय समेत गरेको छ । तर उनलाई कुन मन्त्रालयमा पठाउने टुगों लागेको छैन ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पत्रकार महासंघद्वारा पाँच बुदे छिन्नमस्ता घोषणा पत्र जारि
पत्रकार महासंघद्वारा पाँच बुदे छिन्नमस्ता घोषणा पत्र जारि
विकासको मामलामा सप्तरी पछाडी परेकोमा राष्ट्रपति पौडेलद्वारा चिन्ता व्यक्त
विकासको मामलामा सप्तरी पछाडी परेकोमा राष्ट्रपति पौडेलद्वारा चिन्ता व्यक्त
पत्रकार महासंघले राजनीतिक दल, सुरक्षाकर्मी र कर्मचारीको सदस्यता नविकरण नगर्ने
स्वविय सभापतिका लागि मविव क्याम्पस राजविराजमा सात जनाको उम्मेदवारी
स्वविय सभापतिका लागि मविव क्याम्पस राजविराजमा सात जनाको उम्मेदवारी
बालबालिकालाई पोशाक वितरण
बालबालिकालाई पोशाक वितरण
सात सय असायलाई न्यानो  कपडा ब्लायङकेट बितरण
सात सय असायलाई न्यानो  कपडा ब्लायङकेट बितरण
टेलिभिजन र प्रस्तोतालाई कारवाहीको माँग
कारागार प्रशासनले अतिक्रमित जग्गा खाली  गर्न गरेको निर्णयको बिरोध गर्दै प्रदर्शन 
कारागार प्रशासनले अतिक्रमित जग्गा खाली  गर्न गरेको निर्णयको बिरोध गर्दै प्रदर्शन 
सप्तरीमा २२ सुरक्षाकर्मीसहित २७ जना कोरोना संक्रमित
सप्तरीमा २२ सुरक्षाकर्मीसहित २७ जना कोरोना संक्रमित
मोटरसाइकल चोरी गरेर फरार अभियुक्तहरु  हतियार र लागु औषधसहित पक्राउ
मोटरसाइकल चोरी गरेर फरार अभियुक्तहरु  हतियार र लागु औषधसहित पक्राउ