दैनिक समाचारदाता
राजविराज, ३१ साउन ।
कोरोना भाइरसको संक्रमणबाट सप्तरीमा एकै दिन शनिबार २२ सुरक्षाकर्मीसहित २७ जना संक्रमित भएका छन् । योसँगै जिल्लामा संक्रमितको संख्या ६ सय ६१ पुगेको छ ।
गजेन्द्र नारायण सिंह अस्पतालस्थित पिसिआर प्रयोगशालाबाट प्राप्त परिक्षण रिपोर्टले राजविराज वडा नं. ८ स्थित २ नं. प्रदेश प्रहरी तालिम केन्द्र जनकपुर–सम्पर्क कार्यालय राजविराजका २२ जना सुरक्षाकर्मीमा कोरोना पोजेटिभ पुष्टि भएको हो ।
यस्तै शनिबारै प्राप्त पिसिआर परिक्षण रिपोर्टले राजविराज नगरपालिका ६ की ६५ वर्षिया एक महिला, डाक्नेश्वरी नगरपालिका ३ का ४४ वर्षिय पुरुष तथा कंचनरुप नगरपालिकाका ३ जनामा पनि संक्रमण पुष्टि भएको हो ।
पछिल्लो पटक संक्रमण पुष्टि भएका राजविराज ६ की ६५ वर्षिया महिला कोरोना संक्रमणबाट चार दिन अघि मृत्यु भएका ७५ वर्षिय बेचुलाल साहकी पत्नि हुन् ।
यता एकै दिन २२ जना सुरक्षाकर्मीमा कोरोना पोजेटिभ भएपछि उनीहरु कार्यरत प्रहरी तालिम केन्द्रमा आवश्यक सुरक्षा सतकर्ता बढाइएको छ । संक्रमण पुष्टि भएका सबैलाई आइसोलेशनमा ल्याउने तयारीका साथै उनीहरुका सम्पर्कमा आएकाहरुको पहिचान तथा स्वाब संकलन कार्य समेत अघि बढाउने तयारी भइरहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले जानकारी दिएका छन् ।
यता कोरोनाको जोखिमलाई ध्यानमा राख्दै गत साउन ८ गतेदेखी जिल्लामा जारि गरिएको निषेधाज्ञा शनिबार पनि जारि छ । भदौं २ गतेसम्मका लागि जिल्लामा निषेधाज्ञा जारि गरिएको हो ।
सप्तरीमा २२ सुरक्षाकर्मीसहित २७ जना कोरोना संक्रमित
सारांश
- गजेन्द्र नारायण सिंह अस्पतालस्थित पिसिआर प्रयोगशालाबाट प्राप्त परिक्षण रिपोर्टले राजविराज वडा नं.
- ८ स्थित २ नं.
- प्रदेश प्रहरी तालिम केन्द्र जनकपुर–सम्पर्क कार्यालय राजविराजका २२ जना सुरक्षाकर्मीमा कोरोना पोजेटिभ पुष्टि भएको हो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
चुनावी मिति तय भएसँगै उद्योगी व्यवसायीमा चुनावी सरगर्मी बढ्यो
शिक्षा र स्वास्थ्य क्षेत्रका लागि ट्रष्ट बनाउन जग्गादानसंगै निजी खर्चमै निर्माण
मोटरसाइकल दुर्घट्नामा दुईको मृत्यु
ब्राउन सुगरसहित यूवक पक्राउ
‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो
सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो
घटनाको सत्यतथ्य छानविनका लागि उच्चस्तरीय न्यायिक छानवीन समिति गठन हुनुपर्छ ः डा. यादव
प्रतिक्रिया
० प्रतिक्रिया