दैनिक समाचारदाता
राजविराज, २४ पुस ।
शीतलहर तथा चिसोबाट पीडित राजविराज १६ बोरियाका चार दर्जन भन्दा बढी बृद्धबृद्धालाई आईतवार सम्मानसहित सिरक प्रदान गरिएको छ ।
सोही वडा निवासी समाजसेवी इन्जिनीयर इन्द्रनारायण देव र उनकी धर्मपत्नी मिरा देवले आफ्नो ब्यक्तीगत खर्चमा चिसोबाट पीडित ५० जना बृद्धबृद्धालाई सम्मानसहित सिरक वितरण गरेका हुन् ।
सम्मानसहित सिरक पाउनेहरुमा ८० वर्षिय चानो सदा मुसहर देखि १ सय ३ वर्षिय बुद्धी सागर देव सम्मका जेष्ठ नागरिक छन् ।
चिसोको मौसमलाई मध्यनजर गर्दै जाडोका कारण कस्टप्रद जीवन यापन गर्न बाध्य विपन्न समुदायका ज्येष्ठ नागरिकलाई थोरै भएपनि न्यानो पार्ने उद्देश्यले सम्मानसहित सिरक प्रदान गरिएको इ. देवले बताए ।
ज्येष्ठ नागरिकलाई सम्मान तथा सिरक वितरण कार्यक्रममा ज्येष्ठ नागरिक संघका जिल्ला अध्यक्ष बैजनाथ झा, वडाअध्यक्ष राम एकवाल यादव, जनता मेमोरियल माविका प्रधानाध्यापक रामानन्द सुनरैत यादव, पुर्व प्रधानाध्यापक जितेन्द्र ना.देव, समाजसेवी विश्वनाथ प्रसाद देव, स्वडेक संस्थाका कार्यक्रम संयोजक विनोद कुमार साह, पत्रकार मनोज कुमार माझी लगायतको उपस्थिती रहेको थियो ।
समाजसेवी देव दम्पतीद्वारा बृद्धबृद्धालाई सम्मानसहित सिरक प्रदान
सारांश
- सोही वडा निवासी समाजसेवी इन्जिनीयर इन्द्रनारायण देव र उनकी धर्मपत्नी मिरा देवले आफ्नो ब्यक्तीगत खर्चमा चिसोबाट पीडित ५० जना बृद्धबृद्धालाई सम्मानसहित सिरक वितरण गरेका हुन् ।
- सम्मानसहित सिरक पाउनेहरुमा ८० वर्षिय चानो सदा मुसहर देखि १ सय ३ वर्षिय बुद्धी सागर देव सम्मका जेष्ठ नागरिक छन् ।
- चिसोको मौसमलाई मध्यनजर गर्दै जाडोका कारण कस्टप्रद जीवन यापन गर्न बाध्य विपन्न समुदायका ज्येष्ठ नागरिकलाई थोरै भएपनि न्यानो पार्ने उद्देश्यले सम्मानसहित सिरक प्रदान गरिएको इ.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
प्रतिक्रिया
० प्रतिक्रिया