दैनिक समाचारदाता
राजविराज, ३ माघ ।
पोखरामा भएको विमान दुर्घटनमा ज्यान गुमाएकाहरुको आत्मशान्तिको कामना गर्दै मंगलबार राजविराजमा दिपप्रज्वलन गरिएको छ ।
मंगलवार प्रेस सेन्टर नेपाल सप्तरी शाखाले राजविराजस्थित शहिद दशन चौकमा दीप प्रज्वलन गरेको हो ।
माघ १ गते माघे संक्रान्तिका दिन विमान दुर्घटनामा प्रेस सेन्टर नेपालका उपाध्याक्ष समेत रहेका नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य त्रिभुवन पौडेलसहित ७२ जनाले ज्यान गुमाएका थिए । उनीहरुको मृतआत्माको शान्तिका लागी दीप प्रज्वलन कार्यक्रमको आयोजना गरिएको प्रेस सेन्टर सप्तरी शाखाका अध्यक्ष दिनानाथ यादवले बताए ।
दीप प्रज्वलन कार्यक्रममा प्रेस सेन्टरका केन्द्रिय सल्लाहकार देवराम यादव, सेन्टरका मधेश प्रदेश महासचिव गोपाल प्रसाद गुप्ता, पत्रकार महासंघका पुर्व केन्द्रिय सदस्य अवधेश झा लगायतको संचारकर्मी तथा नगरवासी सहभागी भएका थिए ।
यस अघि अघिल्लो दिन फोटो पत्रकार महासंघ सप्तरीका अध्यक्ष मनोज कुमार माझी, प्रदेश सभा सदस्यद्वय महेश प्रसाद यादव, सतिष कुमार सिंह, राष्ट्रिय एकता अभियानकी उपाध्यक्ष सुनिता साह र नागरिक संजाल सप्तरीका अध्यक्ष थानसिह भन्सालीको अगुवाईमा विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको आत्मशान्तिका लागी स्थानीय गजेन्द्र चौकमा दीप प्रज्वलन कार्यक्रमको आयोजना गरिएको थियो ।
त्यस्तै सोमबारै सामुदायिक सेवा केन्द्रको आयोजना र जिल्ला प्रहरी कार्यालय सप्तरीको सहकार्यमा गजेन्द्र चौक र शहिद दशन चौकमा दीप प्रज्वलन गरिएको थियो ।
विमान दुर्घटनामा मृत्यु हुनेहरुको सम्झनामा दीप प्रज्वलन
सारांश
- मंगलवार प्रेस सेन्टर नेपाल सप्तरी शाखाले राजविराजस्थित शहिद दशन चौकमा दीप प्रज्वलन गरेको हो ।
- माघ १ गते माघे संक्रान्तिका दिन विमान दुर्घटनामा प्रेस सेन्टर नेपालका उपाध्याक्ष समेत रहेका नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य त्रिभुवन पौडेलसहित ७२ जनाले ज्यान गुमाएका थिए ।
- उनीहरुको मृतआत्माको शान्तिका लागी दीप प्रज्वलन कार्यक्रमको आयोजना गरिएको प्रेस सेन्टर सप्तरी शाखाका अध्यक्ष दिनानाथ यादवले बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया