गर्भवति र सुत्केरी महिलालाई  अण्डासहितको पोषणयुक्त सामाग्रि बितरण 

राजविराज राजविराज
|
आइतबार, आषाढ २७, २०७८
|
|
७६ पटक हेरिएको
Shares
गर्भवति र सुत्केरी महिलालाई  अण्डासहितको पोषणयुक्त सामाग्रि बितरण 

सारांश

  •     बहुक्षेत्रिय पोषण योजना कार्यक्रम अन्तर्गत सुनौलो हजार दिनका राजबिराज वडा नं.
  • १, ७ र ८ का गर्भबति, सुत्केरी महिलाहरूलाई ती पोषण सामग्री बितरण गरिएको हो ।
  •       राजबिराज वडा १ स्थित महाकबि देवकोटा आधारभुत बिद्यालयबाट राजबिराज नगरपालिका उपप्रमुख साधना झाले पोषण झोला बितरण गर्दै कार्यक्रमको सुरूवात गरेकी छिन ।

दैनिक समाचारदाता
राजविराज, २७ असार । 
    राजविराजस्थित विपन्न समुदायका गर्भवति र सुत्केरी महिलालाई आइतबार अण्डासहितको पोषणयुक्त सामग्री बितरण गरिएको छ । 
    बहुक्षेत्रिय पोषण योजना कार्यक्रम अन्तर्गत सुनौलो हजार दिनका राजबिराज वडा नं. १, ७ र ८ का गर्भबति, सुत्केरी महिलाहरूलाई ती पोषण सामग्री बितरण गरिएको हो । 
    राजबिराज वडा १ स्थित महाकबि देवकोटा आधारभुत बिद्यालयबाट राजबिराज नगरपालिका उपप्रमुख साधना झाले पोषण झोला बितरण गर्दै कार्यक्रमको सुरूवात गरेकी छिन ।
    गर्भबति, सुत्केरी महिलाहरूलाई पोषण समाग्रि बितरण गर्दै उपप्रमुख झाले बालवालिकाको खानपान, स्याहार र सरफाईमा उचित ध्यान नदिएकै कारण बालवालिका कुपोषित हुने गरेको बताईन ।
    दुई क्रेट अण्डा, प्रोटिनो १ डब्बा, २ थान साबुन, प्लाष्टिकको भाडो १ थान, बाल्टिन १ थान, जग र मग १÷१ थान गरी ६० जना वडाका गर्भवति, सुत्केरी महिलाहरूलाई पोषण झोला बितरण गरिएको राजबिराज नगरपालिका पोषण सहजकर्ता रंजिता कुमारी यादबले बताईन ।
    यसरी निशुल्क पोषणयुक्त सामाग्रि पाएपछि विपन्न समुदायका गर्भवति र सुत्केरी महिलालाई खुशी भएका छन् ।
    सो अवसरमा प्रमुख प्रशासकिय अधिकृत मदन बहादुर थापा, राजबिराज वडा नम्वर ८ का वडा अध्यक्ष जय नारायण मण्डल, नगर पोषण समिति संयोजक तथा वडा ३ का अध्यक्ष सुदर्शन सिँह, राजबिराज वडा १ का वडा अध्यक्ष चन्द्रशेखर चौधरी, वडा ७ का अध्यक्ष मागीलाल नाई, पशु सेवा अधिकृत परमेश्वर यादब, संचारकर्मी चन्दनकुमार यादब लगायतको उपस्थिति रहेको थियो ।
    यस्तै आइतबारै राजबिराज नगरपालिका कृषि शाखाले ६० जना महिलाहरूलाई मेवाको बोट र बिउबिजन समेत बितरण गरिएको कृषि शाखा प्रमुख हरि नारायण यादबले बताए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पुर्नोत्थानशिलता विश्लेषण तथा जिविकोपार्जन सम्बन्धी गोष्ठी सम्पन्न
पुर्नोत्थानशिलता विश्लेषण तथा जिविकोपार्जन सम्बन्धी गोष्ठी सम्पन्न
सावा व्याज चुक्ता गरेपनि धितो फिर्ता  नगरेको आरोप मिटरब्याजी साह पक्राउ
सावा व्याज चुक्ता गरेपनि धितो फिर्ता  नगरेको आरोप मिटरब्याजी साह पक्राउ
माडवारी समुदायद्वारा विपन्नलाई भोजन तथा भाडाकुडा वितरण 
माडवारी समुदायद्वारा विपन्नलाई भोजन तथा भाडाकुडा वितरण 
वडाध्यक्षमा कोरोना संक्रमणको पुष्टि
वडाध्यक्षमा कोरोना संक्रमणको पुष्टि
उपभोक्ता समितिले रकम नपाएपछि राजविराज नगरपालिकामा तालाबन्दी
उपभोक्ता समितिले रकम नपाएपछि राजविराज नगरपालिकामा तालाबन्दी
करदाता सेवा शाखामा कम्प्युटर नहुँदा सम्पूर्ण कामकाज ठप्प
करदाता सेवा शाखामा कम्प्युटर नहुँदा सम्पूर्ण कामकाज ठप्प
सरकार तराई–मधेश विकास र समृद्धिमा लागि परेको छ ः प्रचण्ड
सरकार तराई–मधेश विकास र समृद्धिमा लागि परेको छ ः प्रचण्ड
ठोस योजना नभएका कारण युवाहरू बिदेशिदै ः अध्यक्ष यादब 
ठोस योजना नभएका कारण युवाहरू बिदेशिदै ः अध्यक्ष यादब 
विद्यालयको समयमा कक्षामै पुस्तकको सिरानी बनाएर सुत्दै शिक्षक, कर्मचारी
विद्यालयको समयमा कक्षामै पुस्तकको सिरानी बनाएर सुत्दै शिक्षक, कर्मचारी
विवादका बीच विश्वविद्यालय भवनको शिलान्यास झडपमा शिक्षा मन्त्री, सांसदसहित एक दर्जन घाइते
विवादका बीच विश्वविद्यालय भवनको शिलान्यास झडपमा शिक्षा मन्त्री, सांसदसहित एक दर्जन घाइते