दैनिक समाचारदाता
राजविराज, २७ असार ।
राजविराजस्थित विपन्न समुदायका गर्भवति र सुत्केरी महिलालाई आइतबार अण्डासहितको पोषणयुक्त सामग्री बितरण गरिएको छ ।
बहुक्षेत्रिय पोषण योजना कार्यक्रम अन्तर्गत सुनौलो हजार दिनका राजबिराज वडा नं. १, ७ र ८ का गर्भबति, सुत्केरी महिलाहरूलाई ती पोषण सामग्री बितरण गरिएको हो ।
राजबिराज वडा १ स्थित महाकबि देवकोटा आधारभुत बिद्यालयबाट राजबिराज नगरपालिका उपप्रमुख साधना झाले पोषण झोला बितरण गर्दै कार्यक्रमको सुरूवात गरेकी छिन ।
गर्भबति, सुत्केरी महिलाहरूलाई पोषण समाग्रि बितरण गर्दै उपप्रमुख झाले बालवालिकाको खानपान, स्याहार र सरफाईमा उचित ध्यान नदिएकै कारण बालवालिका कुपोषित हुने गरेको बताईन ।
दुई क्रेट अण्डा, प्रोटिनो १ डब्बा, २ थान साबुन, प्लाष्टिकको भाडो १ थान, बाल्टिन १ थान, जग र मग १÷१ थान गरी ६० जना वडाका गर्भवति, सुत्केरी महिलाहरूलाई पोषण झोला बितरण गरिएको राजबिराज नगरपालिका पोषण सहजकर्ता रंजिता कुमारी यादबले बताईन ।
यसरी निशुल्क पोषणयुक्त सामाग्रि पाएपछि विपन्न समुदायका गर्भवति र सुत्केरी महिलालाई खुशी भएका छन् ।
सो अवसरमा प्रमुख प्रशासकिय अधिकृत मदन बहादुर थापा, राजबिराज वडा नम्वर ८ का वडा अध्यक्ष जय नारायण मण्डल, नगर पोषण समिति संयोजक तथा वडा ३ का अध्यक्ष सुदर्शन सिँह, राजबिराज वडा १ का वडा अध्यक्ष चन्द्रशेखर चौधरी, वडा ७ का अध्यक्ष मागीलाल नाई, पशु सेवा अधिकृत परमेश्वर यादब, संचारकर्मी चन्दनकुमार यादब लगायतको उपस्थिति रहेको थियो ।
यस्तै आइतबारै राजबिराज नगरपालिका कृषि शाखाले ६० जना महिलाहरूलाई मेवाको बोट र बिउबिजन समेत बितरण गरिएको कृषि शाखा प्रमुख हरि नारायण यादबले बताए ।
गर्भवति र सुत्केरी महिलालाई अण्डासहितको पोषणयुक्त सामाग्रि बितरण
सारांश
- बहुक्षेत्रिय पोषण योजना कार्यक्रम अन्तर्गत सुनौलो हजार दिनका राजबिराज वडा नं.
- १, ७ र ८ का गर्भबति, सुत्केरी महिलाहरूलाई ती पोषण सामग्री बितरण गरिएको हो ।
- राजबिराज वडा १ स्थित महाकबि देवकोटा आधारभुत बिद्यालयबाट राजबिराज नगरपालिका उपप्रमुख साधना झाले पोषण झोला बितरण गर्दै कार्यक्रमको सुरूवात गरेकी छिन ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल
जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा
धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी
वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला
पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण
प्रतिक्रिया
० प्रतिक्रिया