क्षेत्री दम्पत्तिले घर जग्गा फिर्ता पाउने

राजविराज राजविराज
|
आइतबार, श्रावण २२, २०७९
|
|
२४ पटक हेरिएको
Shares
क्षेत्री दम्पत्तिले घर जग्गा फिर्ता पाउने

सारांश

  •     राजविराज वडा नं.
  • ७ स्थित प्रभु खाद विज भण्डारका संचालक प्रभु साहसँग १० वर्ष अघि वसोवास गर्दै आएको एकमात्र घर जग्गा धितोमा राखी विभिन्न मितीमा लिएको ऋण, तीन लाख ५० हजार रुपैया र त्यसको ब्याज तिर्न नसकि घरवार विहीन हुने अवस्थामा पुगेका राजविराज ६ का ओम प्रकाश क्षेत्री र उनका पत्नी सिता घरबार विहीन हुने अवस्थाबाट जोगिएका हुन् ।
  •       लेनदेनको विवाद समाधानका लागी समाजिकस्तर मै वसेको पंचायतीमा ब्यापारी साहले ब्याज वापतको रकम मिनहा गरिदिने सहमती भएपछि क्षेत्री दम्पती घरवार विहीन हुनबाट जोगिएका छन् ।

दैनिक समाचारदाता
राजविराज, २२ साउन । 

    ब्यापारीसँग लिएको ऋण समय मै फर्काउन नसक्दा घरवार विहीन हुने अवस्थामा पुगेका एक दम्पती सो अवस्थाबाट जोगिएका छन् । 
    राजविराज वडा नं. ७ स्थित प्रभु खाद विज भण्डारका संचालक प्रभु साहसँग १० वर्ष अघि वसोवास गर्दै आएको एकमात्र घर जग्गा धितोमा राखी विभिन्न मितीमा लिएको ऋण, तीन लाख ५० हजार रुपैया र त्यसको ब्याज तिर्न नसकि घरवार विहीन हुने अवस्थामा पुगेका राजविराज ६ का ओम प्रकाश क्षेत्री र उनका पत्नी सिता घरबार विहीन हुने अवस्थाबाट जोगिएका हुन् । 
    लेनदेनको विवाद समाधानका लागी समाजिकस्तर मै वसेको पंचायतीमा ब्यापारी साहले ब्याज वापतको रकम मिनहा गरिदिने सहमती भएपछि क्षेत्री दम्पती घरवार विहीन हुनबाट जोगिएका छन् । 
    वडा नं. ६ का अध्यक्ष शशी चौधरीले ऋण वापत लिएको रकमको सामान्य ब्याज जोड्दा पनि ठुलो रकम हुन जाने र उक्त रकम तिर्ने हैसियत क्षेत्री दम्पतीमा नदेखिएकाले अति न्युन ब्याजदर कायम गरी क्षेत्री दम्पतीले ऋण लिदाको धितो वापत राखेको जग्गा फिर्ता गरिदिने सहमती भएको जानकारी दिए । 
    केही दिन अघिमात्र क्षेत्री दम्पतीले पत्रकार सम्मलेनको आयोजना गरी आफुले घर जग्गा धितो राखी व्यापारी साहबाट लिएको ऋणमा चर्काे ब्याज जोडिएको र सो तिर्ने हैसियत नहुदा घर खाली गरी सडकमा वास वस्नु पर्ने अवस्था आउन लागेको भन्दै न्यायका लागी पहल गरिदिन आग्रह गरेका थिए । 
    यता ब्यापारी साहले आफु कुनै मिटरब्याजी नभएको स्पष्ट पार्दै दुःखमा परेका साथीलाई सामान्य ब्याजदरमा ऋण सापटी दिदाँ ती साथीबाट नै विभिन्न संचारमाध्यममा आफुलाई मिटरब्याजी भएको आरोप लगाई प्रचारबाजी गराएकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।  
    उनले समाजका भरभलादमीको उपस्थितीमा भएको सहमतीको पूर्ण पालना गर्दै एक÷दुई दिन मै क्षेत्री दम्पत्तिले कबुल गरेको रकम बुझाए लगत्तै ऋण लिदा वखत धितो राखेको जग्गा फिर्ता गरिदिने प्रतिबद्धता समेत जनाए ।  

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दिल्लीमा आयोजित धार्मिक कार्यक्रम निजामुद्दिनमा सहभागि भई फर्केकालाई नियन्त्रणमा लिई क्वारेन्टाइनमा पठाउँदै प्रहरी
दिल्लीमा आयोजित धार्मिक कार्यक्रम निजामुद्दिनमा सहभागि भई फर्केकालाई नियन्त्रणमा लिई क्वारेन्टाइनमा पठाउँदै प्रहरी
चोरिएको मोटरसाईकलको नम्बर परिवर्तन गरि प्रयोग गरिहेका व्यक्ति पक्राउ 
चोरिएको मोटरसाईकलको नम्बर परिवर्तन गरि प्रयोग गरिहेका व्यक्ति पक्राउ 
समाचारको प्रभाव–  छिन्नमस्तामा बन्ने भो योगालय र जिम सेन्टर, कुनै निर्णय नै नगरि ऐन, कानुन विपरीत ३४ थान मोबाइल खरीद
समाचारको प्रभाव– छिन्नमस्तामा बन्ने भो योगालय र जिम सेन्टर, कुनै निर्णय नै नगरि ऐन, कानुन विपरीत ३४ थान मोबाइल खरीद
भारततर्फ तस्करीका लागि लैजादै गरेको भन्दै ४  लाख बढीको मदिरासहित चालक र सवारी नियन्त्रणमा
भारततर्फ तस्करीका लागि लैजादै गरेको भन्दै ४  लाख बढीको मदिरासहित चालक र सवारी नियन्त्रणमा
अदालतबाट कैद सजाय तोकिएका दुई फरार अभियुक्त पक्राउ
अदालतबाट कैद सजाय तोकिएका दुई फरार अभियुक्त पक्राउ
समाजसेवी देव दम्पतीद्वारा बृद्धबृद्धालाई  सम्मानसहित सिरक प्रदान
समाजसेवी देव दम्पतीद्वारा बृद्धबृद्धालाई  सम्मानसहित सिरक प्रदान
उपभोक्ता समितिले रकम नपाएपछि राजविराज नगरपालिकामा तालाबन्दी
उपभोक्ता समितिले रकम नपाएपछि राजविराज नगरपालिकामा तालाबन्दी
“काउन्सीलले मोफसलका  पत्रकारहरुसँग विभेद गरिरहेको छ”
“काउन्सीलले मोफसलका  पत्रकारहरुसँग विभेद गरिरहेको छ”
उद्योगको उत्पादन ३० प्रतिशतमा झ¥यो, ब्यापार १० प्रतिशतमा सीमित, उद्योगी व्यापारीको समस्या समाधान नगरिए पसलमा  ताल्चा लगाई आन्दोलनमा उत्रने चेतावनी
उद्योगको उत्पादन ३० प्रतिशतमा झ¥यो, ब्यापार १० प्रतिशतमा सीमित, उद्योगी व्यापारीको समस्या समाधान नगरिए पसलमा  ताल्चा लगाई आन्दोलनमा उत्रने चेतावनी
सप्तरीमा ७० जनाले गरे आत्महत्या
सप्तरीमा ७० जनाले गरे आत्महत्या