क्षेत्री दम्पत्तिले घर जग्गा फिर्ता पाउने

राजविराज राजविराज
|
आइतबार, श्रावण २२, २०७९
|
|
९९ पटक हेरिएको
Shares
क्षेत्री दम्पत्तिले घर जग्गा फिर्ता पाउने

सारांश

  •     राजविराज वडा नं.
  • ७ स्थित प्रभु खाद विज भण्डारका संचालक प्रभु साहसँग १० वर्ष अघि वसोवास गर्दै आएको एकमात्र घर जग्गा धितोमा राखी विभिन्न मितीमा लिएको ऋण, तीन लाख ५० हजार रुपैया र त्यसको ब्याज तिर्न नसकि घरवार विहीन हुने अवस्थामा पुगेका राजविराज ६ का ओम प्रकाश क्षेत्री र उनका पत्नी सिता घरबार विहीन हुने अवस्थाबाट जोगिएका हुन् ।
  •       लेनदेनको विवाद समाधानका लागी समाजिकस्तर मै वसेको पंचायतीमा ब्यापारी साहले ब्याज वापतको रकम मिनहा गरिदिने सहमती भएपछि क्षेत्री दम्पती घरवार विहीन हुनबाट जोगिएका छन् ।

दैनिक समाचारदाता
राजविराज, २२ साउन । 

    ब्यापारीसँग लिएको ऋण समय मै फर्काउन नसक्दा घरवार विहीन हुने अवस्थामा पुगेका एक दम्पती सो अवस्थाबाट जोगिएका छन् । 
    राजविराज वडा नं. ७ स्थित प्रभु खाद विज भण्डारका संचालक प्रभु साहसँग १० वर्ष अघि वसोवास गर्दै आएको एकमात्र घर जग्गा धितोमा राखी विभिन्न मितीमा लिएको ऋण, तीन लाख ५० हजार रुपैया र त्यसको ब्याज तिर्न नसकि घरवार विहीन हुने अवस्थामा पुगेका राजविराज ६ का ओम प्रकाश क्षेत्री र उनका पत्नी सिता घरबार विहीन हुने अवस्थाबाट जोगिएका हुन् । 
    लेनदेनको विवाद समाधानका लागी समाजिकस्तर मै वसेको पंचायतीमा ब्यापारी साहले ब्याज वापतको रकम मिनहा गरिदिने सहमती भएपछि क्षेत्री दम्पती घरवार विहीन हुनबाट जोगिएका छन् । 
    वडा नं. ६ का अध्यक्ष शशी चौधरीले ऋण वापत लिएको रकमको सामान्य ब्याज जोड्दा पनि ठुलो रकम हुन जाने र उक्त रकम तिर्ने हैसियत क्षेत्री दम्पतीमा नदेखिएकाले अति न्युन ब्याजदर कायम गरी क्षेत्री दम्पतीले ऋण लिदाको धितो वापत राखेको जग्गा फिर्ता गरिदिने सहमती भएको जानकारी दिए । 
    केही दिन अघिमात्र क्षेत्री दम्पतीले पत्रकार सम्मलेनको आयोजना गरी आफुले घर जग्गा धितो राखी व्यापारी साहबाट लिएको ऋणमा चर्काे ब्याज जोडिएको र सो तिर्ने हैसियत नहुदा घर खाली गरी सडकमा वास वस्नु पर्ने अवस्था आउन लागेको भन्दै न्यायका लागी पहल गरिदिन आग्रह गरेका थिए । 
    यता ब्यापारी साहले आफु कुनै मिटरब्याजी नभएको स्पष्ट पार्दै दुःखमा परेका साथीलाई सामान्य ब्याजदरमा ऋण सापटी दिदाँ ती साथीबाट नै विभिन्न संचारमाध्यममा आफुलाई मिटरब्याजी भएको आरोप लगाई प्रचारबाजी गराएकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।  
    उनले समाजका भरभलादमीको उपस्थितीमा भएको सहमतीको पूर्ण पालना गर्दै एक÷दुई दिन मै क्षेत्री दम्पत्तिले कबुल गरेको रकम बुझाए लगत्तै ऋण लिदा वखत धितो राखेको जग्गा फिर्ता गरिदिने प्रतिबद्धता समेत जनाए ।  

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अन्तरबिद्यालय क्रिकेटका  फाइनमा म्याक्सेल र शिब्स भिड्दै
अन्तरबिद्यालय क्रिकेटका  फाइनमा म्याक्सेल र शिब्स भिड्दै
सप्तरीबाट २० दिनमा ३ सय २१ जनाले लिए वंशज नागरिकता 
सप्तरीबाट २० दिनमा ३ सय २१ जनाले लिए वंशज नागरिकता 
मधेस प्रदेश सरकारद्वारा सुरक्षा  निकायलाई सवारी साधन हस्तान्तरण
मधेस प्रदेश सरकारद्वारा सुरक्षा  निकायलाई सवारी साधन हस्तान्तरण
राजविराज नपाको सुचनाको अवज्ञा 
राजविराज नपाको सुचनाको अवज्ञा 
विपन्न विद्यार्थीहरुलाई झोला तथा स्टेशनरी वितरण 
विपन्न विद्यार्थीहरुलाई झोला तथा स्टेशनरी वितरण 
प्रदेश २ सरकारद्वारा होलीको अवसरमा दुई दिन विदा
अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण, आज उदाउँदो सूर्यलाई अर्घ दिइदै 
अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण, आज उदाउँदो सूर्यलाई अर्घ दिइदै 
दुई दिनको अवधीमा दुई पालिका प्रमुख निलम्बित भएसँगै सप्तरीमा पालिका प्रमुख निलम्बित हुनेको संख्या चार पुग्यो 
दुई दिनको अवधीमा दुई पालिका प्रमुख निलम्बित भएसँगै सप्तरीमा पालिका प्रमुख निलम्बित हुनेको संख्या चार पुग्यो 
वैश्य महासंघको मेची–महाकाली अभियान
वैश्य महासंघको मेची–महाकाली अभियान
माओवादी केन्द्र सप्तरीमा कोही पनि  अध्यक्ष छैनन् ः इन्चार्ज मण्डल
माओवादी केन्द्र सप्तरीमा कोही पनि  अध्यक्ष छैनन् ः इन्चार्ज मण्डल

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी